Saturday, July 18

राजनीति

अध्यक्ष नेपाल गौर-पिपरा सडक निरीक्षणमा
राजनीति, समाचार

अध्यक्ष नेपाल गौर-पिपरा सडक निरीक्षणमा

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर-पिपरा सडक खण्डको निरीक्षण गर्नुभएको छ । गृहजिल्ला रौतहटमा पुग्नु भएका अध्यक्ष नेपालले बुधवार एकाबिहानै सडक विस्तारको निरीक्षण गर्नुभएको छ । अध्यक्ष नेपालले यस सडक खण्डलाई महत्व दिँदै आउनुभएको छ । यतिबेला सडक विस्तारको काम चलिरहेको छ ।  निरीक्षणका क्रममा सडक विस्तारलाई तिव्रता दिन गुणस्तरीय र भरपर्दो काम गर्न निर्देशन दिनुभएको छ । मंगलबार गृहजिल्ला प्रस्थान गर्नुभएका अध्यक्ष नेपालले जिल्लामा भइरहेका अन्य विकास निर्माणको अवलोकन र निरीक्षण गर्दै आउनुभएको छ । अध्यक्ष नेपालको  दुई दिन रौतहटमै बस्ने कार्यक्रम रहेको छ ।...
प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।  बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
आजबाट रवि लामिछानेको नागरिकता विवादमा सुनुवाइ
प्रशासन, राजनीति, समाचार

आजबाट रवि लामिछानेको नागरिकता विवादमा सुनुवाइ

नेपालअखबार, काठमाडाैं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आजदेखि अन्तिम सुनुवाइ गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभा सांसद लामिछानेको नागरिकता र राहदानी विवादित छ। उनको नागरिकता र राहदानीबारेको मुद्दा सर्वोच्चको संवैधानिक इजलासले हेरिरहेको छ। सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै मुद्दा दर्ता भए पनि सर्वोच्चले अन्तरिम आदेश नदिँदा उनले शपथ लिने बाटो खुलेको थियो। पुस ६ मा बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता र पासपोर्ट विवादबारेको मुद्दामा अन्तरिम आदेश नदिएपछि शपथ लिने बाटो खुलेको थियो। लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन गत मंसिर २८ गते रिट दायर भएको थियो। लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नाग...
भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको उद्धारमा खटिन एकीकृत समाजवादीको निर्देशन
राजनीति, समाचार

भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको उद्धारमा खटिन एकीकृत समाजवादीको निर्देशन

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले भूकम्पले प्रभावित क्षेत्रका बासिन्दाको उद्धारमा खटिन निर्देशन  दिएको छ । मंगलबार नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको उद्धारमा खटिन पार्टी तथा संगठनका नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भएको हो । विज्ञप्तिमा  एकीकृत समाजवादीले भूकम्प पीडित जनताको राहत तथा उद्धारका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारसँग माग गरेको छ । मंगलबार दिउँसो बाजुरा जिल्लाको मौला आसपास गएको भूकम्पले सुदूरपश्चिम र कर्णाली प्रदेशमा क्षति गरेको छ ।...
‘नीति, नियम कसरी लागु भए भन्नेबारे समीक्षा गर्न आवश्यक’
राजनीति, समाचार

‘नीति, नियम कसरी लागु भए भन्नेबारे समीक्षा गर्न आवश्यक’

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्माण गरिएका नीति, नियम व्यवहारमा कसरी लागू भए भन्ने कुराको समीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् । जिल्ला समन्वय समिति महासङ्घ, नेपालको २८औँ स्थापना दिवसका अवसरमा आज  आयोजित कार्यक्रममा सभामुख घिमिरेले सङ्घीयताका विषयमा चर्चा हुँदै गर्दा निर्माण गरिएका नीति, नियम व्यवहारमा कसरी लागू भए भन्ने कुराको पनि समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । “कुनै पनि कुराको निर्माण गर्ने काम र त्यसलाई व्यवहारमा कसरी लागू गर्न सक्यौँ ? व्यवहारमा लागू गर्ने क्रममा कस्ता खालका प्रयत्न भए ? ती कुराको प्रभाव के हुन् भन्ने कुराको समीक्षा गर्नुपर्छ”, उनले भने । सभामुख घिमिरेले भने, “जननिर्वाचित प्रतिनिधिको संस्था जिल्ला समन्वय समिति महासङ्घ, नेपाललाई कसरी प्रभावकारी पार्न सकिन्छ, एउटा÷जिल्लाका लागि बनेका एकाइलाई राष्ट्रिय रुपमा कसरी प्रभावकारी...
अनलाइनलाई नियमित अभिमुखीकरण गरौँ : सञ्चारमन्त्री शर्मा
राजनीति, समाचार

अनलाइनलाई नियमित अभिमुखीकरण गरौँ : सञ्चारमन्त्री शर्मा

नेपालअखबार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका सञ्चालक/सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिएकी छन् । मंगलबार प्रेस काउन्सिल नेपालको अवलोकनका क्रममा मन्त्री शर्माले काउन्सिलले दिने आचारसंहितासम्बन्धी प्रशिक्षण र अभिमुखीकरणलाई अझै व्यापक र प्रभावकारी बनाउन सुझाव दिइन् । प्रेस काउन्सिलले पछिल्लो समय नयाँ अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण कक्षा सञ्चालन गर्दै आएको छ । मन्त्री शर्माले सञ्चार मन्त्रालयले आमसञ्चारसँग जोडिएका विषयसँग सम्बन्धित रहेर काम गर्ने बताइन् । आमसञ्चार क्षेत्रलाई आचारसंहिताको पालनासहित थप जिम्मेवार बनाउन काउन्सिल सक्रियतापूर्वक लाग्नुपर्ने उनले बताइन् । मन्त्री शर्माले काउन्सिल सङ्ग्रहालयमा आमसञ्चार माध्यमका प्राचीन माध्यमको संरक्षण हुने भएकाले नयाँ पुस्ताका लागि यो अति नै महत्वको काम भएको ...
प्रधानमन्त्री प्रचण्डले एक महिनामा के-के गरे ?
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डले एक महिनामा के-के गरे ?

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक महिने कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आफ्नो एक महिने कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् । प्रचण्ड गत पुष १० गते नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।...
विभिन्न कार्ययोजना सहित एकीकृत समाजवादी वाग्मती प्रदेशको चौथो पूर्ण बैठक सम्पन्न
राजनीति, समाचार

विभिन्न कार्ययोजना सहित एकीकृत समाजवादी वाग्मती प्रदेशको चौथो पूर्ण बैठक सम्पन्न

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादी वाग्मती प्रदेशको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । पार्टीका उपाध्यक्ष एवं वाग्मती प्रदेश इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । विहीबार सम्पन्न बैठकमा प्रमुख अतिथि न्यौपानेले वर्तमान राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिको विश्लेषण सहित महत्वपूर्ण निर्देशन दिनुभएको थियो भने  पार्टीका सचिवालय सदस्य घनश्याम भुसालले निर्देशनात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । बैठकले वाग्मती प्रदेश अन्तर्गतका १३ वटा जिल्लाका इञ्चार्ज सह इञ्चार्ज अध्यक्ष  र सचिवले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समिक्षा सहित जिल्लाको  रिर्पोट पेश गरेको थियो । बैठकले माघ १५ गते भित्र सबै जिल्ला र प्रदेशले पार्टी स्कुल विभाग गठन गरिसक्नु पर्ने, फागुन र चैत्र मसान्त भित्र सबै जनवर्गीय संगठन पेशागत र सामुदायीक संगठनको जिल्ला र प्रदेश सम्मेलन सम्पन्न ग...
वामपन्थी नेता वामदेव गौतम एकीकृत समाजवादी कार्यालयमा
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

वामपन्थी नेता वामदेव गौतम एकीकृत समाजवादी कार्यालयमा

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल र वामपन्थी नेता वामदेव गौतम बिच भेट वार्ता भएको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र नेता गौतम बिच भेटघाट भएको हो । भेटमा समसामयिक राष्ट्रिय अन्तराष्ट्रिय राजनैतिक परिस्थितिको बारेमा छलफल भएको बताईएको छ । भेटमा नेता वामदेव गौतमले आफ्ना दस्तावेज तथा पुस्तकहरु पार्टी अध्यक्षलाई हस्तान्तरण गर्नु भयो । आजको भेटमा उक्त दस्ताबेजहरु अध्ययन गर्ने र त्यस बिषयमा अर्को भेटमा छलफल गर्ने सहमति भयो । अध्यक्ष  नेपालले गौतमलाई यथासिघ्र पार्टीमा एकतावद्ध भएर अघि बढ्न प्रस्ताव गर्नु भयो । यो प्रस्तावलाई  गौतमले सकारात्मक रुपमा लिनु भयो र छिट्टै निर्णय गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयि । आजको बैठकमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष द्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिव द्वय प्रकाश...
प्रधानमन्त्रीलाई वेदुरामको आग्रह- जनताको नजिक सरकार पुगेको देखाउन पहल गर्नुपर्‍यो
राजनीति, विचार, समाचार

प्रधानमन्त्रीलाई वेदुरामको आग्रह- जनताको नजिक सरकार पुगेको देखाउन पहल गर्नुपर्‍यो

नेपालअखबार, काठमाडौं । राष्ट्रियसभा सदस्य वेदुराम भुसालले संघीयताको आवश्यकता छैन भन्दै भइरहेका प्रचारहरुलाई असत्य सावित गर्न प्रधानमन्त्रीले भूमिका खेल्नुपर्ने बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रदेशसभाले काम गर्न नसकेका कारण संघीयताको आवश्यकता छैन भन्ने प्रचार भइरहेकाले त्यस्ता प्रचारहरुलाई असत्य सावित गर्न प्रधानमन्त्रीको पहल आवश्यक रहेको बताए । ‘संघीयताको माध्यमबाट जनताको नजिक सरकारलाई पुर्याउने काम गरेका थियौँ, त्यसलाई पूर्णता दिनका लागि साँचो जनताको नजिक सरकार पुगेको छ भन्ने देखाउनका निम्ति प्रधानमन्त्रीले पहल गर्नुहुनेछ भन्ने अनुरोध गर्दछु’, उनले भने । मंगलबारको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।...