Monday, July 6

राजनीति

नेकपा फुट्दैन, फुटाउन दिइँदैन : जनार्दन शर्मा
राजनीति, विचार

नेकपा फुट्दैन, फुटाउन दिइँदैन : जनार्दन शर्मा

नेपाल अखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले नेकपा पार्टी नफुट्ने दावी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘म दृढतापूर्वक भन्न चाहन्छु पार्टी फुट्दैन र फुटाउन दिइँदैन ।’ नेकपाभित्रको विवादलाई सिमित नेताहरुको समस्याको रुपमा मात्र नहेर्न आग्रह गर्दै पूर्वमन्त्री समेत रहेका शर्माले हाम्रो राष्ट्र, देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको बताएका छन् ।  पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको शर्माको बुझाइ छ । दुई नेताले के गर्लान भनेर अब हेरेर बस्नु नहुने उनको भनाइ छ । ‘पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आ–आफ्ना स्वार्थपुर्तिको हतियार बन्न दिन नहुने शर्माले बताए । ‘कार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्न...
नेकपाको स्थायी कमिटी बैठक स्थगित
राजनीति, समाचार

नेकपाको स्थायी कमिटी बैठक स्थगित

नेपाल अखबार, काठमाडौं । नेकपा स्थायी कमिटीको आज निर्धारित बैठक स्थगित भएको छ । बैठक असार २२ गते सोमबार बस्नेछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरु बताउँछन् । शुक्रबार दुवै अध्यक्षले छलफल गर्ने र शनिबार स्थायी कमिटी बैठक बस्ने शीर्ष तहमा सहमति भएको थियो । शुक्रबार छलफल भए पनि ओली र प्रचण्ड दुवै पुरानै अडानमा कायम भएपछि छलफलमा ठोस सहमति भएको छैन । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने पक्षमा छन् । स्थायी कमिटी बैठकमा पनि अधिकांश सदस्यहरुले ओलीको राजीनामा मागेका छन् । तर, ओलीले भने दुवै पद नछाड्ने अडान  लिएका छन् । यही विवादका बीचमा ओलीले संसद अधिवेशन अन्त्य गरेपछि दल विभाजनको अध्यादेश ल्याउने तयारी गरिएको त होइन भनेर नेकपाका नेताहरु सशंकित भएका छन्...
पार्टी एकता जोगाउन नेकपा केन्द्रीय सदस्यहरुद्वारा धुम्बाराहीमा धर्ना
राजनीति, समाचार

पार्टी एकता जोगाउन नेकपा केन्द्रीय सदस्यहरुद्वारा धुम्बाराहीमा धर्ना

नेपाल अखबार, काठमाडाैं। पार्टी भित्र देखिएको विवाद वार्ताको माध्यमबाटै टुंगो लगाउन माग राख्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । पार्टीभित्र पछिल्लो समय देखिएको विवादको हल वार्ता र सम्बादको माध्यमबाट नै निकाल्नुपर्ने माग राख्दै नेताहरु धर्नामा बसेका हुन् । पार्टी विधि, विधान र पद्धति अनुसार चल्न नसके समस्या आउने भएकाले सबैले विधि पद्धति अनुसार अगाडी बढ्नुपर्ने उनीहरुको माग छ । नेकपा केन्द्रीय सदस्य विजय पौडेलले नेताहरुले पार्टीको बैठकबाटै समाधान निकाल्नुपर्ने बताएका छन् । बैठक बाहिरबाट समाधान नहुने उल्लेख गर्दै उनीले सामूहिक छलफलबाट नै निष्कर्ष निस्किने बताए । नीतिलाई प्राथमिकतामा राखेर अगाडी बढेमा समस्या समाधान हुने उनले बताए । अर्का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीमा विधि र विधानभन्दा व्यक्ति प्रधानभएर अगाडी बढ...
क्वारेन्टिन व्यवस्थापनमा हामी चुक्यौँ: मन्त्री योगेश भट्टराई
राजनीति, समाचार

क्वारेन्टिन व्यवस्थापनमा हामी चुक्यौँ: मन्त्री योगेश भट्टराई

नेपाल अखबार, काठमाडाैं।  संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सरकार क्वारेन्टिन व्यवस्थापनमा चुकेको स्वीकार गरेका छन् । शुक्रबार मन्त्रालयमा गत ३ महिना अवधिमा मन्त्रालयले गरेको कामबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले क्वारेन्टिन व्यवस्थापनमा सरकारले जसरी काम गर्नुपथ्र्यो त्यसरी गर्न नसकेको बताए । उनले भारतको सीमा कडाइ नगर्दा कोरोनाको ग्राफ उकालो लागेको बताउँदै खुला सीमाका कारण र क्वारेन्टिन केही अब्यवस्थित भएका कारण भाइरस संक्रमण बढेको उल्लेख गरे । कोरोनाभाइरस संक्रमणका बीच विगत ३ महिनामा अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण काम नरोकेको उनको भनाइ छ । कामदारलाई क्वारेन्टिनमा राख्दै सुरक्षा विधि अपनाएर विमानस्थल निर्माणको काम गरेको बताउदै विकास निर्माणको मूख्य समय नै गुमाउनुपरेको मन्त्री भट्टराईले बताए । गएको ६ महिना प्रगति देखाउने समय गुमाउनुपरेक...
आफ्नो पक्षमा अभियान चर्काउन ओलीको निर्देशन
राजनीति, समाचार

आफ्नो पक्षमा अभियान चर्काउन ओलीको निर्देशन

नेपाल अखबार, काठमाडौं । पार्टीमा देखा परेको संकट समाधानबारे प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आन्तरिक छलफललाई जारी राखेका छन् । त्यसक्रममा उनले बिहीबार राति आफु निकटका पार्टी नेता तथा भातृ संगठनका कार्यकर्ताहरुसँग बालुवाटारमा छलफल गरेका छन् । बिहीबार राति ओलीले युवासंघ नेपाल र अखिलका अध्यक्षलगायतका केही युवा विद्यार्थी नेताहरुसँग छलफल गरेका हुन् । छलफलमा सांसद महेश बस्नेतदेखि रमेशकुमार पौडेल तथा अखिलका ऐनसिंह महरसमेत सहभागी थिए । त्यसक्रममा ओलीले अहिले पार्टी तथा सरकार अप्ठेरोमा परेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । त्यसक्रममा उनले आफ्नो पक्षमा अभियान चलाउन निर्देशनसमेत दिएका थिए । त्यस्तै सामाजिक सञ्जालहरुमा समेत आफ्नो आलोचनाको प्रतिवाद गर्न आफू निकटकाहरुलाई ओलीले निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताए । ओलीसँगको बिहीबार भएको भेटबारे अखिलका संयोजक ऐनसिंह महरले पुष्टि गरे । तर त्यस्त...
ओली–प्रचण्डबीच वार्ताका लागि एक दिनको समय, स्थायी समिति शनिबारसम्मका लागि स्थगित
राजनीति, समाचार

ओली–प्रचण्डबीच वार्ताका लागि एक दिनको समय, स्थायी समिति शनिबारसम्मका लागि स्थगित

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक शनिबारसम्मको लागि स्थगित भएको छ । पार्टीभित्र बढ्दो विवादका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बैठकमा सहभागी नै नहुने अवस्था सिर्जना भएपछि बैठक शनिबारसम्मको लागि स्थगित गरिएको हो । कार्यकारी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेर फर्किएपछि ओलीबिनै बसेको स्थायी समिति बैठकले ओलीसँग वार्ता गरेर सहमति जुटाउने निष्कर्ष निकालेको छ । त्यसका लागि शुक्रबार दिनभर ओली र प्रचण्डबीच छलफल गरेर सहमति जुटाउने जिम्मेवारी बैठकले दिएको छ। ओली बिनै बसेको बैठकमा प्रचण्डले पछिल्लो विकसित घटनाक्रमका विषयमा ब्रिफिङ गर्दै अब कसरी अघि बढ्ने भन्नेबारे राय मागेका थिए । त्यसपछि बैठकले ओली र प्रचण्डलाई सहमति जुटाउन एक दिनको समय प्रदान गरेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले एकता गम्भीर संकटमा परेकाले त्यसबाट जोगउन भोलि सहमति जुटाउ...
साउन ७ गतेसम्म हवाई उडान र सीमा नाका बन्द गर्ने सरकारको निर्णय
राजनीति, समाचार

साउन ७ गतेसम्म हवाई उडान र सीमा नाका बन्द गर्ने सरकारको निर्णय

नेपाल अखबार, काठमाडौं । सरकारले आगामी साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने र  अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले असार १५ सम्मका लागि जारी गरिएको सो प्रावधान साउन ७ गतेसम्मका लागि बढाएको हो । अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले भारतसँगको सीमा बन्द गरिएपनि खाद्यबस्तु तथा मालवाहक ढुवानीलाई भने सहज गरिने जानकारी गराएका छन् । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि  अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत बन्द गर्दै आएको छ ।...
राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य
राजनीति

राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

नेपाल अखबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेकी छिन् । भण्डारीले बिहीबार संघीय संसद सचिवालयलाई एक पत्र पठाउँदै बिहीबार साँझ ५ बजेदेखि दुबै सदनको चालू अधिवेशन अन्त्य भएको जानकारी गराएकी हुन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले संसदको जारी अधिवेशन स्थगन गर्ने निर्णयसहित राष्ट्रपतिकहाँ सिफारिस गरेको थियो । प्रधानमन्त्रीले पार्टीभित्र र सभामुख तथा राष्ट्रियसभा अध्यक्षसँग समेत छलफल नगरी एकाएक संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन् ।...
संसदको वर्षे अधिवेशन स्थगन गर्ने मन्त्रिपरिषद्को निर्णय
राजनीति, समाचार

संसदको वर्षे अधिवेशन स्थगन गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपाल अखबार, काठमाडौं । सरकारले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार संसद् अधिवेशन आजै बेलुका पाँच बजेदेखि स्थगन गर्ने निर्णय बैठकले गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ । आगामी सोमबारका लागि बैठक बोलाइएको भएपनि त्यसअघि नै अधिवेशन स्थगनको निर्णय भएको हो । आजै मन्त्रिपरिषद् बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।...
मन्त्रिपरिषद् बैठक १२ बजेपछि बस्दै
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठक १२ बजेपछि बस्दै

नेपाल अखबार, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजेपछि बस्ने छ । मन्त्रिपरिषदको यो बैठक नियमित हो । त्यसैले बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रमुख सत्तारुढ नेकपाभित्र चर्किएको विवादबारे पनि बैठकमा छलफल हुन सक्ने अनुमान छ । यसअघि बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्रीहरुसँग परामर्श गरेका थिए । उनले आफूविरुद्ध चौतर्फी घेराबन्दी गरिएकाले सहयोग गर्न आग्रह गरेका थिए ।...