Saturday, July 18

राजनीति

कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्‍मेदवारी दर्ता
राजनीति, समाचार

कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्‍मेदवारी दर्ता

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् । यसअघि कांग्रेस, एकीकृत समाजवादी र लोसपाका शीर्ष नेताको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा न्‍यौपानेलाई सभामुखमा उम्‍मेदवार बनाउने निर्णय गरेको थियो । यता, सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराइसकेका छन् । आज नै सवा चार बजे उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । प्राप्त प्रस्तावहरू बिहीबारको प्रतिनिधि सभा बैठकमा पेश हुनेछन् । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा एक सय ३८ सदस्यको आवश्यकता पर्नेछ । सभामुख चयनको कार्यक्रम सकिएपछि माघ सात गते उपसभ...
पार्टीको मूल नीति बनाउन झलनाथको संयोजकत्वमा समिति गठन
राजनीति, समाचार

पार्टीको मूल नीति बनाउन झलनाथको संयोजकत्वमा समिति गठन

नेपालअखबार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा पार्टीको मूल नीति र कार्यक्रम निर्माण मस्यौदा समिति गठन गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख, सचिव जनसंगठनका इन्चार्जसहितको बैठकले नेता खनालको संयोजकत्वमा समिति गठन गरेको हो । खनाल नेतृत्वको समितिले पार्टीको सिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक मूल नीति र  पार्टी  निर्माणको मूल दिशाको बारेमा मस्यौदा तयार गर्नेछ । उक्त मस्यौदा पार्टी कमिटीहरुबाट अनुमोदन भएपछि कार्यान्वयनमा लगिने जनाएको छ ।  खनाल नेतृत्वको मस्यौदा समितिको सदस्यमा केशव लाल श्रेष्ठ,बेदुराम भुसाल, जगन्नाथ  खतिवडा, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाक्री, सावित्रा भुसाल र गणेश बिक रहेका छन् ।...
जनमत पार्टीले माग्यो थप एक मन्त्रालय
राजनीति, समाचार

जनमत पार्टीले माग्यो थप एक मन्त्रालय

नेपालअखबार, काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग थप अर्को मन्त्रालय माग गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले  प्रधानमन्त्री प्रचण्डसँग थप एउटा मन्त्रालयको प्रस्ताव राखेका हुन् । सोही विषयमा छलफलका लागि अहिले सो पार्टीका उपाध्यक्ष समेत रहेका खानेपानी मन्त्री अब्दुल खान बालुवाटार गएका छन् । यसअघि सो पार्टीले खानेपानी मन्त्रालय अस्वीकार गरेको थियो ।  थप एउटा मन्त्रालय पाएमा खानेपानीसहित दुईटा मन्त्रालय लिएर पार्टी सरकारमा सहभागी हुने प्रस्ताव मन्त्री खानले प्रधानमन्त्री प्रचण्डसमक्ष राखेका छन् । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई खानेपानी मन्त्रालयको सट्टा वन मन्त्रालय दिन चाहेका थिए । तर उक्त पार्टीले वन मन्त्रालय र खानेपानी मन्त्रालयको माग गर्दै आएको छ । सो पार्टीले एउटा मात्र मन्त्रालय दिएमा उद्योग, वाणिज्य मन्त्रालय अथवा त्यो जस्तै कुनै अर्को मन्त्रालय दिनु...
कांग्रेस संसदीय दलले सभामुख उम्मेदवार छान्ने
राजनीति, समाचार

कांग्रेस संसदीय दलले सभामुख उम्मेदवार छान्ने

नेपालअखबार काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले पार्टीबाट सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेको छ। तर उम्मेदवार भने तय भइसकेको छैन। बुधबार दिउँसो १ बजे पार्टी संसदीय दल सिंहदरबारमा बस्ने बैठकले सभामुख उम्मेदवार टुंगो लगाउने तयारी छ। सभामुख पदका लागि सांसदहरू ईश्वरी न्यौपाने र अम्बिका बस्नेतको नाम कांग्रेसभित्र चर्चामा छ। पदाधिकारी बैठकमा सभापति देउवाले महिला सांसदमध्येबाट सभामुख उम्मेदवार बनाउन संकेत गरेका थिए। न्यौपाने कैलालीकी हुन्। उनी कांग्रेस केन्द्रीय सदस्य पनि हुन्। उनले लामो समय महिला संघमा काम गरेकी थिइन् भने महिला विभाग प्रमुख भएर पनि पार्टीमा काम गरेकी थिइन्। उनी सभापति देउवानिकट छिन्। यस्तै बस्नेतको नाम पनि सभामुख उम्मेदवारका रूपमा चर्चामा छ। उनी कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी सभापति देउवानिकट छिन्। उनले पनि महिला संघमा काम गरेकी थिइन्। उनी २०...
सत्ता गठबन्धन दलको तर्फबाट सभामुखका लागि घिमिरेको उम्मेदवारी दर्ता
राजनीति, समाचार

सत्ता गठबन्धन दलको तर्फबाट सभामुखका लागि घिमिरेको उम्मेदवारी दर्ता

नेपालअखबार, काठमाडौँ । सत्ता गठबन्धन दलको तर्फबाट सभामुखका लागि एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । बुधबार उनले सभामुखका उम्मेदवारी दर्ता गराएका हुन् । एमाले सांसद सुवासचन्द्र नेम्वाङको प्रस्ताव र  माओवादीका हितराज पाण्डे,रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनको समर्थनमा घिमिरेले उम्मेदवारी दिएका हुन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ ।...
प्रधानमन्त्री प्रचण्ड र बेलायतका राजदूत निकोलाबीच भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्ड र बेलायतका राजदूत निकोलाबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले  भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
अध्यक्ष नेपालले सभामुख र राष्ट्रपतिको निर्वाचनमा मिलेर जाने
राजनीति, समाचार

अध्यक्ष नेपालले सभामुख र राष्ट्रपतिको निर्वाचनमा मिलेर जाने

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सभामुखमा आफ्नो पार्टीले उम्मेदवारी नदिने बताएका छन्। अन्य संवैधानिक पदमा कांग्रेससँग मिलेर जाने कुरा भएको उनले बताए। बुधबार नेपालले धुम्बाराहीमा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। भेटपछि  संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले सभामुख र राष्ट्रपतिको निर्वाचनमा मिलेर जाने विषयमा सकारात्मक छलफल भएको बताए। ‘हाम्रो पार्टीले सभामुखमा उम्मेदवारी दिँदैन। सभामुख र राष्ट्रपतिसहित अन्य संवैधानिक पदमा मिलेर अघि बढ्ने सवालमा सकारात्मक छलफल भयो,’ उनले भने। प्रधानमन्त्रीले मंगलबार आयोजना गरेको सर्वदलीय बैठकमा कांग्रेसले सभामुख र राष्ट्रपतिको निर्वाचनबारे छलफलका लागि तयार रहेको जानकारी गराएको थियो। बुधबार कांग्रेस सभापति देउवाले अध्यक्ष नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफ...
अमेरिकी राहदानी नम्बरको ५१२९६६९८१  बोकेर नातेदार भिसामा नेपाल आएका थिए : उपप्रधान तथा गृहमन्त्री रवि
राजनीति, समाचार

अमेरिकी राहदानी नम्बरको ५१२९६६९८१ बोकेर नातेदार भिसामा नेपाल आएका थिए : उपप्रधान तथा गृहमन्त्री रवि

नेपालअखबार, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकका हैसियतमा नेपाली भिसामा आएका बेला पुरानो नागरिकता पेस गरेर पासपोर्ट लिएको स्वीकार गरेका छन् । नागरिकतासम्बन्धी विवादलाई लिएर संसद् सदस्यका रूपमा अयोग्य रहेको दाबीसहित परेका रिटको जवाफमा उनले सर्वोच्च अदालतलाई यस्तो जवाफ पठाएका हुन् । युवराज पौडेलको एकल तथा अधिवक्ताद्वय रविराज बसौला र नानीबाबु खत्रीले दायर गरेको रिटमा सर्वोच्चले लामिछानेबाट लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । लामिछानेले जवाफमा भनेका छन्, ‘मैले नेपाली नागरिकता प्राप्त गरेपछि अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका पुगेको र त्यहाँ बस्दै जाने क्रममा स्थायी बसोबास अनुमति (पीआर) तथा २१ फेब्रुअरी २०१४ (२०७० फागुन ९) मा अमेरिकाको नागरिकता प्राप्त गरेको थिएँ ।’ लामिछानेले २०५० फागुन १०...
कांग्रेसले सभामुखमा उम्मेदवारी दिने
राजनीति, समाचार

कांग्रेसले सभामुखमा उम्मेदवारी दिने

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसले अन्य सहयोगी दलको सहयोगमा सभामुखको उम्मेदवार उठाउने भएको छ ।  बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको छलफलले यस्तो निष्कर्ष निकालेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । ‘सभामुखको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने समय अझै केही घण्टा बाँकी छ । यसबीचमा हामी सहयोगी दलहरुसँग छलफल गर्छौ र उम्मेदवारीबारे टुंगो लगाउछौ’, महतले जसपा, एकीकृत समाजवादी र माओवादीसँग समेत छलफल गरेर अघि बढ्ने बताए । उनले भने, ‘अन्य दलहरुको सहयोग लिएर उम्मेदवारी दर्ता गर्ने निष्कर्ष निकालेका छौँ ।’ समग्र समझदारी बन्ने अवस्था आए आफ्नो पार्टीले उम्मेदवार नउठाउने भन्दै उनले त्यो अवस्था नआए भूमिकाविहिन भएर कांग्रेस नबस्ने बताए । प्रवक्ता महतले मंगलबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले पनि सहमतिबाट कसरी अघि बढ्न सकि...
आज पनि मन्त्री खान सिंहदरबार नजाने
राजनीति, समाचार

आज पनि मन्त्री खान सिंहदरबार नजाने

नेपालअखबार,काठमाडाैं । सिके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले उद्योग र सहरी विकास मन्त्रालयमध्ये एउटा नदिए सरकारमा नबस्ने चेतावनी दिएका छन्। जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले आफूहरूलाई उद्योग मन्त्रालय दिने सहमति भएको र त्यस्तो नभए सहरी विकास मन्त्रालय चाहिने बताए। उनले खानेपानी मन्त्रालय मात्रै दिने भए अर्को मन्त्रालयसमेत चाहिने बताए। ‘म अहिले बालुवाटारमै छु। प्रधानमन्त्रीसँग छलफल गरेपछि बेलुकासम्म एउटा निष्कर्ष आउला,’ उनले भने, ‘हामीसँग भएको सहमतिअनुसार अगाडि बढ्नुपर्छ भन्ने हो।’ आफूले पाएको मन्त्रालयमा असन्तुष्टि जनाउँदै खानले पदभार सम्हाल्न अस्वीकार गरेका छन्। मंगलबार नवनियुक्त र पहिला नियुक्त भएर कार्यभार तोकिएका अरू सबै मन्त्रीहरूले मन्त्रालयमा पुगेर पदभार सम्हाले पनि खान भने सिंहदरबार गएनन्। उनले आज पनि सिंहदरबार नजाने बताए। पुस ११ गते नै ...