Tuesday, July 7

राजनीति

सरिता गिरीको सांसद पद रिक्त
राजनीति, समाचार

सरिता गिरीको सांसद पद रिक्त

नेपाल अखबार, काठमाडौं । समाजवादी पार्टी (नवगठित जनता समाज पार्टी) की सांसद सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको संघीय संसद सचिवालयले जनाएको छ । संसदका महासचिव डा. भरतराज गौतमले बिहीबार प्रकाशित गरेको सूचना अनुसार गिरीको समानुपातिक सांसद पद रिक्त हुन आएको हो । समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने गिरीले पार्टीको ह्वीप उल्लङ्घन गरेको भनी केन्द्रीय समितिको बैठकले निष्काशन गर्ने निर्णय भएको पत्र प्राप्त हुन आएकोले उनको पद रिक्त भएको सचिवालयले जनाएको हो । समाजवादी पाटीले गिरीलाई निष्काशन गरेको सूचनासहित उनलाई सांसदबाट पदमुक्त गर्न बुधबार सचिवालयमा पत्र पठाएको थियो । राजनीतिक दल सम्बन्धी ऐन बमोजिम आवश्यक प्रक्रिया पूरा गरेको देखिएकाले संविधान बमोजिम उनको पद रिक्त भएको सचिवालयले जनाएको छ । गिरीको पद रिक्त भएसँगै उनको ठाउँमा अब लिला सिटौला सांसद बन्नेछिन् ।...
नेकपा प्रवक्ताले भारतीय सञ्चार माध्यमलाई भने –हद भयो, बकवास बन्द गर
राजनीति, समाचार

नेकपा प्रवक्ताले भारतीय सञ्चार माध्यमलाई भने –हद भयो, बकवास बन्द गर

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै उनले ट्विटरमा लेखेका छन, ‘हद भयो, बकवास बन्द गर ।’ राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरु एक ढिक्का रहेको उनले बताएका छन् । श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘विदेशीको फुटाउ र स्वास्थ्य पूरा गर नीति सफल हुन दिने छैनौं । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ’ श्रेष्ठको भनाइ छ ।  ...
ओली-प्रचण्डबीच आज पनि सहमति हुन सकेन, छलफललाई निरन्तरता दिइने
राजनीति, समाचार

ओली-प्रचण्डबीच आज पनि सहमति हुन सकेन, छलफललाई निरन्तरता दिइने

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको छलफल पनि विना निष्कर्ष टुंगिएको छ । पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार करिब दुई घण्टा ओली र प्रचण्डबीच छलफल भएको थियो । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)का अनुसार अध्यक्षद्वयबीच भोलि (विहीबार) पनि छलफल हुनेछ । आइतबार यता ओली र प्रचण्डबीच निरन्तर वार्ता हुँदै आएको छ । तर अध्यक्ष प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिरहेका छन् भने ओली राजीनामा बाहेकमा मात्र सहमति गर्न सकिने बताउँदै आएका छन् । दुवै पक्षको यहीँ अडानका कारण सहमति हुन सकेको छैन । असार १० गतेदेखि जारी स्थायी समिति बैटक १८ गतेयता बस्न सकेको छ...
ट्याक्सीलाई चल्न दिन संसदीय समितिको सरकारलाई निर्देशन
राजनीति, समाचार

ट्याक्सीलाई चल्न दिन संसदीय समितिको सरकारलाई निर्देशन

नेपाल अखबार, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बनाएको मापदण्ड अनुसार ट्याक्सी सेवा खुला गर्न समितिले निर्देशन दिएको हो । समिति सभापति कल्याणीकुमारी खड्काले सरक्षा र सतर्कता अपनाएर ट्याक्सीलाई सेवा दिन खुला गर्नुपर्ने बताएकी छिन् । बुधबार समितिमा ट्याक्सी व्यवसायी नेता र मजदुरहरुसँगको छलफल भएको थियो । ट्याक्सी व्यवसायीले भोकै मर्नुपर्ने अवस्था आएको, डिप्रेसनमा पर्नेहरु बढेको लगायतका गुनासो राखेका थिए । उनीहरुले बैंकको किस्ता तिर्न समस्या परिरहेको भन्दै ब्याजमा मिनाहा र छुट दिनपर्ने माग गरेका छन् ।...
नेकपा स्थायी समिति बैठक असार २६
राजनीति, समाचार

नेकपा स्थायी समिति बैठक असार २६

नेपाल अखबार ,काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज तय भएको बैठक आगामी असार २६ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको जानकारी दिए । पार्टीभित्रको विवाद मिलाउनका लागि नेकपाभित्र केही दिनयता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसहितका नेताहरुबीच घनिभूत छलफल हुँदै आएपनि सहमति हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि नेकपा भित्र विवाद चर्किएको हो । विवाद चर्किँदै जाँदा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने दवाव पार्टीभित्रबाट परेको छ । तर, ओलीले आफूले राजीनामा नदिने बताउँदै आएका छन् ।...
राष्ट्रपतिसँग सार्क महासचिवको भेट
राजनीति

राष्ट्रपतिसँग सार्क महासचिवको भेट

नेपाल अखबार, काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव एसाला रुवान वीराकूनलेले राष्ट्रपतिभवन, शीतलनिवासमा आज शिष्टाचार भेट गरेका छन्। उक्त अवसरमा यस क्षेत्रको साझा संस्था सार्कको थप प्रभावकारी भूमिका र संगठनको महत्वका बारेमा राष्‍ट्रपतिले जोड दिएका राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। रासस...
सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट बर्खास्त
राजनीति, समाचार

सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट बर्खास्त

नेपाल अखबार, काठमाडौँ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेको छ । आज बसेको पार्टीको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको पार्टी प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण उनलाई कारवाही गरेको पार्टीले जनाएको छ । नयाँ नक्सा अनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो । सो विधेयक फिर्ता लिनका लागि सांसद गिरीले जेठ २८ संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् । सरकारले प्रस्तुत गरेको संशोधन विधेयकमा स्रोत र प्रमाण नखुलाएकाले विधेयकको दफा २ हटाउनुपर्ने माग उनले गरेकी थिइन् । सो प्रस...
ओली र प्रचण्डबीच आज पनि छलफल
राजनीति, समाचार

ओली र प्रचण्डबीच आज पनि छलफल

नेपाल अखबार, काठमाडाैं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (मंगलबार) पनि भेटवार्ता हुँदैछ। बिहान १० बजेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल हुन लागेको हो। ‘उहाँहरु (अध्यक्षद्वय) बीच आज पनि छलफल हुँदैछ, तर समय निश्चित भएको छैन,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल) ले भने, ‘सम्भवतः बिहान १० बजेपछि छलफल सुरु हुन्छ होला।’ पार्टीमा बढेको गतिरोध अन्त्यका लागि सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै छलफल भएको थियो। आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका उनीहरु सोमबार भने एक्लाएक्लै छलफलमा बसेका हुन्। नेकपा फुटको संघारमा पुगेपछि स्थायी समितिको बैठक २४ असारसम्मका लागि स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन्। आज र भ...
मन्त्रिपरिषद बैठक बस्दै, प्रहरी महानिरीक्षक नियुक्त गर्ने
राजनीति, समाचार

मन्त्रिपरिषद बैठक बस्दै, प्रहरी महानिरीक्षक नियुक्त गर्ने

नेपाल अखबार, काठमाडौं । मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् । नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । थापाको संगठनमा इमान्दार अधिकृतका रुपमा छवि छ भने पाल कमाण्ड कन्ट्रोलका कारण चिनिन्छन् । दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् । त्यसैको छनक दिँदै थापा र पाल सार्वजनिक कार्यक्रममा पनि एकैसाथ जाने गरेका थिए । प्रहरी प्रधान कार्यालय, नक्सालले भने आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ । सँगै नयाँ...
नेकपा स्थायी कमिटीको बैठक स्थगित
राजनीति, समाचार

नेकपा स्थायी कमिटीको बैठक स्थगित

नेपाल अखबार, काठमाडाैं। नेकपा स्थायी कमिटीको बैठक असार २४ गतेसम्मका लागि  स्थगित भएको छ । नेकपा प्रचार विभाग उपप्रमसख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले असार २४ गते ११ बजे बैठक बस्ने जानकारी दिएका छन् । आज बिहान ११ बजे बोलाइएको बैठक स्थगित गरिएको हो । नेकपामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल र अर्का अध्यक्ष केपी शर्मा ओलीबिचको द्वन्द्व उत्कर्षमा पुगेका बेला समाधानका लागि बैठक डाकिएको थियो । प्रधानमन्त्री ओलीले पार्टीमा परामर्श नगरी संसद अधिवेशन अन्त्य गरेपछि छलफलका लागि बोलाइएको बैठक सर्दै आएको छ । पार्टीमा बिवाद बढेपछि दुई अध्यक्ष र दोश्रो तहका नेताहरु बिच हिजो बालुवाटारमा छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएपछि आजका लागि बैठक बोलाइएको थियो ।...