Tuesday, July 21

राजनीति

माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित
राजनीति, समाचार

माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

नेपालअखबार, काठमाडाैं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रले आज बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ। अध्यक्षको कार्यव्यस्तता र आवश्यक तयारी नपुगेपछि आजका लागि निर्धारित बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिए। स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक भोलिका लागि सारिएको गुरूङले जानकारी दिए। यद्यपि समय टुंगो नलागेको उनले बताए। बैठकमा पार्टी नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने भनिएको छ। यस्तै जारी पदाधिकारी बैठक पनि आज नबस्ने भएको छ।...
नेपालको खानेपानी बाहिरीका मुलुकमा निर्यात गर्छौ : खानेपानी मन्त्री खानका
राजनीति, समाचार

नेपालको खानेपानी बाहिरीका मुलुकमा निर्यात गर्छौ : खानेपानी मन्त्री खानका

नेपालअखबार, नवलपरासी । नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खाँनले आम नागरिकको पहुँचमा स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल विश्वमा पानीमा ब्राजिल पछिको दोस्रो देश भनेर चिनिरहँदा त्यसको भरपुर सदुपयोग हुन नसकेको मन्त्री खानको भनाई छ। हामी  पेट्रोलियम पदार्थ आयात गरे जस्तै खानेपानी हामी किन निर्यात गर्दैनौ भन्ने विषयमा आफूले विशेष ध्यान दिएको र यस विषयमा अध्ययन गरिरहेको बताउनु भयो। नवलपरासी पश्चिमको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा आयोजित कार्यक्रमलाई  सम्बोधन गर्दै मन्त्री खानले  छिट्टै मन्त्रालयमा विशेष समय लिएर विदेश पानी निर्यात गर्न मिल्ने आधारहरूका बारेमा छलफल गर्ने बताउनुभयाे । मन्त्री खाँनले कुन कुन देशमा नेपालले पानी सहजै निर्यात गर्न सकिन्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय स्तरकै अध्ययन गर्ने तर्फ जोड दिने बताउनु भयो । उ...
एक महिनाभित्र पशुपति क्षेत्र सफा पार्न मन्त्री किरातीको निर्देशन
राजनीति, समाचार

एक महिनाभित्र पशुपति क्षेत्र सफा पार्न मन्त्री किरातीको निर्देशन

नेपालअखबार, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका छन् । मंगलबार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीहरुलाई सफा पशुपति पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका हुन् । उनले पशुपति क्षेत्र र यहाँका शौचालय असाध्यै फोहोर रहेकाले सबैभन्दा पहिलो प्राथमिकता दिएर सफा गर्न आग्रह गरे । ‘एक महिनामा सफा पशुपति पवित्र पशुपति नाराका साथ पशुपति क्षेत्र सफा हुनुपर्छ । एक महिनाभित्र सफा गर्नु भनेको छु । आकाश झार्नु भनेको छैन । आकाश झार्नु भनेको भए कुतर्क भयो । सफा गरौं पशुपतिलाई जसरी पशुपतिप्रति मानिसहरुले जस्तो मानसिकता बनाएर आएको हुन्छ त्यो भन्दा बढी आकर्षित गर्नुपर्छ’ उनले भने । मन्त्री किरातीले पशुपति क्षेत्र विकास कोषको कामको पनि आलोचना गरेका छन् । कोष...
सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड
राजनीति, समाचार

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मैले सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोको रूपमा लिएको छु । विगतमा सिंहदरबार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाई हामी सबैसँग छ । यसपटक हामीले उक्त गल्ती दोहो¥याउनु हुँदैन । विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु ।’’ ‘‘यसपटक सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोचेको छु, यसको विशेष अर्थ छ’’, प्रधानमन्त्रीले भन्नुभयो, ‘‘प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अंगहरूको ए...
रविको राहदानीबारे अनुसन्धान गर्न काठमाडौँ प्रहरीमा उजुरी दर्ता भएन
प्रशासन, राजनीति, समाचार

रविको राहदानीबारे अनुसन्धान गर्न काठमाडौँ प्रहरीमा उजुरी दर्ता भएन

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज सफल (पौडेल) जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो जाहेरी दर्ता नगरिएको हो । सिन्धुलीका पौडेलले लामिछानेविरुद्ध अध्यागमन विभाग कालिकास्थानमा पनि जाहेरी बुझाएका छन् । यद्यपि अध्यागमन विभागले पनि दर्ता गर्न अस्वीकार गरेको छ । प्रहरीमा राहदानी ऐन अनुसार कारवाही हुनुपर्ने माग सहितको जाहेरी छ भने अध्यागमन विभागमा अध्यागमन ऐन अनुसार कारवाही हुनुपर्ने माग छ । राहदानी ...
सरकारलाई भुकम्प पीडितको लागि गरेको निर्णय तत्काल कार्यान्वयन गर्न पूर्व श्रम मन्त्री कुँवरको आग्रह
राजनीति, समाचार

सरकारलाई भुकम्प पीडितको लागि गरेको निर्णय तत्काल कार्यान्वयन गर्न पूर्व श्रम मन्त्री कुँवरको आग्रह

नेपालअखबार, काठमाडौं । सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लाका भुकम्प पीडितले अहिले सम्म सरकार बाट कुनै राहत नपाएको गुनासो आफ्ना जन प्रतिनिधी मार्फत गर्न थालेका छन । २०७९ कार्तिक २२ गते बझाङ जिल्ला खप्तड छान्ना  केन्द्र बिन्दु र यहि माघ १० गते बाजुरा को बिछ्यालाइ केन्द्र बिन्दु बनाएर गएको बिनासरकारी भुकम्पले मानविज  क्षति सहित ४ हजार १ सय ८६ घरहरू भत्केका थिए । भुकम्पका कारण सुदूरपश्चिमका पहाडी अछाम २ हजार ८ सय ५९ बाजुरा १ हजार १ सय ३३ डोटी ९५ बझाङ ९२ डडेल्धुरा ७ वटा निजी घरहरु भत्केका थिए । सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बाजुरा, डोटी, बझाङ र डडेल्धुरा मा भएको मानवीय क्षेती सहित भौतिक संरचना  घरहरुको भएको क्षतिको विवरण तत्काल जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा बुझाइ सक्दा पनि हाल सम्म सुनुवाइ नभएको आछाम जिल्लाबाट प्रतिनिधित्व गर्ने पूर्व श्रम मन्त्री शेरबहादुर कुँव...
सार्वजनिक यातायातलाई प्रभावकारी बनाउनुपर्ने माग सहित यातायात मजदुर संगठनको ज्ञापनपत्र
राजनीति, समाचार

सार्वजनिक यातायातलाई प्रभावकारी बनाउनुपर्ने माग सहित यातायात मजदुर संगठनको ज्ञापनपत्र

नेपालअखबार, काठमाडौं ।  एकीकृत यातायात मजदुर संगठन नेपाल र स्वरोजगार यातायात मजदुर संगठन , नेपालले नेपाल सरकारका उपप्रधान  तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष संयुक्त ज्ञापनपत्र बझाएको छ । ज्ञापन पत्रमा सार्वजनिक यातायातलाई प्रभावकारी सञ्चालन परिचालन व्यवस्थापन , यात्रुहरूको गुणस्तरीय सेवा ,  श्रम कानुनको पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्दै लाखौं श्रमजीवी श्रमिकहरूको रोजीरोटी सुनिश्चित गर्नुपर्ने राज्यको दायित्व हुनुपर्नेमा हाल ट्राफिक नियम पालनाको नाममा एकतर्फी रूपमा ट्राफिक प्रहरीले चालकको लाइसेन्स निलम्बन गरि यातायात मजदुरलाई आतङ्कित पार्ने र विदेशिन बाध्य पार्ने कार्यको हामी घोर भत्सर्ना गर्दै अग्रिम राज्यलाई कर तिरी काम गर्ने श्रमिकको रोजगारी नखोस्न सरकार समक्ष विनम्रतापूर्वक माग गरेको छ  । ज्ञापन पत्रमा  आफूहरूको अनुरोधलाई बेवास्ता गरि कारबाहीलाई निरन्तरता दिए हा...
गृह मन्त्रालय नपाएको झोंकमा रास्वपाले सरकार छोड्छ भने हाम्रो भन्नु केही छैनः मातृका यादव
राजनीति, विचार, समाचार

गृह मन्त्रालय नपाएको झोंकमा रास्वपाले सरकार छोड्छ भने हाम्रो भन्नु केही छैनः मातृका यादव

नेपालअखबार, सत्तारूढ ।  दल नेकपा (माओवादी केन्द्र)ले सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाएको झोंकमा सरकार छोड्छ भने आफूहरूको भन्नु केही नरहेको बताएको छ। माओवादी केन्द्रका नेता मातृका यादवले मंगलबार  कुरा गर्दै रास्वपा आफूले गृह मन्त्रालय नै नपाएर सरकार छोड्ने हो भने आफूहरूलाई समर्थनको कमी नहुने बताए। ‘हामीलाई २ वटा पार्टीबाहेक सबैको समर्थन छ। एउटा पार्टीले सरकार छोड्दैमा फरक पर्दैन’, उनले भने,‘अहिलेको परिस्थिति र अवस्थामा रास्वपालाई गृहमन्त्री दिन सकिँदैन। सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म हामीले कुर्नुपर्छ।’ उनले रवि लामिछाने नेतृत्वको रास्वपाले सरकार छोड्दा पनि अहिलेको सरकारलाई कुनै फरक नपर्ने बताए। ‘अहिलेको अवस्थामा गृह मन्त्रालय रास्वपालाई दिन सकिँदैन। हामीलाई समर्थनको कुनै कमी छैन,’ उनले भने। आजै बिहान रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्...
रेशमसँग जसपा र उन्मुक्ति पार्टीबीच एकताबारे छलफल
राजनीति, समाचार

रेशमसँग जसपा र उन्मुक्ति पार्टीबीच एकताबारे छलफल

नेपालअबार, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल भएको छ । जसपाको तर्फबाट वार्ता समितिको संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको छ । मंगलबार बिहान भएको भेटमा दुईबीच करिब १ घण्टा छलफल भएको बताइएको छ । नागरिक उन्मुक्ति पार्टी खोल्नु अघि रेशम चौधरी जनता समाजवादी पार्टी, नेपालकै कार्यकारिणी सदस्य भएको कारण उनीसँग पार्टी एकता सहज हुन सक्ने आँकलनका साथ छलफल अगाडि बढाइएको बताइएको छ ।...
परराष्ट्रमन्त्री पौड्यालसँग बंगलादेशका राजदूतको भेट
राजनीति, समाचार

परराष्ट्रमन्त्री पौड्यालसँग बंगलादेशका राजदूतको भेट

नेपालअखबार,  काठमाडौं । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालसँग नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले भेट गरेका छन् । मंलबार मन्त्रीराईलाई भेट्न राजदूत चौधरी परराष्ट्र मन्त्रालय पुगेका थिए । भेटमा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका फ्लाइट सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरेकी छन् । साथै, नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । भेटका अवसरमा राजदूत चौधरीले श्रीलंकाको ७५ औं स्वातन्त्रता दिवसका अवसरमा सहभागी हुने बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्रमन्त्री पौड्यालसँग अनुरोध गरेका थिए ।...