फागुन १ गतेदेखि आन्दोलनमा जान्छौँ : दुर्गा प्रसाईँ
नेपालअखबार,मकवानपुर । हेटौँडा पुगेका नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले फागुन १ गतेदेखि देशव्यापी आन्दोलन गर्ने बताएका छन् ।
बिहीबार हेटौँडामा पत्रकारहरूसँग कुरा गर्दै उनले जेनजी आन्दोलनमार्फत जनताले महसुस गर्ने खालको परिवर्तन नभएको बताए ।
उनले देशका लागि निर्णायक रूपमा लड्नुपर्ने समय आएको बताए । प्रसाईँले आगामी २१ फागुनमा गर्ने भनिएको निर्वाचन बहिष्कार गर्न पनि उनले आव्हान गरे ।
अहिलेको प्रमुख आवश्यकता चुनाव नभएर व्यवस्था र नेतृत्वप्रति जनताको असन्तोषलाई सम्बोधन गर्नु भएको उनले बताए ।
उनले जेनजी आन्दोलनलाई हाइज्याक गरेर वर्तमान सरकार गठन गरिएको आरोप लगाए । ’सुशीला कार्की नेतृत्वको सरकार पश्चिमाहरूको डिजाइनमा बनेको सरकार हो ।
फेरि पनि निर्वाचन मार्फत पश्चिमी शक्तिहरूले आफ्नो इशारामा चल्ने व्यक्तिलाई नेपालमा प्रधानमन्त्री बनाउन खोजिरहेका छन्,’उ...










