Sunday, July 12

राजनीति

मजदुर आन्दोलनबाट उदाएका दामोदर, के छन् प्राथमिकता ?
राजनीति, समाचार

मजदुर आन्दोलनबाट उदाएका दामोदर, के छन् प्राथमिकता ?

नेपालअखबार, पोखरा । १३ वर्षको हुँदा कम्युनिष्ट पार्टीमा लागेका दामोदर पौडेल बैरागीको पछिल्लो चार दशक मजदुर, किसान, उत्पीडित श्रमजीवी वर्गको अधिकारको पक्षमा लाग्दालाग्दै बित्यो । जीवन नै मजदुर श्रमजीवी वर्गको आन्दोलन र पार्टीका लागि सुम्पेका उनले पहिलोपटक संसदीय चुनाव लड्न लागेका छन् । आगामी ४ मंसिरको चुनावमा ५६ वर्षीय दामोदर कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार हुन् । को हुन् दामोदर ? दामोदर कास्कीमा पार्टीका लागि निकै संघर्ष गरेका कम्युनिष्ट नेतामध्येका एक हुन् । २०२३ साल वैशाख ५ गते कास्कीको तत्कालीन सल्यान गाविस–९ मा जन्मिएका दामोदर एमालेका निष्ठावान् र पूर्णकालीन कार्यकर्ता हुन् । बुवा स्व. चक्रपाणि पाध्या र आमा तुलसी पाध्याका ९ जना सन्तानमध्ये दामोदर जेठो हुन् । दामोदर २०३६ सालको विद्यार्थी आन्दोलानले राजनीतितर्फ प्रेरित भएका थिए । उनी २०३७ सालमा...
दीपक कोइराला : व्यवहारमा मिलनसार, काममा परिपक्व
राजनीति, समाचार

दीपक कोइराला : व्यवहारमा मिलनसार, काममा परिपक्व

नेपालअखबार, पोखरा । घरेकजसो चुनावी सभामा कांग्रेस नेता यज्ञबहादुर थापा कास्की १ को १ मा प्रदेशसभा सदस्य उम्मेदवार दीपक कोइरालाको तारिफ गर्छन् । कोइरालाले आफ्नो पहिलो कार्यकालमा थुप्रै काम गरेको भए पनि प्रचारप्रसार नगरेकोमा गाली पनि गर्छन् । भन्छन्, ‘उनी मिजासिलो छन् । सबैसँग मिल्छन् । धेरै काम गरेर पनि आफूले यो–यो गरे भनेर भन्न जान्दैनन् ।’ पूर्वमन्त्री समेत रहेका थापा उम्मेदवार कोइरालाले चुनाव जितेपछि प्रदेशको ‘पावरफुल’ मन्त्रालय सम्हाल्ने पक्कापक्की रहेको मतदातालाई बताउँछन् । ‘यत्तिको युवा नेता यो क्षेत्रले पाएको छ । जितेर गएपछि मन्त्री बन्छ, बन्छ,’ उनले मतदाताको बीचमा भन्ने गरेका छन्, ‘व्यवहारमा मिलनसार पनि छ, काममा परिपक्वता पनि छ ।’ थापाको भनाइलाई पुष्टि गर्ने आधार हो गत साता पोखरा–३१ वेगनासको घटना । पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार कोइराला चुनावी घरदैलोको क्रममा वेगन...
पोखरा २१ र ३३ मा अत्याधुनिक मनोरञ्जन पार्कसहितका आकर्षक पोखरी निर्माण गर्न स्थानियको आग्रह
राजनीति, समाचार

पोखरा २१ र ३३ मा अत्याधुनिक मनोरञ्जन पार्कसहितका आकर्षक पोखरी निर्माण गर्न स्थानियको आग्रह

नेपालअखबार, पोखरा । पोखरा २१ र ३३ मा अत्याधुनिक मनोरञ्जन पार्क सहितका आकर्षक स्मार्ट तीन पोखरी निर्माण गर्न स्थानियले आफ्नो क्षेत्रका एमाले उम्मेदवारहरुलाई आग्रह गरेका छ्न् । निर्वाचन अभियानका क्रममा सो क्षेत्रका मतदाता भेटघाटमा नेकपा ९एमाले० को तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र नम्वर २ ९१० का प्रत्यासी उम्मेदवार भिम बहादुर कार्कीलाई स्थानियहरूले यस्तो आग्रह गरेका हुन् । साविकको भरतपोखरी, निर्मल पोखरी, भोटेपोखरी र कृष्तीका स्थानीयहरूले अत्याधुनिक आइटी सुविधा र मनोरञ्जन पार्क सहितका आकर्षक स्मार्ट तीन पोखरी निर्माण गर्ने योजना बनाउन आग्रह गरे । पोखरीहरूको भेगको रूपमा परिचित समेत रहेको उक्त स्थानका प्राचीन पोखरीहरूको संरक्षण सहित नयाँ तीन पोखरी निर्माण गर्नुपर्ने स्थानियको माग छ । यसो गर्न सके प्राचीन परिचयको सम्वद्र्धन सहित आफ्नै मौलिक पहिचान सहितको पर्यटकीय गन्तव्य निर्माण...
अनौपचारिक क्षेत्रका श्रमिकको पञ्जिकरणमा जोड दिने उम्मेदवार भट्टराईको प्रतिवद्धता
राजनीति, समाचार

अनौपचारिक क्षेत्रका श्रमिकको पञ्जिकरणमा जोड दिने उम्मेदवार भट्टराईको प्रतिवद्धता

नेपालअखबार, पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं। २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अनौपचारिक क्षेत्रका श्रमिकहरुको पञ्जिकरणमा जोड दिने प्रतिवद्धता व्यक्त गरेकी छन् । नेपाल टे«ड युनियन महासंघ अन्तर्गतको क्यूपेक नेपाल कास्कीद्धारा शनिवार पोखरामा आयोजित निर्वाचन केन्द्रीत कार्यक्रममा बोल्दै उनले श्रमिकलाई रोजगार तथा सेवा सुविधा उपलव्ध गराउन स्थानीय तहमा सुचिकृत गर्न पहल गर्ने प्रतिवद्धता जनाएकी हुन् । विश्वव्यापी रुपमा पैmलिएको कोभिड तथा विनाशकारी भूकम्पको समयमा सबैभन्दा बढी श्रमिक वर्ग मर्कामा परेको उल्लेख गर्दै उनले उनीहरु पञ्जिकृत नहुदा राज्यबाट प्राप्त गर्ने सेवा सुविधाबाट समेत बन्चित हुनु परेको स्मरण गरिन् । एमाले केन्द्रीय सदस्य समेत रहेकी नेत्री भट्टराईले मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा केन्द्रीत हुन सवैलाई आव्हान गर्दै श्र...
‘व्यवस्था पछि अवस्था परिवर्तन गर्न गठबन्धन गरेर आएका हौं’
राजनीति, समाचार

‘व्यवस्था पछि अवस्था परिवर्तन गर्न गठबन्धन गरेर आएका हौं’

नेपालअखबार, पोखरा । अगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की २ ९१० बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्व प्रकाश लामिछानेले लामो संघर्ष पछि व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन हुन नसक्दा दुःख लागेको बताएका छन् । पोखरा १७ घारीपाटनमा सञ्चालित निर्वाचन अभियानमा उनले भने, ‘व्यवस्था परिवर्तन गरियो तर अबस्था परिवर्तन गर्न सकेनौं । अब अबस्थामा परिवर्तन गर्न गठबन्धन गरेर आएको छौं ।’ उनले अहिले गठबन्धनको स्थानीय एजेण्डा भनेको स्वास्थ्य, शिक्षाका साथै सम्बृद्ध नागरिक बनाउने रहेको बताए । असल नेतृत्वको अहिले आवश्यक परेको भन्दै उनले भने, ‘पोखराको नमुना बिकास गरेर देखाउने छु । बिजयका लागि मतदान गर्न अनुरोध छ ।’ अभियानमा नेपाली काँग्रेसकी समानुपातिक उम्मेदवार बृन्दादेवी रानाले स्थिर सरकार, रोजगारी, आर्थिक बृद्वि भष्ट्राचार नियन्त्रणको लागि गठबन्धन गरिएको भन्दै गठबन्धनका उम्मेदवा...
पोखराको सुन्दरतामाध्यानदिन्छौं : गठबन्धन
राजनीति, समाचार

पोखराको सुन्दरतामाध्यानदिन्छौं : गठबन्धन

नेपालअखबार, पोखरा ।कास्की २ बाटउम्मेद्वार बनेका नेताहरुले पोखराको सुन्दरतामाध्यानदिने बताएकाछन् । शनिबारपोखरा १७घारीपाटनमापाँचदलीयगठबन्धनले आयोजना गरेको चुनावीअभियानमाकास्की २ काउम्मेदवार श्रीनाथ बराललेपोखराको सौन्दर्यीकरणमाध्यानदिने बताए । कास्की २ भित्रपोखरा महानगरका ११ वटावडामात्र पर्ने भएकाले पोखरा सौन्दर्यतामाआफूहरुको विषेश ध्यानजाने उनले सुनाए । ‘पछिल्लो समय पोखरामाभिडभाडबढेको छ । काठमाडौं, बुटवल, रनारायणगढलगायतशहरबाटपोखरामागाडीहरु थुप्रने गरेकाछन्,’ उनले भने, ‘पोखरामानयाँविमानस्थलबनेको अवस्थामाबाईबास रोड बनाउने र पोखरालाई सफा सुन्दर राख्ने कुरामाध्यानदिनेछौं ।’ पोखराको मुख्य समस्याफोहर व्यवस्थापन रहेकाले ल्याण्डफिलबनाउनपोखरा महानगरलाई सहयोग गर्दै पोखरालाई सफा र सुन्दर राख्ने प्रतिवद्धताजनाए । यसबाहेक भूमिहीनदलित, भूमिहीन सुकुुम्वासी र अव्यवस्थीतबासोबासीको समस्या समाधानगर्ने बताए ।...
पुम्दीभुम्दी लाई धार्मिक पर्यटनको हव बनाउने उम्मेदवार जीवन र प्रकाशको प्रतिवद्धता
राजनीति, समाचार

पुम्दीभुम्दी लाई धार्मिक पर्यटनको हव बनाउने उम्मेदवार जीवन र प्रकाशको प्रतिवद्धता

नेपालअखबार, पोखरा । पोखरा २२ ९पुम्दी भुम्दी० लाई धार्मिक पर्यटनको हव बनाउने ५ दलीय गठबन्धनबाट कास्की ३ का उम्मेदवार रामजी प्रसाद बराल जीवन र प्रकाश बरालले प्रतिवद्धत्ता व्यक्त गरेका छन् । विश्व शान्ति स्तुपामा शनिबार आयोजना भएको २३ औं बार्षिक पूजा तथा सम्मान कार्यक्रममा बोल्दै उमेदवार जीवन र प्रदेश सभा सदस्यका उमेदवार प्रकाशले पोखरा २२ को पुम्दी भुम्दीलाई धार्मिक पर्यटनको केन्द्र बनाउन आवश्यक सहयोग गर्ने बताएका हुन् । बुद्धधर्म सम्बन्धि विश्व शान्ति स्तुपाः र हिन्दु धर्मको बिशाल महादेव मुर्तिले पछिल्लो समयमा बढी चर्चा भएको उल्लेख गर्दै उम्मेदवार जीवन र प्रकाशले धार्मिक पर्यटनको केन्द्र बनाउन आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न आफुहरु सहयोग गर्ने बताएका हुन् । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका उम्मेदवार जीवनले पोखराको शान्ति स्तुपाः मर्मत संहार, बिशाल महादेवको मुर्ति, पोखरा १...
गठबन्धनको प्रतिवद्धता : पृथ्वीचोकमा सिटी बसपार्क, लामेआहालमा आधुनिक बसपार्क र छोरेपाटन एंव हेमजामा इन्ट्रान्स बसपार्क
राजनीति, समाचार

गठबन्धनको प्रतिवद्धता : पृथ्वीचोकमा सिटी बसपार्क, लामेआहालमा आधुनिक बसपार्क र छोरेपाटन एंव हेमजामा इन्ट्रान्स बसपार्क

नेपालअखबार, पोखरा । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पृथ्वीचोकमा सिटी बसपार्क, लामेआहालमा आधुनिक बसपार्क र छोरेपाटन एंव हेमजामा इन्ट्रान्स बसपार्क बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले घोषणा पत्रमा पृथ्वीचोकमा रहेको बसपार्कलाई सिटी बसपार्कको रुपमा व्यवस्थित गरी लामेआहालमा विशेष सुविधासम्पन्न आधुनिक बसपार्क र छोरेपाटन क्षेत्र एंव हेमजा क्षेत्रमा सुविधा सम्पन्न इन्ट्रान्स बसपार्कहरु निर्माण गर्न विशेष गर्ने बताएका छन् । यस्तै पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग तथा पोखरा बाग्लुङ राजमार्गको स्तरोन्नती गरी प्रभावितलाई उचित मुआब्जा दिलाउन पहल गर्नुका साथै पुष्पलाल मध्येपहाडी लोकमार्ग एंव कोरोला जोमसोम देखी त्रिवेणी भैसालोटन सम्मको निर्माणाधिन लोकमार्गलाई छिटो सम्पन्न गर्न पहल गर्ने बताएका छन् । केरुङ पोखरा लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन गरी डिपिआर बनाई नि...
विकास निर्माणको नीति बनाउँछु : दिपक
राजनीति, समाचार

विकास निर्माणको नीति बनाउँछु : दिपक

नेपालअखबार, पोखरा । निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनैतिक पार्टीका उम्मेदवार प्रचारप्रसारमा जुटिरहेका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्यका उम्मेद्वार दिपक गुरुङ ‘माइला’ पनि मतदातासँग भेटघाटमा व्यस्त छन् । उनले आफ्नो क्षेत्रका विभिन्न वडा–वडामा पुगेर घरदैलो गरी गठबन्धनको पक्षमा मत मागेका छन् । गुरुङ शनिबार पोखरा–१२ का बाँकी रहेका टोलमा घरदैलो कार्यक्रम गरे । उनले देशलाई समृद्ध बनाउने र समृद्धिको बाटोमा देशलाई डो¥याउन सके जनता खुशी हुने व्यक्त गरे । उनले विकास निर्माणको नीति बनाएर मुलुकलाई अघि बढाउने मतदातासमक्ष प्रतिज्ञा गरेका छन् । पर्यटन पूर्वाधार र रोजगारी, शिक्षा र स्वास्थ्य, कृषि, खानेपानी र सिँचाई, उर्जा तथा जलस्रोत, युवा तथा खेलकुद र महिला तथा बालबालिका क्षेत्रमा बढी काम गर्ने उनले प्रतिवद्धता जनाए । ‘स्वदेशमै रोजगारी सिर्जना गर्न...
कास्की ३ : यस्ता छन् उद्यमशिलता विकासमा गठबन्धनका योजना
राजनीति, समाचार

कास्की ३ : यस्ता छन् उद्यमशिलता विकासमा गठबन्धनका योजना

नेपालअखबार, पोखरा  । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा ५ दलीय गठबन्धनले निर्वाचन पछि उद्यमशिलता विकासका कार्यक्रमहरुलाई प्राथमिकता दिएको छ । स्थानीय रुपमा नै रोजगारी तथा स्वरोजगारी सिजर्ना गर्ने उद्देश्यका साथ गठबन्धनले उद्यमशिलता विकासका योजना अघि सारेको हो । उद्यमशिलता सँगै वातावरणीय सन्तुलनका लागि हरित उद्यम कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्ने र त्यस्ता उद्यमलाई अनुदान तथा सुलभ व्याजदरमा ऋण उपलब्ध गराउने घोषणा गठबन्धनले गरेको छ । साथै हावापानी अनुकुल हुने ठाउँमा चिया, अलैंची, अम्रीसो, कफी, कुरिलो, कागती लगायतका खेतीका साथै जडिबुटि उत्पादनलाई प्रोत्साहन गरिने उम्मेदवारहरुले बताएका छन् । लेक तथा बेंशिहरुमा माछापालन, पशुपालनलाई प्रोत्साहन गर्दै युवालाई उत्पादनमा आकर्षित गराउनका लागि अनुदान तथा सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने र त्यस्ता व्यवसायलाई नमूना व्यवसायिक केन्द्रको रु...