Saturday, July 11

राजनीति

आज धनगढी र सुर्खेतमा  सत्ता गठबन्धनको प्रदेशस्तरीय प्रशिक्षण
राजनीति, समाचार

आज धनगढी र सुर्खेतमा सत्ता गठबन्धनको प्रदेशस्तरीय प्रशिक्षण

नेपालअखबार, काठमाडौं । सत्ता गठबन्धनले आज दुई वटा प्रदेशमा भेला तथा चुनावी प्रशिक्षण कार्यक्रम गर्दैछ । पूर्वनिर्धारित कार्यक्रम अनुसार गठबन्धनले आज सुदूरपश्चिमको धनगढी र कर्णली प्रदेशको सुर्खेतमा प्रशिक्षण तथा भेला आयोजना गरेको हो । सत्ता गठबन्धनले गत शुक्रबारदेखि प्रदेशस्तरीय भेला कार्याक्रम गर्दै आएको छ । शनिबारमात्रै मधेश प्रदेशमा प्रशिक्षण गरेको थियो । आज हुने कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरु सहभागी हुनेछन् ।...
४५ वर्षकी मेलोनी बनिन् इटालीकी पहिलो महिला प्रधानमन्त्री
राजनीति, विश्व, समाचार

४५ वर्षकी मेलोनी बनिन् इटालीकी पहिलो महिला प्रधानमन्त्री

नेपालअखबार, एजेन्सि। दक्षिण युरोपेली मुलुक इटालीमा पहिलो पटक एक जना महिला प्रधानमन्त्री बनेकी छन्। सिएनएनका अनुसार ४५ वर्षीया जर्जा मेलोनीले शनिबार प्रधानमन्त्रीको सपथ लिएकी हुन्।  केही समयअघि भएको आमनिर्वाचनमा मेलोनीको दल संलग्न उग्र दक्षिणपन्थीहरूको गठबन्धनले बहुमत ल्याएको थियो।। मेलोनी प्रधानमन्त्री भएसँगै दोस्रो विश्वयुद्धपछि पहिलो पटक इटालीमा उग्र दक्षिणपन्थीहरूको सरकार बनेको छ। मेलोनी १५ वर्षको उमेरमा राजनीतिमा लागेकी थिइन्। रोममा जन्मिएकी मेलोनीलाई एक्ली आमाले हुर्काएकी हुन्। २१ वर्षको उमेरमा पहिलो पटक स्थानीय चुनाव जितेकी मेलोनी ३१ वर्षमै इटालीकी मन्त्री भएकी थिइन्। सन् २००८ मा उनी सिल्भिओ बुर्लोस्कोनीको सरकारमा युवा मन्त्री बनेकी थिइन्। प्रधानमन्त्री मेलोनीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै युरोपेली युनियनका नेताहरूले शुभकामना दिएका छन्।...
नवौं राष्ट्रिय खेलकुदको प्रचार अन्तर्राष्ट्रियस्तरमा: मन्त्रीगहतराज
राजनीति, समाचार

नवौं राष्ट्रिय खेलकुदको प्रचार अन्तर्राष्ट्रियस्तरमा: मन्त्रीगहतराज

नेपालअखबार, पाेखरा  । नेपाल सरकारका युवातथा खेलकुदमन्त्री महेश्वरजंगगहतराजले नवौं राष्ट्रिय खेलकुद–२०७९ को प्रचारप्रसारमा संचारकर्मीले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबार संचारकर्मीसँग आयोजना गरेको कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्रीगहतराजले राष्ट्रिय खेलकुदलाई साँच्चिकै राष्ट्रिय खेल बनाउन र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारमा संचारकर्मीले महत्वपूर्ण भूमिका खेलेको बताएकाहुन् । राष्ट्रिय खेलकुदकालागिजतिपूर्वाधार बन्नुपर्ने हो त्यो बन्ननसकेको स्वीकार्र्दै उनले आगामीदिनमा बन्छ भन्ने बुझिदिनसमेत आग्रहगरे । उनले भने, ‘कोभिड–१९ ले पारेको प्रभाव, राखेपसम्बन्धीअदालतीप्रक्रियाले पारेको असर, राष्ट्रिय खेलकुदको चलायमान र गतिशीलतालाई सुनिश्चित गर्नुपर्छ भन्ने सोच राख्दै अलि छिटो गर्न खोज्दाजतिपूर्वाधार बन्नुपर्ने हो त्यो बन्न सकेन ।आगामीदिनमाबन्ने नै छ ।’उनले राखेपकाएज...
पोखरा ९ र १६ मा गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय स्थापना
राजनीति, समाचार

पोखरा ९ र १६ मा गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय स्थापना

नेपालअखबार, पोखरा । गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२(ख) अन्तर्गत पोखरा महानगरपालिका वडा नं ९ र १६ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना भएको छ । शनिबार एक कार्यक्रमका बीच पोखरा ९ को महेन्द्रपुल र पोखरा १६ को मैदानमा उम्मेदवारसहित गठबन्धन दलका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले पोखरा ९ र १६ का समस्याका विषयमा आफु जानकार भएको र त्यसको समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले युवाहरुलाई स्वदेशमा नै बस्ने व्यवस्था मिलाउने गरी रोजगारीका कार्यक्रमहरु सिर्जना गरिने बताए । देशको विद्यमान परिस्थिति र संविधानको रक्षाका लागि गठबन्धनको आवश्यकता रहेको र गठबन्धनका साझा उम्मेदवारहरुलाई कुनै तित्तता नराखी विज...
मैले त हँसिया हथौडामा भोट हालिसकेँ : प्रधानमन्त्री देउवा
राजनीति, समाचार

मैले त हँसिया हथौडामा भोट हालिसकेँ : प्रधानमन्त्री देउवा

नेपालअखबार, माेरङ। नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले हँसिया हथौडामा भोट हालिसकेको बताएका छन् । शनिबार विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसादले पनि शान्ति सम्झौता गर्दा नै भोट हालिसकेको बताए । उनले रूख भएको ठाउँमा रूखमा नभएको ठाउँमा हँसिया हथौडा, कलममा मत दिन नकारात्मक नहुन आग्रह गरे । आफूहरू (सबै पार्टी सत्ता गठबन्धन) मिलिसकेको बताउँदै लोकतन्त्र र गणतन्त्रलाई स्थायी गराउन गठबन्धनलाई भोट दिन कार्यकर्तालाई उनले आग्रह गरे । ओलीले पनि गठबन्धन गरेकोले आफूहरूले गरेको गठबन्धन संविधान र लोकतन्त्रको पक्षमा रहेकोमा उनले जोड दिए ।...
प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरु जनकपुरधाम आउँदै
राजनीति, समाचार

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरु जनकपुरधाम आउँदै

नेपालअखबार,। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदैछन् । गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरु जनकपुरधाम आउन लागेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले जानकारी दिए । कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति पञ्जियारले बताए । रासस...
प्रधानमन्त्री देउवा : राजनीतिमा हिजोको कुरा सम्झेर हुँदैन, गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुस्
राजनीति, समाचार

प्रधानमन्त्री देउवा : राजनीतिमा हिजोको कुरा सम्झेर हुँदैन, गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुस्

नेपालअखबार,  काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिमा हिजोका कुरा सम्झेर अगाडि बढ्न नसकिने बताएका छन् । शुक्रबार पोखरामा सत्ता गठबन्धन दलको संयुक्त कार्यकर्ता प्रशिक्षण दिँदै प्रधानमन्त्री देउवाले गठबन्धनका कार्यकर्ताले हिजोका कुरा सम्झेर एकले अर्कोलाई असहयोग गर्ने स्थिति आउन नहुने बताएका हुन् । ‘हिजोको कुरा सम्झनुपर्ने पनि छैन । हिजोका कुराले हुने वाल पनि केही छैन । अहिलेका आवश्यकता गठबन्धन सरकार हो । गठबन्धनका उम्मेदवारलाई असहयोग गर्ने कुरा तपाई नगर्नुस् ।’ टिकट नपाएको बाहनामा गठबन्धनका साझा उम्मेदवारलाई शंका उपशंका गर्ने बन्द गर्नुपर्ने देउवाले सुनाए । ‘गठबन्धन आजको आवश्यकता छ । गठबन्धनका नेताहरुलाई शंका गर्ने काम गर्नुहुँदैन,’ उनले भने, ‘सबै राजनीतिक पार्टी अलग अलग पृष्ठभूमिबाट आएको हो । प्रचण्ड, माधवजीलाई धन्यवाद दिन चाहन्छु । यत्रा नेता हुँद...
वाम लोकतान्त्रिक गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्छ  सम्मानित नेता खनाल
राजनीति, समाचार

वाम लोकतान्त्रिक गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्छ सम्मानित नेता खनाल

नेपालअखबार, इलाम । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम लोकतान्त्रिक गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्ने बताउनुभएको छ । इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका खनालले संविधानको रक्षा र अग्रगमनका लागि पाँच दलीय गठबन्धन चुनावी मैदानमा एउटा दल जस्तै भएर आएको बताउनुभयो । चुनावी अभियानमा गाउँ जानुअघि इलामको फिक्कलमा पत्रकार सम्मेलन गर्दै खनालले भन्नुभयो, “हाम्रा फरक विचार होलान् तर यतिबेला हाम्रो लडाईं संविधान विरोधी शक्तिविरुद्ध हो, त्यसैले हामी एउटै पार्टी जस्तो भएका छौँ ।” देशमा भएका विभिन्न आन्दोलन र परिवर्तनमा कम्युनिष्ट र कांग्रेसबीच सहकार्य र प्रतिस्पर्धा हुने गरेको बताउँदै उहाँले यो स्वाभाविक भएको उल्लेख गर्नुभयो ।...
अध्यक्ष नेपालको अपिलमा भनिएको छ – उपलब्धिको रक्षा गर्ने र स्वेच्छाचारी शासन सञ्चालन गर्न चाहने पक्षबीच प्रतिस्पर्धा
राजनीति, समाचार

अध्यक्ष नेपालको अपिलमा भनिएको छ – उपलब्धिको रक्षा गर्ने र स्वेच्छाचारी शासन सञ्चालन गर्न चाहने पक्षबीच प्रतिस्पर्धा

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी )का अध्यक्ष माधव नेपालले लामो सङ्घर्षबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्न निरन्तर पहल गरिरहेको बताउनु भएको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट  एक अपिल जारी गर्दै अध्यक्ष नेपालले उपलब्धिको रक्षा गर्ने र स्वेच्छाचारी शासन सञ्चालन गर्न चाहने पक्षबीच प्रतिस्पर्धा हुन लागेको बताउनु भएको हो । नेपाल द्वारा हस्ताक्षरित अपिलमा भनिएको छ , ‘हामी प्राप्त उपलब्धीहरूको रक्षा गर्दै थप उपलब्धीहरूको प्राप्ति र अग्रगमनका निम्ति निरन्तर पहल गरिरहने पक्षमा छौैँ । यही अडानमा रहिरहने छौँ । हामीलाई के विश्वास छ भने जनताले प्राप्त उपलब्धीहरूको रक्षा र अग्रगमनको पक्षमा मत जाहेर गर्नेछन् ।’ ‘सरकारले जनअपेक्षा र निर्वाचनका बेलामा जनतासमक्ष गरिएका प्रतिबद्धता अनुरुप काम नगरेको मात्रै होइन। भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रुपमा कु...
डोटीमा बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई भोट हाल्न काग्रेस नेताको निर्देशन
राजनीति, समाचार

डोटीमा बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई भोट हाल्न काग्रेस नेताको निर्देशन

विमल विष्ट , डोटी । नेपाली काग्रेस डोटीका नेताहरुले जिल्लामा बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारहरुलाइ निसन्कोच भएर मतदान गर्न निर्देशन दिनु भएको छ । जिल्लाको केआइसिङ्ह गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै काङ्ग्रेस नेताहरुले पार्टीको केन्द्रिय नीति, निर्देशन अनुसार पुराना मनमुटाव तथा तिक्तताको अन्त गर्दै देश र सम्बिधानको रक्षा गर्नका लागि भएपनि बाम गठबन्धनका सझा उमेदवारहरुको पक्षमा खुलेर मतदान गर्न नेताहरूले निर्देशन दिनु भएको हो । यसै क्रममा काग्रेस डोटी सभापति नरेन्द्रबहादुर सिंहले यही मंसिर ४ गते हुने निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवारलाई भोट हाल्न निर्देशन दिनु भएको छ । केआइसिंह गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको शुभ दिपावली, नेपाल सम्वत तथा छटपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै सभापति सिंहले...