Sunday, July 12

राजनीति

रुपन्देही ४ (क) मा लोसपाका बनिया निर्वाचित
राजनीति, समाचार

रुपन्देही ४ (क) मा लोसपाका बनिया निर्वाचित

नेपालअखबार, बुटवल । रुपन्देही क्षेत्र नम्बर ४ (क) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कन्हैया बनिया विजयी भएका छन् । बनियाले १५ हजार १ सय ३७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका जितेन्द्रनाथ शुक्लले ९ हजार २ सय ५३ मत पाएका छन् ।नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाए । २०७४ को पहिलो प्रदेश सभा निर्वाचनमा कांग्रेसबाट पाठक निर्वाचित भएका थिए ।...
रुपन्देही ४ (ख) मा कांग्रेसका खाँ विजयी
राजनीति, समाचार

रुपन्देही ४ (ख) मा कांग्रेसका खाँ विजयी

नेपालअखबार, बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नेपाली कांग्रेसका वसीउद्दीन खाँ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवलाई पराजित पार्दै खाँ विजयी भएका हुन् । खाँले ११ हजार ३ सय ५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मोहनलाल यादवले ८ हजार २ सय ६५ मत पाए भने जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत पाएका निर्वाचन अधिकारी देवेन्द्र आचार्यले जानकारी दिए । खाँ २०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसबाटै निर्वाचित भएका थिए । प्रतिनिधि सभा सदस्यको मतगणना जारी रहेकाले खाँलाई विजयी घोषणा भने गरिएको छैन । क्षेत्र नम्बर ४ (क) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कन्हैया बनिया विजयी भएका छन् ।...
सल्यानमा प्रकाश ज्वाला ७ हजार बढी मतान्तरले अघि
राजनीति, समाचार

सल्यानमा प्रकाश ज्वाला ७ हजार बढी मतान्तरले अघि

नेपालअखबार, सल्यान। सल्यानमा जारी मतगणना अनुसार एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इन्चार्ज प्रकाश ज्वाला ७ हजार बढी मतान्तरले अगाडि देखिएका छन् । पछिल्लो नतिजाअनुसार ज्वालाले १५ हजार ३२० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी ५ हजार ८८ मतले पछि छन् ।  दोस्रो नम्बरमा स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले (पुतली) ८ हजार २३२ मत प्राप्त गरेका छन् एमालेका राजेन्द्र वीर रायले ४ हजार ४८९ मत पाएका छन्  ।...
डडेलधुरामा देउवाभन्दा सागर ढकाल ५४४९ मतान्तरले पछाडि
राजनीति, समाचार

डडेलधुरामा देउवाभन्दा सागर ढकाल ५४४९ मतान्तरले पछाडि

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफ्ना प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतले अगाडि देखिएका छन् । उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । २३ हजार ३६१ मत गणना भइसक्दा देउवाले ११ हजार ५५४ मत पाएका छन् । उनका प्रतिस्पर्धी सागर ढकालले ६ हजार १०५ मत पाएका छन् । देउवा ५ हजार ४४९ मतान्तरले अगाडि देखिएका छन् । तेस्रो नम्बर रहेका नेपाली कांग्रेसका कर्णबहादुर मल्लल ३ हजार २९५ मत पाएका छन् । २३ हजार मत गणना हुँदा १ हजार ५११ मत भने बदर भएका छन् ।...
सप्तरी २ मा सीके राउतको फराकिलो अग्रता कायमै
राजनीति, समाचार

सप्तरी २ मा सीके राउतको फराकिलो अग्रता कायमै

नेपालअखबार,सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका उमेदवार सीके राउतले १९ सय १२० मत पाएका छन् । जनता समाजवादी पार्टीका उमेदवार उपेन्द्र यादवले ९ हजार ६३७ मतसहित प्रतिस्पर्धामा छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३ हजार ९३२ मत पाएका छन् ।...
पाँचथर प्रदेश सभा १ तर्फ एकीकृत समाजवादीका जबेगुको निरन्तर अग्रता
राजनीति, समाचार

पाँचथर प्रदेश सभा १ तर्फ एकीकृत समाजवादीका जबेगुको निरन्तर अग्रता

नेपालअखबार, पाँचथर । पाँचथर प्रदेश सभा १ तर्फ  नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुले निरन्तर अग्रता कायम गरिरहनु भएको छ  । जम्मा गनिएको ८ हजार २ सय ४० मत गणना गर्दा  जबेगुले ३ हजार ६ सय १७ मत  प्राप्त गर्नुभएको छ भने   नेकपा (एमाले) राजकुमार भण्डारीले ३ हजार २ सय ५६ मत प्राप्त गरेका छन् । जवेगुले सुरू देखि नै अग्रता लिनुभएको छ  ।...
प्रतिनिधिसभातर्फ कांग्रेसले अग्रता लिएका निर्वाचन क्षेत्रहरू
राजनीति, समाचार

प्रतिनिधिसभातर्फ कांग्रेसले अग्रता लिएका निर्वाचन क्षेत्रहरू

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसले जारी मतगणनामा ४६ स्थानमा अग्रता बनाएको छ ।  यस्तै तीन निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । मंगलबार बिहान साढे १० बजेसम्मको अद्यावधिक विवरणअनुसार काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । यसैगरी मुस्ताङमा योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ विजयी भएका छन् ।  यसैगरी कांग्रेसका ४६ उम्मेदवारले अग्रता बनाएको विवरण यसप्रकार छ । डम्बर बहादुर खड्का–इलाम २ सुरेन्द्रराज आचार्य–कपिलवस्तु २ अभिषेक प्रताप शाह–कपिलवस्तु ३ गगन कुमार थापा–काठमाडौं ४ प्रदीप पौडेल–काठमाडौं ५ राजेन्द्रकुमार केसी–काठमाडौं १० शिवप्रसाद हुमागाई–काभ्रे २ विश्व प्रकाश शर्मा–झापा १ शेरबहादुर देउवा–डडेलधुरा रामचन्द्र पौडेल–तनहुँ १ शंकर भण्डारी–तनहुँ २ दीपक गिरी–दाङ ३ दिलेन्द्र प्रसाद बडू–दार्चुला दिक्पालकुमार शाही–दैलेख २ रामनाथ अधिकारी–धादिङ २ श...
अध्यक्ष नेपालसहित एकीकृत समाजवादीको ७ स्थानमा अग्रता
राजनीति, समाचार

अध्यक्ष नेपालसहित एकीकृत समाजवादीको ७ स्थानमा अग्रता

नेपालअखबार, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी पार्टी) ले प्रतिनिधि सभातर्फ हालसम्म ७ स्थानमा अग्रता कायम गरेको छ । अध्यक्ष माधवकुमार नेपालसहित ७ उम्मेदवारले अग्रता कायम गरेकामा ६ स्थानमा आफ्नै पुरानो पार्टी नेकपा एमालेले पछ्याइरहेको छ भने एक स्थानमा स्वतन्त्र उमेदवारले समाजवादीलाई पछ्याइरहेको छ । कुन स्थानमा कसको अग्रता ? एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले रौतहत–१ बाट अग्रता कायम गरिरहेका छन् । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय कुमार गुप्ताले ५८३९ मत प्राप्त गरिराख्दा अध्यक्ष नेपालले ६४३१ मत ल्याएका छन् । नेपाल र गुप्ताबीचको मतान्तर ५४२ रहेको छ । यस्तै, बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका राजेन्द्र पाण्डेले धादिङ १ बाट लिड गरिहेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले ५१८८ मत प्राप्त गर्दा पाण्डेले ५३७१ मत प्राप्...
प्रकाश ज्वालाको दोब्बर मतले अग्रता
राजनीति, समाचार

प्रकाश ज्वालाको दोब्बर मतले अग्रता

नेपालअखबार, सल्यान। सल्यानमा पछिल्लो मतगणना अपडेट अनुसार सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला दोब्बर मतले आफ्नो अग्रता कायम गरेका छन् । कुल  १८ हजार ३६२ मत गन्दा ज्वालाले ८ हजार ९०७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले ४ हजार १६७ मत ल्याएका छन् । एमालेका राजेन्द्र वीर रायले २ हजार ४१८ मत मात्रै ल्याएका छन् ।...
मकवानपुर २ मा विरोध खतिवडाको अग्रता
राजनीति, समाचार

मकवानपुर २ मा विरोध खतिवडाको अग्रता

नेपालअखबार, मकवानपुर। प्रतिनिधिसभा प्रत्यक्ष तर्फ मकवानपुर क्षेत्र नम्बर-२ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता लिएका छन् । मकवानपुर-२ को कुल ४ हजार ४१७ मत गन्दा खतिवडाले १ हजार ९२० मतसहित अग्रता लिएका हुन् । उनलाई एमालेका उम्मेदवार महेश बर्तौला १ हजार ६०५ मतसहित पछ्याइरहेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५०१ मत पाएका छन्  ।...