डोटेली जनताको कतैपनि शिर ननिहुरीने गरी अगाडि बढ्ने छौं : आले
विमल विष्ट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिट्व्यूरो सदस्य तथा डोटीबाट प्रतिनिधी सभा सदस्यमा विजयी हुनु भएका उम्मेदवार प्रेमबहादुर आलेले जनतासँग भोटमाग्दा जाहेर गरेका प्रतिबद्धता (बाचाँ) हरु पुरा गरिने बताउनु भएको छ ।
प्रतिनिधी सभा सदस्यमा विजयी हुनु भएपछि आज डोटीको सायल तथा आदर्श गाउँपालिकाका मतदाताहरुले आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै सांसद आलेले आफुले खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, सायल हुँदै बझाङ्को उरै जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको र पाँच वर्षे कार्यकाल भित्र उक्त सडक बनाएरै छोड्ने बताउनुभयो ।“जनताको बीचमा विकास निर्माणका जुन–जुन प्रतिबद्धता जाहेर गरेको छु, ति पुरा गर्न अहोरात्र दत्तचित्त भएर लाग्नेछु”, उहाँले भन्नुभयो, “द्रुतमार्ग बनाउनु मेरो प्रमुख मुद्धा हो, मेरो कार्यकाल भित्र जुनसुकै हालतमा पनि उक्त कार्य पुरा गर्नेछु।”
यसैगरी उहाँले निर्वाच...










