ओली अस्पतालमा रहेका बेला प्रचण्डले किन बोलाए सचिवालय बैठक ?
काठमाडौं– ‘कार्यकारी’ अध्यक्षकाे जिम्मेवारीमा रहेका पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अस्पतालमा रहेका बेला प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।
कार्यकारी अध्यक्षको ‘अधिकार’को पाएको करिब २ सातापछि प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् । बुधबार बिहान ९ बजे नेकपा मुख्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्ने जनाइएको छ ।
सचिवालय बैठकमा उपचुनावको समीक्षासहित, प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गर्ने विषयमा छलफल हुने जनाइएको छ ।...