Wednesday, May 6

राजनीति

बागमती प्रदेश सरकारले सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन गरेको छ – मुख्यमन्त्री राजेन्द्र पाण्डे
प्रदेश ३, राजनीति, समाचार

बागमती प्रदेश सरकारले सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन गरेको छ – मुख्यमन्त्री राजेन्द्र पाण्डे

नेपालअखबार, काठमाडौँ  । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले  प्रदेशमा सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन गरिएको बताउनु भएको छ । शनिबार काडमाडौंमा आयोजित समाजवादी प्रेस संगठन नेपालको बागमती र उपत्यका प्रदेशको संयुक्त भेलाको उद्घाटनका क्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले सञ्चार क्षेत्रको विकासका लागि प्रदेशभित्र स्थापना गरिएका सबै सञ्चारमाध्यमलाई नवीकरण दस्तुर छुट दिएको बताउनु भयो  । मुख्यमन्त्री पाण्डेले समाजमा विद्यमान भ्रष्टाचारको न्यूनीकरणका लागि पत्रकार क्रियाशील भई सुशासन कायम गर्न सकिने र उनीहरुका सङ्गठनमा संविधानअनुसारको विभाग राख्न उपयुक्त हुने बताउनु भयो  ।...
सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या छ : अध्यक्ष नेपाल
राजनीति, समाचार

सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या छ : अध्यक्ष नेपाल

नेपालअखबार,पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या देखिएको बताएका छन् ।  शनिवार रौतहटमा आयोजित  कार्यक्रममा सहभागी आएका पूर्व प्रधानमन्त्री नेपालले सिमरा विमानस्थलमा  कुराकानीमा बोल्दै दलहरुबीच सिट बाँडफाँटमा टुंगो लागिसकेको बताएका छन् । १० देखि बढीमा २० प्रतिशत मात्रै टुंगो लगाउन बाँकी छ, त्यो पनि आज भोलिसम्म सहमति भइहाल्छ’  नेपालले भने । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूलाई सबैतिरबाट चाप, दवाव र तानातान भएकोले जस्ले बढी तान्न सक्छ सोही क्षेत्रबाट चुनाव लड्ने पूर्व प्रम नेपालले टिप्पणी गरेका छन् ।रौतहटको क्षेत्र नं १, ४ र काठमाडौ क्षेत्र नं २ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने विचार छ, तर अहिले नै टुंगो लागेको छैन्’ उनले भने  । प्रस्तावित निजगढ अन्तरा...
माओबादीमा समानुपातिकका पुराना अनुहार नदोहोराउने निर्णय संगै गन्डकी प्रदेशमा पहाडको चर्चा !
राजनीति, समाचार

माओबादीमा समानुपातिकका पुराना अनुहार नदोहोराउने निर्णय संगै गन्डकी प्रदेशमा पहाडको चर्चा !

माओबादीमा समानुपातिकका पुराना अनुहार नदोहोराउने निर्णय संगै गन्डकी प्रदेशमा पहाडको चर्चा तिब्र छ । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिती बैठकले समानुपातिक तर्फ अन्तरिम सम्बिधान बिधयक बाहेकका हालसम्मका पहिले साम्सद भैसकेकाहरु लाई भने नदोहोर्‍याउने निर्णय गरिसकेको छ। यो संगै बाग्लुङ जिल्लामा पनि माओवादी केन्द्रले प्रदेश सभा तर्फबाट समानुपातिकको नाम भने प्रदेश र केन्द्रलाई सिफारिस गरिसकेको छ । जिल्लाबाट सिफारिस हुनेहरु र आंकान्क्षीहरु धेरै भएपनी त्यसलाइ अन्तिम टुंगो भने अब माओवादी केन्द्रले बन्द सुची अन्तरगत राखेर टुङ्गाउने भएका छन् । ५ जनाको सिफारिस मध्यमा पनि पहाड उपनामले चिनिने मेख बहादुर बिकको भने सर्बाधिक चर्चा र सम्भावना रहेको स्वयम् माओवादी बृतमा छलफल चलिरहेको जानकारी प्राप्त भएको छ । माओवादीको १० बर्से जनयुद्धमा सहभागी पहाड जनयुद्धकै लडाइँको अनेकौं मोर्चाहरुमा घाइते भएका थि...
आज राष्ट्रपतिविरुद्ध सर्वोच्चमा परेको रिटमा  सुनुवाइ हुँदै
प्रशासन, राजनीति, समाचार, हाइलाइट-समाचार

आज राष्ट्रपतिविरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाइ हुँदै

नेपालअखबार, काठमाडाैं । नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुँदै छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध हिजो कानुन व्यवसायीहरुको पाँचवटा रिट परेको थियो । राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको बरखिलाफ भएको रिटमा उल्लेख गरिएको छ । साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ । अधिवक्ता सागर बराल, सौगातराज बराल, अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा रिट दर्ता दायर गरेका हुन् । उक्त रिटसँगै अन्य कानुन व्यवसायीहरुले पनि थप चारवटा रिट दर्ता गराएका छन् । सबै रिट एकै प्रकृतिका हुना...
कास्की २ मा लौरो अभियानबाट शिरिष गुरुङको उम्मेदवारी
राजनीति, समाचार

कास्की २ मा लौरो अभियानबाट शिरिष गुरुङको उम्मेदवारी

नेपालअखबार, पोखरा । कास्की २ मा लौरो अभियानबाट शिरिष गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् । कास्की २ बाट यसअघि नै स्वतन्त्र उम्मेदवारी घोषणा गरि सकेकी गुरुङ लौरो अभियानबाट उम्मेदवार बन्ने भएकी हुन् । काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङलाई लौरो अभियानका तर्फबाट उम्मेदवार बनाउने घोषणा भएको हो । सामाजिक अभियानमा सक्रिय गुरुङले यसअघि जागौं पोखरा अभियानको नेतृत्व गर्दै ५१ दिने लामो शान्तिपूर्ण वार्ता समेत बसेकी थिइन् । शिक्षण पेशमा आबद्ध गुरुङले देशले परिवर्तन चाहेको बेला युवाहरु जुट्नु पर्ने साथै नीतिगत तहमा पुग्नुपर्ने भएकाले आफ्नो उम्मेदवारी घोषणा गरेको बताइन् ।...
जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ : सहरी मन्त्री चौधरी
राजनीति, समाचार

जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ : सहरी मन्त्री चौधरी

नेपालअखबार,  धनुषा । सहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको बताएका छन् । जलेश्वर–जनकपुर–धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘ऐतिहासिक सम्पदा जनकपुरधाम भ्रमण गर्न वर्षेनी लाखौँ लाख पर्यटक आउने गरेका छन् । खासगरि हिन्दु धर्ममा विश्वास गर्नेहरुको लागि यो पवित्र स्थल हो । यसको मौलिकता जोगाउँदै यस क्षेत्रलाई सौन्दर्यीकरण गर्न सके यस क्षेत्रले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ ।’ जनकपुरधाम नेपालमा मात्र नभई विश्वमै परिचित स्थल रहेको बताउँदै मन्त्री चौधरीले सहरी मन्त्रालयले यस क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने सुनाउँदै भने, ‘तपाईंहरु फटाफट काममा जुट्नुस् । हामीले बजेटको निरन्तर व्यवस्था मिलाउन...
राष्ट्रपतिका लागि अबको बाटो राजीनामा मात्र हो: पूर्वराष्ट्रपति यादव
राजनीति, विचार, समाचार

राष्ट्रपतिका लागि अबको बाटो राजीनामा मात्र हो: पूर्वराष्ट्रपति यादव

नेपालअखबार । पूर्वराष्ट्रपति रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिन सुझाएका छन्। पूर्वराष्ट्रपति यादवले कुरा गर्दै राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेकाले अबको बाटो राजीनामा मात्रै भएको बताएका हुन्। ‘संविधानको संरक्षक उहाँले संविधानको उल्लंघन गर्नुभयो। प्रतिनिधिसभामा बहुमतले पारित गरेको विधेयक रोक्ने अधिकार उहाँलाई छैन’, उनले भने, ‘दोस्रो पटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक उहाँले रोक्न मिल्दैन। उहाँले संविधान क्रस गर्नुभयो अब सहजताका निम्ति राजीनामा दिनुपर्छ।’ उनीसँगको थप अन्तर्वार्ता केही बेरमा प्रकाशित हुनेछ। संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ ।...
सत्ता गठबन्धनका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी
राजनीति, समाचार

सत्ता गठबन्धनका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

नेपालअखबार, काठमाडौं । सत्ता गठबन्धनका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल गर्न गठबन्धनका नेताहरुको बैठक बसेको हो । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ । सत्ता गठबन्धनको बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको सिट बाँडफाँटबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा सिट बाँडफाँट कार्यदलका सदस्यहरु र सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् ।...
एकीकृत समाजवादी प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अधिवेशन सम्पन्न
राजनीति, विदेश, समाचार

एकीकृत समाजवादी प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अधिवेशन सम्पन्न

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले प्रवासमा आफ्नो संगठनलाई बिस्तार गर्दै लगेको छ । यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको प्रथम अधिवेशन अमेरिकास्थित न्युयोर्कमा सम्पन्न भएको छ। अधिवेशनलाई पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अनलाइन जुममार्फत सम्बोधन गरेका थिए । अधिवेशनले शंकर पन्तको अध्यक्षतामा २५ सदस्यीय अमेरिका राष्ट्रिय कमिटी सर्वसम्मत गठन गरेको हो। कमिटीको वरिष्ठ उपाध्यक्ष बनिता कतिला र क्षेत्रीय संयोजकहरूमा क्रमशः दक्षिण पश्चिम उद्धव खनाल, डिसी मेट्रो टंक कुँवर, मध्यपश्चिम सरस्वती मुखिया, उत्तरपूर्व सोमेन्द्र रन्जित रहेका छन् । त्यसैगरी अधिवेशनले महासचिवमा युवराज खनाल, सचिवमा कृष्ण पौडेल, कोषाध्यक्षमा शुसिला पौडेललाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा शम्भु कटुवाल ,खगराज पौडेल, डा प्र...
गठबन्धनको बैठक : प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमतिको प्रयास जारी
राजनीति, समाचार

गठबन्धनको बैठक : प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमतिको प्रयास जारी

नेपालअखबार,  काठमाडौं । सत्ता गठबन्धनका दलहरु प्रत्यक्षतर्फको सीट भागबण्डामा सहमति जुटाउन पुनः छलफलमा व्यस्त भएका छन् । सोमबार समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाएका सत्ता गठबन्धनका दलहरुले प्रत्यक्षतर्फको भागबण्डाका लागि छलफललाई पुनः निरन्तरता दिएका हुन् । सत्ता गठबन्धनका शीर्ष तहका नेता सहित सिट बाँडफाँट कार्यदलको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् । कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महास...