Saturday, July 18

राजनीति

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन
राजनीति, समाचार

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

नेपालअखबार, काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । २१ सदस्यीय समितिमा सांसदहरु अनिता देवी, डाक्टर अमरेशकुमार सिंह, गंगाधर चौंधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदिप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सिता गुरुङ, सुवाषचन्द्र नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही रहेका छन् । समितिले १५ दिन भित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको प्रस्तावका प्रस्ताव सांसद देवेन्द्र पौडेलले जानकारी दिए। नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुव्यवस्था कायम गर...
मन्त्रीहरुले संघीयताविरुद्ध बोल्न पाइँदैन, बोले स्पष्टीकरण सोध्छु: प्रधानमन्त्री
राजनीति, समाचार

मन्त्रीहरुले संघीयताविरुद्ध बोल्न पाइँदैन, बोले स्पष्टीकरण सोध्छु: प्रधानमन्त्री

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदका सदस्यले संघीयता विरोधी अभिव्यक्ति दिएमा स्पष्टीकरण सोध्ने बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषदका सदस्यले संघीयता र गणतन्त्र विरोधी अभिव्यक्ति दिन नपाउने बताएका हुन् । राष्ट्रियसभामा मन्त्रीहरुले नै संघीयताविरोधी अभिव्यक्ति दिएको भन्दै प्रश्न उठेपछि जवाफमा नैतिक र कानुनी रुपले नै मन्त्रीहरुले संघीयताविरोधी अभिव्यक्ति दिन नहुने बताएका हुन् । ‘मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो स्पष्टीकरणको विषय हुन्छ’ उनले भने, ‘मन्त्रिमण्डलभन्दा बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै राजनीतिक दल र माननीय सदस्यलाई हुन्छ तर मन्त्रिमण्डलभित्र बसेर संघीयताविरुद्ध लोकतान्त्रिक गणतन्त्रका विरुद्ध बोल्ने वा प्रचार गर्ने अधिकार नैतिक रुपले पनि कानुनी रुपले पनि हुन सक्दैन ।’ संघीयताका विषयमा सैद्धान्...
प्रधानमन्त्रीको गाडी  संसद भवनबाट निस्कनेबित्तिकै आत्मदाह प्रयास
राजनीति, समाचार, समाज

प्रधानमन्त्रीको गाडी संसद भवनबाट निस्कनेबित्तिकै आत्मदाह प्रयास

नेपालअखबार, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी निस्कनेबित्तिकै एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।  मंगलबार दिउँसो प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको गाडी पास हुने बेलामा उनले आफूलाई आगो लगाएको प्रहरीले जनाएको छ । आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका प्रेम प्रसाद आचार्य भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार उनी घाइते भएका छन् । उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ । ३६ वर्षीय उनले आत्मदाह प्रयास गर्नुको कारण खुल्न नसकेको भन्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।...
गण्डकी प्रदेश : माओवादीबाट  मन्त्री बन्ने रेशमबहादुर जुग्जाली
प्रदेश ४, राजनीति, समाचार

गण्डकी प्रदेश : माओवादीबाट मन्त्री बन्ने रेशमबहादुर जुग्जाली

नेपालअखबार, पोखरा । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेश सरकारमा पठाउने भएको छ । सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिए । माओवादी केन्द्रबाट संसदीय दलको नेता हरिबहादुर चुमान यसअघि नै मन्त्रीमा नियुक्त भइसक्नुकेका छन् । प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर १२ बाट सात पुर्याएपछि माओवादीले  दुई मन्त्री पाउँदैछ । जुग्जाली म्याग्दीको प्रदेशसभा क्षेत्र (२)बाट निर्वाचित भएका थिए। उनान्चालीस वर्षीय उनी माओवादी केन्द्रको म्याग्दी जिल्ला संयोजकसमेत रहेका छन् । मालिका गाउँपालिका–७ का जुग्जाली विसं २०७४ को स्थानीय तह चुनावमा वडाध्यक्षमा निर्वाचित भएका थिए । जुज्जाली सहिद परिवारको सदस्य हुन् । पार्टीले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरे पनि...
गण्डकीका मुख्यमन्त्री अधिकारी प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा
राजनीति, समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारी प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटेका छन् । मुख्यमन्त्री अधिकारीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् । प्रदेशमा मन्त्रालयको संख्या घटाएर भागबन्डा मिलाएपछि मुख्यमन्त्रीले अधिकारीले प्रधानमन्त्रीलाई भेटेका हुन् । यसअघि सोमबार बिहान सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पनि प्रधानमन्त्रीलाई भेटेका थिए ।...
सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै
राजनीति, समाचार

सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । आज सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ। आजको प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ । त्यस्तै राष्ट्रिय सभाको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रश्ताव सभा समक्ष पेस हुने, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।...
एकीकृत समाजवादी बाराको जिल्ला अधिवेशन आउँदो ३० बैशाखमा हुने
राजनीति, समाचार

एकीकृत समाजवादी बाराको जिल्ला अधिवेशन आउँदो ३० बैशाखमा हुने

नेपालअखबार, कलैया । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाराको जिल्ला अधिवेशन आउँदो ३० बैशाखमा कलैया उपमहानगरपालिकामा हुने भएको छ । एकीकृत समाजवादी जिल्ला कमिटी बाराको सोमबार कलैया स्थित एभरेष्ट होटेलमा बसेको जिल्ला कमिटीको बैठकले जिल्ला अधिवेशन ३० बैशाखमा गर्ने निर्णय गरेको हो । यसैगरी बैठकमा बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पार्टीका केन्द्रीय सदस्य किसान श्रेष्ठ, मधेस प्रदेशका सांसद लक्ष्मी देवी, पालिकामा पार्टीको तर्फबाट बिभिन्न पदमा निर्वाचित जनप्रतिनिधिलाई दोसल्लाह आढोई सम्मानित गर्दै देश र जनताको पक्षमा काम गर्न शुभकामना दिईएको छ । बैठकले बिभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्ने लगायतकालाई पार्टीमा समायोजन गर्दै उनीहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ । जिल्ला कमिटीको बैठक बस्नुभन्दा अघि पदाधिकारी तथा सचिवालय बैठकले गरेको निर्णय बैठ...
उपसभामुख इन्दिरा राना मगरले लिइन् शपथ
राजनीति, समाचार

उपसभामुख इन्दिरा राना मगरले लिइन् शपथ

नेपालअखबार, काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सोमबार उपसभामुख राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा  प्रतिनिसभाका सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको सपथ लिएकी हुन् । रानाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ९ को अनुसूची २ बमोजिम उपसभामुख पदको शपथ लिनुभएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ...
राजनीतिक संक्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरीले खेलेको भूमिका प्रशसंनीय : प्रधानमन्त्री
राजनीति, समाचार

राजनीतिक संक्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरीले खेलेको भूमिका प्रशसंनीय : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र प्रहरीमा कायम स्रोत र साधनको अभावप्रति सरकार जानकार रहेको उल्लेख गर्दै समस्या समाधानमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् । हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामान, विपद् व्यवस्थापनका सामान, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरण र जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुने उनको भनाइ छ । २२ औं सशस्त्र प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘तपाईहरूलाई श्रोत र साधनको अभाव छ भन्ने कुरा हामी सबैलाई जानकारी छ’, प्रचण्डले भने, ‘हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरणहरू र जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुनेसमेत विश्वास दिलाउँछु।’ ...
प्रदेशमा मन्त्रालयको संख्या घटाउने र खर्च कटौती गर्ने प्रस्ताव भइसकेको छ: प्रधानमन्त्री प्रचण्ड
राजनीति, समाचार

प्रदेशमा मन्त्रालयको संख्या घटाउने र खर्च कटौती गर्ने प्रस्ताव भइसकेको छ: प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले सरकार खर्च कटौतीमा केन्द्रीत भएको बताएका छन् । सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रचण्डले प्रदेश मन्त्रालयको संख्या घटाउँदै खर्च कटौतीतर्फ सरकार केन्द्रीत भएको बताए । प्रदेशका मन्त्रालयको संख्या घटाउने र खर्चभार समेत कटौती गर्न प्रस्ताव गरिसकेको समेत उनले बताए । प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूको बैठकमा पनि प्रदेशलाई चुस्त बनाउने र वित्तिय सुशासन कायम गर्नेबारे प्रस्ताव गरेको बताएका थिए। यसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीलगायत सत्ता साझेदार दलका शीर्ष नेता सहमत रहेको प्रचण्डले बताए । प्रदेशमा सांसद संख्याको १० प्रतिशत मात्र मन्त्री बनाउने निर्णय गरिएको प्रचण्डले बताए ।...