Wednesday, May 6

राजनीति

पोखरा २० मा गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय स्थापना
राजनीति, समाचार

पोखरा २० मा गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय स्थापना

नेपालअखबार, पोखरा । गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२(ख) अन्तर्गत पोखरा महानगरपालिका वडा नं २० मा निर्वाचन सम्पर्क कार्यालय स्थापना भएको छ । सोमबार एक कार्यक्रमका बीच पोखरा २० र्यालेचौरमा उम्मेदवारसहित गठबन्धन दलका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले पोखरा २० का हरेक समस्याका विषयमा आफु जानकार रहेको र समस्याको समाधान गर्ने गरी चुनावी मैदानमा उत्रिएको बताए । उनले विकास र समृद्धिका लागि गठबन्धन गरेको बताए । समाजवाद उन्मुख अर्थतन्त्रको व्यवस्था निर्माण गर्ने उद्देश्य स्वरुप गठबन्धन गरिएको भनाई उनको थियो । कृषिमा लगानी बढाउँदै बजारीकरणमा समेत व्यवस्थापन गर्ने गरी नीति निर्माण गर्ने ध्येयका साथ आफु संसदम...
गठबन्धन निर्वाचन जित्ने उद्देश्यमा मात्रै केन्द्रित छैन: प्रचण्ड
राजनीति, समाचार

गठबन्धन निर्वाचन जित्ने उद्देश्यमा मात्रै केन्द्रित छैन: प्रचण्ड

नेपालअखबार,  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा दुई वटा विचार र सिद्धान्तबीच आमनेसामने हुने बताएका छन्। संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रका पक्षमा वाम लोकतान्त्रिक गठबन्धन खडा भएको उल्लेख गर्दै उनले संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसलाई स्वीकार नगर्नेकाबीचमा निर्वाचनमा संघर्ष हुने बताए। वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, 'दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदैछ।' संविधानको संरक्षणका साथै संघीयता र समानुपातिक प्रतिनिधित्वका पक्षमा आफूहरूको गठबन्धन रहेको उनको भनाइ थियो। अध्यक्ष दाहालले परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीका बीचमा मंसिर ४ गते संग्राम हुने धारणा राखे। उनले  प्रत्येक निर्वाचन कुनै पनि राजनीतिक व...
बयलगाडा दर्शनशास्त्रले देश काण्डैकाण्डमा मुछियो : अध्यक्ष नेपाल
राजनीति, समाचार

बयलगाडा दर्शनशास्त्रले देश काण्डैकाण्डमा मुछियो : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओली पतन भएर जाने दाबी गरेका छन् । संविधानलाई धुजाधुजा पार्ने, गणतन्त्रलाई नै समाप्त पार्ने ओली प्रवृत्तिलाई समाप्त पार्न पनि सत्तारुढ गठबन्धनले एकताबद्ध भएर आगामी निर्वाचनमा जित हासिल गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो । सोमबार सत्तारुढ गठबन्धनले काठमाडौंमा आयोजना गरेको वाग्मती प्रदेशस्तरीय संयुक्त भेलामा बोल्दै अध्यक्ष नेपालले ओली र ओली नेतृत्वको गठबन्धनलाई प्रतिमगनकारी, देशघातीको संज्ञा दिँदै आफ्ना साझा उम्मेदवारलाई विजयी गराउनका लागि एकताबद्ध हुन सत्तारुढ गठबन्धनका नेताहरुलाई पुनः आग्रहसमेत गरेका छन् । अध्यक्ष नेपालले ओलीले संविधान, कानुनसमेत कुल्चने काम गरेकाले त्यसलाई जोगाउनका लागि सत्तारुढ गठबन्धन बनेको दोहोर्‍याउँदै त्यसलाई कायमै राखेर अघि बढनुपर्न...
मुल्यवृद्वि नियन्त्रण गर्ने एमाले उम्मेद्वार मनबहादुर गुरुङको उद्घोष
राजनीति, समाचार

मुल्यवृद्वि नियन्त्रण गर्ने एमाले उम्मेद्वार मनबहादुर गुरुङको उद्घोष

नेपालअखबार,पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनमा निर्वाचित भएपछि मुल्यवृद्वि नियन्त्रण आफ्नो मख्य प्राथमिकता रहेको एमाले उम्मद्वार मनवहादुर गुरुङले उद्घोष गरेका छन् । प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ बाट नेकपा एमालेका प्रत्यासी उम्मेदवार गुरूङले पछिल्लो समय बढ्दै गएको वेरोजगारी समस्या र मुल्यवृद्विले जनता मारमा परेको बताउँदै यसलाई नियन्त्रण गर्ने आफ्नो मुख्य एजेण्डा भएको उल्लेख गरे। निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा पोखरा २७ का मतदातासँग उनले भुमिहिन,गुठि लगायत स्थानियका समस्या समाधान गर्ने बताए । घरदैलो कार्यक्रममा कास्की क्षेत्र नम्वर १(क)का नेकपा एमालेको तर्फबाट प्रत्यासी उम्मेदवार खगराज अधिकारीले नेकपा एमालेलाई भोट हाल्न मतदाता आतुर भएको भन्दै नेकपा एमालेलाईलाई अत्यधिक मतले विजयी गराउन अनुरोध गरे ।...
स्याङ्जा १ मा बोधराजलाई भोट माग्दै कमेडियन विकास
राजनीति, समाचार

स्याङ्जा १ मा बोधराजलाई भोट माग्दै कमेडियन विकास

नेपालअखबार, स्याङ्जा । कमेडी च्याम्पियन सिजन २ का टप ५ मा पर्न सफल स्याङ्जाली कमेडियन विकास अर्याल अहिले चुनावी अभियानमा लागेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जा क्षेत्र नं १ का उम्मेदवार बोधराज रेग्मीको चुनावी प्रचारप्रसारमा लागेका हुन् । आगामी नेतृत्व युवाको हुनुपर्ने र युवाको सहभागीताले देश समृद्धिको बाटोमा जाने विकास बताउँछन् । उनले भने –‘पुराना दलहरू र नेताहरूप्रतिको वितृष्णाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी र बोधराजलाई रोजेको हुँ , स्याङ्जामा पुराना दललाई हेरियो अब युवालाई जिताउनुपर्छ र देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टी बैकल्पिक राजनीतिक शक्तिको रुपमा २०७९ असार १७ गते रबि लामिछानेको नेतृत्वमा दर्ता भएको पार्टी हो । अहिले आक्रामक शैलीमा देशैभर चुनावी अभियानमा होम्मिएको छ ।...
शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन बनेको होइन : देउवा
राजनीति, समाचार

शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन बनेको होइन : देउवा

नेपाल अखबार,  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै अहिलेको सत्तारुढ गठबन्धन नबनेको बताएका छन् । सोमबार सत्तारुढ गठबन्धनले काठमाडौंमा गरेको कार्यक्रममा उनले स्थायी शान्ति, बलियो लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनाएको स्पष्टीकरण् दिए । ‘यो गठबन्धन आवश्यकताले बनेको गठबन्धन हो । रहरले बनेको होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउनलाई गठबन्धन भएको होइन । अहिलेको आवश्यकताले बनेको हो । यो गठबन्धन अपरिहार्य थियो, छ र भोलिपनि रहनेछ’ उनले भने । अहिलेको निर्वाचन प्रणालीबाट चुनावमा कुनैपनि दलको बहुमत नआउने भएकाले आपसमा मिल्नुपर्ने बाध्यता भएको प्रधानमन्त्री देउवाले बताए । उनले यो गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रियताविरुद्ध जान नसक्ने अवस्था आएको जिकिरसमेत गरे । ‘गठबन्धनका कारणले भोलिका दिनमा कसैले पनि प्रजातन्त्रविरोधी का...
आफ्नो निर्वाचन क्षेत्रमा भरपुर विकास गर्ने प्रतिवद्धता
राजनीति, समाचार

आफ्नो निर्वाचन क्षेत्रमा भरपुर विकास गर्ने प्रतिवद्धता

नेपालअखबार, पोखरा । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु प्रचारप्रसारमा जुटिसकेका छन् । यस्तै कास्की क्षेत्र नं २ (२) बाट नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी मिना गुरूङ पनि यतिबेला मतदातासँगको भेटघाटमा व्यस्त छिन् । आफ्नै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकी गुरूङले उक्त क्षेत्रको हरेक समास्याबारे अवगत रहेको बताउँदै निर्वाचित भएपछि आफनो क्षेत्रमा कुनै पनि विकास निर्माणका काममा ढिलासुस्ती नगर्ने बताईन् । ‘कास्की २(२) लाई नजिकबाट चिनेको र भोगेको छु । यहाँका जनतामा पुराना राजनीतिक दलप्रति विस्तृष्णा बढ्दो छ । नयाँ विकल्प दिनुपर्छ भन्ने मान्यताको विकास भएको छ । तर पनि मेरो क्षेत्रका जनताले एकपटक विकल्पसहित मलाई काम गर्ने अवसर दिनुहुन्छ भन्नेमा म पूर्ण आशावादी छु ।’ उम्मेदवार गुरुङ भन्छिन्–‘राजनीतिक वितृष्णा नै जित्ने आधार हो । अघिल्ला ...
आयोगलाई माधव नेपालको जवाफ : फ्री भिसा, फ्री टिकट भनेको छैन
राजनीति, समाचार

आयोगलाई माधव नेपालको जवाफ : फ्री भिसा, फ्री टिकट भनेको छैन

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा प्रतिनिधि सभा रौतहट निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार माधवकुमार नेपालले फ्री भिसा फ्री टिकट दिने भनेर मतदाता प्रभावित पार्ने अभिव्यक्ति नदिएको दाबी गरेका छन् । उनले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ आयोगलाई पठाउँदै निर्वाचन प्रचारको क्रममा आफूले कुनै मतदातालाई प्रलोभन देखाउने गरी अभिव्यक्ति नदिएको दाबी गरेका हुन् । ‘पत्रमा भनिएजस्तो निर्वाचनको सिलसिलामा मैले कुनै उम्मेदवार वा मतदाता वा निजहरूमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कुनै कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्ने कार्य गरेको छैन’, नेता नेपालले चार बुँदे जवाफमा भनेका छन्, ‘मैले कसैलाई कुनै किसिमको लोभलालच वा आर्थिक प्रलोभन देखाउन कुनै कामकारबाही गरेको छैन । अतः उक्त पत्रमा भनिएजस्तो अभिव्यक्ति मैले दिएको छैन...
आले र बलायरले निर्वाचनमा एक अर्कालाई सहयोग गर्ने सहमती
राजनीति, समाचार

आले र बलायरले निर्वाचनमा एक अर्कालाई सहयोग गर्ने सहमती

बिमल विष्ट, डोटी । निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा पूर्वमन्त्री वीरबहादुर बलायरले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एक अर्कालाई सहयोग गर्ने भएका छन् । पछिल्लो समय लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट आले डोटी तथा बलायर कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधी सभा सदस्यका उमेदारका लागि निर्वाचन सहभागि भएका छन् । आलेले बलायरलाई कैलालीमा सहयोग गर्ने तथा बलायरले डोटीमा आलेलाई सहयोग गर्ने आज सहमती भएको बाम गठबन्धनका नेताहरुले बताएका छन् । डोटीमा लोकतान्त्रिक बाम गठबन्धनकातर्फबाट आलेले प्रतिनिधी सभा सदस्यका लागि टिक पाएपछि बलायरलाई डोटीबाट कैलाली क्षेत्र नं ४ बाट टिकट दिइएको थियो । लोकतान्त्रिक बाम गठबन्धनमा पछिल्लो समय डोटीमा चार पार्टीहरु एक भएर नेकपा एमालेसँग निर्वाचनमा प्रतिसपर्धामा उत्रिएका छन् । डोटीमा नेपाली काग्रेसका कार्यकर्ताहरुलाई बलायरले लोकतान...
पोखरा १४ मा एमालेको चुनाव प्रचारप्रसार समिति कार्यालय स्थापना
राजनीति, समाचार

पोखरा १४ मा एमालेको चुनाव प्रचारप्रसार समिति कार्यालय स्थापना

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १४ मा नेकपा एमालेले चुनाव प्रचारप्रसार समितिको कार्यालय स्थापना गरेको छ । कास्की क्षेत्र नं. १ (ख) मा नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार बेदबहादुर गुरूङ (श्याम) ले प्रचार कार्यालयको उद्घाटन गर्दै पाटीका नेता कार्यकर्तालाई मतदाताहरुको साथमा सधैं एमाले रहने र स्थानियका विकासका कार्यदेखि नीति निर्माण पनि नेकपा एमाले पाटीले मात्र वकालत गर्न सक्ने कुरा बुझाउन निर्देशन दिए । उनले वडावासीको हितका पक्षमा आफू सर्दैव लागिरहने बताउँदै एमालेलाई मंसिर ४ गते हुने निर्वाचनमा पहिलो पाटी बनाउन सुर्य चिन्हमा मतदान गर्न सबै मतदातामा अनुरोध गरे । कार्यक्रममा प्रत्येक दिन वडाबासीका घरदैलोमा जाने र एमाले पाटीले मात्र जनताका हितमा काम गर्ने कुरा बुझाउने कार्यक्रम रहेको एमाले नेता पसबहादुर बास्तोलाले जानकारी दिए ।...