Saturday, July 11

राजनीति

शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन बनेको होइन : देउवा
राजनीति, समाचार

शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन बनेको होइन : देउवा

नेपाल अखबार,  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै अहिलेको सत्तारुढ गठबन्धन नबनेको बताएका छन् । सोमबार सत्तारुढ गठबन्धनले काठमाडौंमा गरेको कार्यक्रममा उनले स्थायी शान्ति, बलियो लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनाएको स्पष्टीकरण् दिए । ‘यो गठबन्धन आवश्यकताले बनेको गठबन्धन हो । रहरले बनेको होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउनलाई गठबन्धन भएको होइन । अहिलेको आवश्यकताले बनेको हो । यो गठबन्धन अपरिहार्य थियो, छ र भोलिपनि रहनेछ’ उनले भने । अहिलेको निर्वाचन प्रणालीबाट चुनावमा कुनैपनि दलको बहुमत नआउने भएकाले आपसमा मिल्नुपर्ने बाध्यता भएको प्रधानमन्त्री देउवाले बताए । उनले यो गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रियताविरुद्ध जान नसक्ने अवस्था आएको जिकिरसमेत गरे । ‘गठबन्धनका कारणले भोलिका दिनमा कसैले पनि प्रजातन्त्रविरोधी का...
आफ्नो निर्वाचन क्षेत्रमा भरपुर विकास गर्ने प्रतिवद्धता
राजनीति, समाचार

आफ्नो निर्वाचन क्षेत्रमा भरपुर विकास गर्ने प्रतिवद्धता

नेपालअखबार, पोखरा । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु प्रचारप्रसारमा जुटिसकेका छन् । यस्तै कास्की क्षेत्र नं २ (२) बाट नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी मिना गुरूङ पनि यतिबेला मतदातासँगको भेटघाटमा व्यस्त छिन् । आफ्नै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकी गुरूङले उक्त क्षेत्रको हरेक समास्याबारे अवगत रहेको बताउँदै निर्वाचित भएपछि आफनो क्षेत्रमा कुनै पनि विकास निर्माणका काममा ढिलासुस्ती नगर्ने बताईन् । ‘कास्की २(२) लाई नजिकबाट चिनेको र भोगेको छु । यहाँका जनतामा पुराना राजनीतिक दलप्रति विस्तृष्णा बढ्दो छ । नयाँ विकल्प दिनुपर्छ भन्ने मान्यताको विकास भएको छ । तर पनि मेरो क्षेत्रका जनताले एकपटक विकल्पसहित मलाई काम गर्ने अवसर दिनुहुन्छ भन्नेमा म पूर्ण आशावादी छु ।’ उम्मेदवार गुरुङ भन्छिन्–‘राजनीतिक वितृष्णा नै जित्ने आधार हो । अघिल्ला ...
आयोगलाई माधव नेपालको जवाफ : फ्री भिसा, फ्री टिकट भनेको छैन
राजनीति, समाचार

आयोगलाई माधव नेपालको जवाफ : फ्री भिसा, फ्री टिकट भनेको छैन

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा प्रतिनिधि सभा रौतहट निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार माधवकुमार नेपालले फ्री भिसा फ्री टिकट दिने भनेर मतदाता प्रभावित पार्ने अभिव्यक्ति नदिएको दाबी गरेका छन् । उनले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ आयोगलाई पठाउँदै निर्वाचन प्रचारको क्रममा आफूले कुनै मतदातालाई प्रलोभन देखाउने गरी अभिव्यक्ति नदिएको दाबी गरेका हुन् । ‘पत्रमा भनिएजस्तो निर्वाचनको सिलसिलामा मैले कुनै उम्मेदवार वा मतदाता वा निजहरूमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कुनै कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्ने कार्य गरेको छैन’, नेता नेपालले चार बुँदे जवाफमा भनेका छन्, ‘मैले कसैलाई कुनै किसिमको लोभलालच वा आर्थिक प्रलोभन देखाउन कुनै कामकारबाही गरेको छैन । अतः उक्त पत्रमा भनिएजस्तो अभिव्यक्ति मैले दिएको छैन...
आले र बलायरले निर्वाचनमा एक अर्कालाई सहयोग गर्ने सहमती
राजनीति, समाचार

आले र बलायरले निर्वाचनमा एक अर्कालाई सहयोग गर्ने सहमती

बिमल विष्ट, डोटी । निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा पूर्वमन्त्री वीरबहादुर बलायरले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एक अर्कालाई सहयोग गर्ने भएका छन् । पछिल्लो समय लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट आले डोटी तथा बलायर कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधी सभा सदस्यका उमेदारका लागि निर्वाचन सहभागि भएका छन् । आलेले बलायरलाई कैलालीमा सहयोग गर्ने तथा बलायरले डोटीमा आलेलाई सहयोग गर्ने आज सहमती भएको बाम गठबन्धनका नेताहरुले बताएका छन् । डोटीमा लोकतान्त्रिक बाम गठबन्धनकातर्फबाट आलेले प्रतिनिधी सभा सदस्यका लागि टिक पाएपछि बलायरलाई डोटीबाट कैलाली क्षेत्र नं ४ बाट टिकट दिइएको थियो । लोकतान्त्रिक बाम गठबन्धनमा पछिल्लो समय डोटीमा चार पार्टीहरु एक भएर नेकपा एमालेसँग निर्वाचनमा प्रतिसपर्धामा उत्रिएका छन् । डोटीमा नेपाली काग्रेसका कार्यकर्ताहरुलाई बलायरले लोकतान...
पोखरा १४ मा एमालेको चुनाव प्रचारप्रसार समिति कार्यालय स्थापना
राजनीति, समाचार

पोखरा १४ मा एमालेको चुनाव प्रचारप्रसार समिति कार्यालय स्थापना

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १४ मा नेकपा एमालेले चुनाव प्रचारप्रसार समितिको कार्यालय स्थापना गरेको छ । कास्की क्षेत्र नं. १ (ख) मा नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार बेदबहादुर गुरूङ (श्याम) ले प्रचार कार्यालयको उद्घाटन गर्दै पाटीका नेता कार्यकर्तालाई मतदाताहरुको साथमा सधैं एमाले रहने र स्थानियका विकासका कार्यदेखि नीति निर्माण पनि नेकपा एमाले पाटीले मात्र वकालत गर्न सक्ने कुरा बुझाउन निर्देशन दिए । उनले वडावासीको हितका पक्षमा आफू सर्दैव लागिरहने बताउँदै एमालेलाई मंसिर ४ गते हुने निर्वाचनमा पहिलो पाटी बनाउन सुर्य चिन्हमा मतदान गर्न सबै मतदातामा अनुरोध गरे । कार्यक्रममा प्रत्येक दिन वडाबासीका घरदैलोमा जाने र एमाले पाटीले मात्र जनताका हितमा काम गर्ने कुरा बुझाउने कार्यक्रम रहेको एमाले नेता पसबहादुर बास्तोलाले जानकारी दिए ।...
‘समृद्धिको खाका कोर्न उम्मेदवार’—विद्या भट्टराई
राजनीति, समाचार

‘समृद्धिको खाका कोर्न उम्मेदवार’—विद्या भट्टराई

नेपालअखबार, पोखरा । नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकमा समृद्धिको खाका कोर्न आप्mनो उम्मेदवारी भएको बताएकी छन् । पोलिटिकल साईन्स सोसाइटी नेपालद्धारा आइतवार पोखरामा आयोजित कास्की जिल्लाबाट संघीय र प्रदेश सभाका उम्मेदवारहरुसँगको मंसीर ४ को निर्वाचनमा ‘तपाई किन उम्मेदवार ? भन्ने बहस कार्यक्रममा उनले पठाएको सन्देशमा अवको समृद्धिको आन्दोलन आवश्यक रहेको उल्लेख गरेकी छन् । डेंगु संंक्रमणका कारण पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचाररत भट्टराईले पठाएकोे सन्देशमा घोषणा पत्रमार्पmत गरिएका समृद्धिका आधारलाई पुरा गर्नु आफु प्रतिवद्ध रहने विश्वास व्यक्त गरेकी छन् । कात्तिक १ गते शरीरमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएकी भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार हुदै सामान्य अवस्थामा आएको...
‘उत्पीडितहरुको उत्थानमा एमाले एकमात्र सारथी’– एमाले उम्मेदवार कार्की
राजनीति, समाचार

‘उत्पीडितहरुको उत्थानमा एमाले एकमात्र सारथी’– एमाले उम्मेदवार कार्की

नेपालअखबार, पोखरा । नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (१) का प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार भिमबहादुर कार्र्कीले उत्पीडितहरूको विकासमा एक मात्र सारथी आफ्नो पाटी एमालेको नीति सिद्धान्त र व्यवहारले पुष्टि गरेको दावी गरेका छन् । उनले उत्पीडितका मुद्दालाई नीति निर्माणको तहमा पुर्याउनेदेखि लिएर शसक्तिकरण गर्ने र उत्पीडितहरूलाई विशेष अधिकार प्रदान गर्ने कामको अगुवाइ एमालेले गरेको प्रष्ट पारे । कार्कीले देशको राष्ट्रियता बलियो बनाउने र समृद्धिको अभियान अब भुलबस पनि अवरुद्ध गर्न नहुने भन्दै एमालेलाई स्पष्ट बहुमतले जिताउन आग्रह गरे । उनले जनताका अधिकारलाई स्थापित गर्दै देशैभरका स्वास्थ्य चौकी एकै पटक शिलान्यास गरेको, ३०० भन्दा बढी सडक एकैपटक शुरूवात गरेको स्मरण गरे । कार्कीले अहिलेको गठबन्धन सरकारले एक सय गुणा महङ्गी र चार सय गुणा बढि कर बढाएर करको भारिले जनताको ढाड सेकेक...
योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्ः लामिछाने
राजनीति, समाचार

योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्ः लामिछाने

नेपालअखबार, पोखरा। गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२(ख) अन्तर्गत पोखरा महानगरपालिका वडा नं १७ र ७ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना भएको छ ।उद्घाटन कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले पोखरालाई  हेपिनेसकाे शहरकाे रूपमा विकास गर्नुका साथै महिला सुरक्षाका विषेश याेजना बनाउने बताए । माओवादी नेता विश्वप्रकाश लामिछानेले राज्यले आफूलाई मौका दिँदा कामयावी योजना निर्माण र कार्यान्वयनसमेत गरेकाले जनताले आफूलाई मत दिने दाबी गरेका छन् । कास्की २ ९१० मा सत्ता गठबन्धनका साझा उम्मेदवार लामिछानेले पोखरालाई समृद्ध बनाउने र आधुनिक महानगर बनाउने योजना आफूसँग रहेको उल्लेख गरे । पोलिटिकल साइन्स सोसाइटी नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘राज्यले दिएका ...
गठबन्धन केटाकेटीको खेल जस्तो होइन : प्रकाश ज्वाला
राजनीति, समाचार

गठबन्धन केटाकेटीको खेल जस्तो होइन : प्रकाश ज्वाला

नेपाल अखबार, । नेकपा (एकीकृत समाजवादी केन्द्र) का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वालाले सत्तारुढ गठबन्धन केटाकेटीको खेल जस्तो नभएको बताएका छन् । संविधान बचाउने र मास्नेबीचको लडाइँ भएकाले गठबन्धनलाई केटाकेटीको खेलजस्तो नसम्झन उनले आग्रह समेत गरे । सल्यानबाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका ज्वालाले गठबन्धनको मर्मअनुसार सबै दलहरु चुनावी अभियानमा लाग्नुपर्ने बताए । ‘संविधानको रक्षा, देशको विकास र स्थायित्वका लागि गठबन्धन अपरिहार्य छ,’ ज्वालाले एक कार्यक्रममा भने,‘ विगतका ठुला–ठुला राजनीतिक परिवर्तन सम्भव गर्न विभिन्न दलहरुका बीचमा सहकार्य भएको इतिहास छ ।’ ज्वालाले अहिलेको गठबन्धन लामो समयसम्म रहने बताए । ०७४ मा नेकपा एमालेबाट प्रदेश सभा चुनाव जितेर अर्थमन्त्री भएका ज्वाला नेकपाको अन्तरसंघर्षका बेला माधव कुमार नेपाल गुटको नेतृत्व गरेर प्रदेश सरकारमा विद्रोह ग...
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन
राजनीति, विश्व, समाचार

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन

नेपालअखबार,काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन सी जिनपिङलाई पुन: महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन् । गएको १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो । यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् ।महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । महाधिवेशनबाट उच्च तहका चारजना नेताले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । अवकाश पाउनेमा नेताहरूमा यसअघि पोलिटब्यूरो स्थायी समितिमा रहेका  ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन छन् । अवकाश...