Wednesday, July 22

राजनीति

एमसीसी कार्यान्वयन अनुगमन समिति गठन गर्न एकीकृत समाजवादीको माग (१४ बुँदे प्रस्तावसहित)
राजनीति, समाचार

एमसीसी कार्यान्वयन अनुगमन समिति गठन गर्न एकीकृत समाजवादीको माग (१४ बुँदे प्रस्तावसहित)

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदबाट व्याख्यात्मक घोषणासहित पारित एमसीसीसम्झौताको कार्यान्वयनका लागि व्याख्यात्मक घोषणामा उल्लेखित उद्देश्य र मर्म बमोजिम भए नभएको अनुगमन गर्न उच्चस्तरीय सर्वदलीय ‘एमसीसी कार्यान्वयन अनुगमन समिति’ गठन गर्न माग गरेको छ । आइतबार सम्पन्न सो पार्टीको पाँचौ केन्द्रीय समिति बैठकले पारित गरेका १४ बुँदे समसामयिक प्रस्तावमा एमसीसीबारेको प्रस्ताव पनि पारित गरेको हो । ‘संसदबाट व्याख्यात्मक घोषणासहित पारित एमसीसीसम्झौताको कार्यान्वयन व्याख्यात्मक घोषणामा उल्लेखित उद्देश्य र मर्म बमोजिम भए नभएको अनुगमन गर्न सरकारले एक उच्चस्तरीय सर्वदलीय ‘एमसीसी कार्यान्वयन अनुगमन समिति’ गठन गारोस्भनी यो बैठक माग गर्दछ’, समाजवादीले पारित गरेको समसामयिक प्रस्तावको १० नम्बर बुँदामा भनिएको छ । त्यस्तै सो पार्टीले नेपाली किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाएर ...
दिए रास्वपाका मन्त्रीहरूले राजीनामा
राजनीति, समाचार

दिए रास्वपाका मन्त्रीहरूले राजीनामा

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन जना मन्त्रीले राजीनामा दिएका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपाका तीन जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्। मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा दिएका हुन्। रास्वपाको बसुन्धरामा आइतबार दिउँसो बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। उक्त निर्णयसँगै तीन जना मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा पुगेर राजीनामा बुझाएका हुन्।  ...
सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक मन्त्रिपरिषदमा
राजनीति, समाचार

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक मन्त्रिपरिषदमा

नेपालअखबार, काठमाडौं । गैरकानूनी सम्पत्ति आर्जन गर्ने परिपाटीलाई निरुत्साहित गर्न विभिन्न १८ वटा कानून संशोधन गर्ने विधेयक सोमबारको मन्त्रिपरिषदमा पेश हुने भएको छ । कानून मन्त्रालयले विधेयकको मस्यौदा स्विकृत गरेर आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दर्ता गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार, मन्त्रिपरिषदमा पेश भएको विधेयक दफावार छलफलका लागि विधेयक समितिमा पेश गर्ने तयारी छ । कानूनमन्त्रीको नेतृत्वमा हुने समितीमा सत्तारुढ दलका एक÷एक जना मन्त्री, सरोकारवाला मन्त्रालयका सचिव रहेछन् । समितिमा छलफल भएपछि विधेयक फेरि मन्त्रिपरिषदमा पेश हुने र त्यहाँबाट स्वीकृत भएर संघीय संसदमा दर्ता हुनेछ । प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार, एक साताभित्र संघीय संसद सचिवालयमा पेश गर्ने तयारी भएको विधेयक यो सरकारले संसदमा पेश गरेको पहिलो विधेयक बन्नेछ ।र...
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको  बैठक जारी
राजनीति, समाचार

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक जारी

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ । शनिबारबाट राजधानीमा सुरु भएको उक्त बैठक अहिले बिहान ८ बजेबाट पुनः सुरु भएको हो विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूले धारणा राख्ने क्रम बाँकी रहेकाले शनिबार अपराह्न उक्त बैठक स्थगित गरिएको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा १० समूह बनाई छलफल सुरु गरिएको थियो । उक्त समूहका टोलीका नेताहरूमा अशेष घिमिरे, कृष्णकुमारी विश्वकर्मा, जीवनराम श्रेष्ठ, नरेश शाही, मोहन गौतम, राजेन्द्र लोहनी, विजय गुरुङ, सोमप्रसाद पाण्डेय, हस्त शाही तथा पूर्णा जोशी रहेका छन् । राजनीतिक प्रतिवेदनमा छलफल सुरु भएको र छलफल सकिएलगत्तै विभिन्न जिल्ला, तह, भूगोल, प्रदेशको सन्तुलित प्रतिनिधित्व हुने गरी निर्माण गरिएका समूहका निष्कर्ष आजको...
प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दै

नेपालअखबार, काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय सांसद् भवनमा दिउँसो १ बस्न लागेको हो। आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा त्यसअघि शून्य र विशेष समयमा सांसदहरूले विभिन्न विषयमा आफ्नो धारणा राख्न सक्नेछन्।  ...
सत्ता गठबन्धनले माओवादीकी अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने
राजनीति, समाचार

सत्ता गठबन्धनले माओवादीकी अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने

नेपालअखबार, काठमाडौँ । सत्ता गठबन्धनले माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याललाई राष्ट्रिय  सभाको  उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ । अर्यालले आज गठबन्धनको तर्फबाट उम्मेद्वारी दिने एक माओवादी नेताले जानकारी दिए । राष्ट्रिय  सभाको  उपाध्यक्ष  पदका  लागि  आज मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयका  अनुसार  राष्ट्रिय  सभाको  उपाध्यक्ष  पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । लामो समयसम्म नेकपा एमालेमा  रहेकी  अर्यालले  दोस्रो  संविधान  सभा  निर्वाचनअघि माओवादी  केन्द्रमा  प्रवेश गरेकी थिइन् । राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन् ।...
राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न कांग्रेस संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न कांग्रेस संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवारबारे निर्णय गर्न नेपाली कांग्रेस संसदीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान ९ बजे बस्ने छ । संसदीय समितिको बैठकमा पार्टी सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रमुख सचेतक रमेश लेखक पदेन सदस्यको रूपमा सहभागी हुँदै आएका छन् । यो संसदीय समिति पूर्ण नभएकाले देउवाले बैठकमा उपसभापति पूर्ण बहादुर खड्का र नेता रामचन्द्र पौडेललाई पनि आमन्त्रण गर्दै आएका छन् । राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारको मनोनयन दर्ता आज छ । सत्ता पक्षबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराउँदैछिन् । उम्मेदवारी दर्ताको समय दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ ।...
आज पनि एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक
राजनीति, समाचार

आज पनि एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । काठमाडौँमा शनिबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । अध्यक्ष नेपाल, महासचिव भुषाललगायतले पेस गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठक आज समापन गर्ने तयारी छ ।...
आज राष्ट्रिय सभा उपाध्यक्ष पदको मनोनयन दर्ता
राजनीति, समाचार

आज राष्ट्रिय सभा उपाध्यक्ष पदको मनोनयन दर्ता

नेपालअखबार, काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदैछ । मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्म छ । सत्ता पक्षले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवारको रुपमा अघि सारे पनि विपक्षी दलले आज उम्मेदवार चयन गर्दैछन् । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले सत्ताइतरका दलहरुबीच उम्मेदवारबारे छलफल भइरहेको र आज टुंग्याइने बताए । तत्कालीन राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ मा सकिएपछि हालसम्म उक्त पद रिक्त छ ।...
परराष्ट्रमन्त्री पौड्यालले गरिन् श्रीलंकाका राष्ट्रपतिसँग भेट
राजनीति, समाचार

परराष्ट्रमन्त्री पौड्यालले गरिन् श्रीलंकाका राष्ट्रपतिसँग भेट

नेपालअखबार, काठमाडौं । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शनिबार साँझ शिष्टाचार भेट गरेकी छन् । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ रहेकी मन्त्री पौड्यालले राष्ट्रपतिसँग भेट गरी दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गरेकी परराष्ट्र मन्त्रालयले जनाएको छ । श्रीलंकाका राष्ट्रपतिसँग परराष्ट्र मन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाइ सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्य अघि बढाउन आग्रह गरेकी छन् । मन्त्री पौड्यालले श्रीलंकाको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहेका भारतका विदेश राज्यमन्त्री, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका विदेशमन्त्रीहरुसँग अलग अलग भेटवार्ता गरेकी छन् । ती देशहरुका विदेशमन्त्रीहरुसँगको भेटमा उनले ...