Saturday, August 8

राजनीति

निर्वाचनको विकल्प छैन, कम्युनिस्ट एकता आजको आवश्यकता : प्रचण्ड
राजनीति, समाचार

निर्वाचनको विकल्प छैन, कम्युनिस्ट एकता आजको आवश्यकता : प्रचण्ड

नेपालअखबार,काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले संसद् पुनर्स्थापनाको पछाडि नलाग्न आग्रह गर्दै भयरहीत वातावरणमा निष्पक्ष चुनाव जनताले माग गरिरहेकाले दलहरूल त्यसको तयारीमा लाग्नुपर्ने बताएका हुन् । उनले कम्युनिस्टले मात्र देश विकास तथा जनताको पक्षमा काम गर्न सक्ने भएकाले कम्युनिस्ट शक्तिबीच एकता वर्तमान आवश्यकता भएको उल्लेख गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले मुलुकमा राष्ट्रिय स्वाधीनताको रक्षा गरी देशमा विद्यमान सङ्कटको समाधान गर्न समान वैचारिक दृष्टिकोण बोकेका वाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको बताए ।...
एमाले लगायत पार्टीबाट ५६ जना नेकपामा प्रवेश, प्रचण्ड–नेपालले गरे स्वागत
राजनीति, समाचार, हाइलाइट-समाचार

एमाले लगायत पार्टीबाट ५६ जना नेकपामा प्रवेश, प्रचण्ड–नेपालले गरे स्वागत

नेपालअखबार,काठमाडौँ । एमाले लगायत पार्टी परित्याग गरी ५६ जना नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शुक्रबार नेकपा प्रवेश गरेका उनीहरूलाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीमा स्वागत गरे । नेकपा एमालेका केन्द्रीय सदस्य लेखमान थापा, पर्सा जिल्ला नेकपा एमालेका पूर्वअध्यक्ष जयप्रकाश थारु सहित ५६ जना नेकपा प्रवेश गरेका थिए । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने विभिन्न तहका नेता कार्यकर्तालाई संयोजक प्रचण्ड, सहसंयोजक नेपाल लगायतका नेताहरूले खादा र माला लगाएर स्वागत गरे । पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुका तर्फबाट सम्बोधन गर्दै पर्सा जिल्ला एमालेका पूर्वअध्यक्ष जयप्रकाश थारुले अब पर्सा जिल्लाबाट एमाले बढारिने दाबी गरे। उनले पर्सामा नेकपाको प्रभा...
चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस्: पूर्णबहादुर खड्का
राजनीति, समाचार

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस्: पूर्णबहादुर खड्का

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका लागि महाधिवेशन र आमनिर्वाचन दुवै अनिवार्य भएको भएको बताएका छन्। निजी विद्यालयका शिक्षक र कर्मचारीको संगठन नेपाल अध्यापक सङ्घको शुक्रबार सम्पन्न प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी चुनावमा होमिइसकेकाले कार्यकर्तालाई त्यसतर्फ लाग्न आह्वान गरेका हुन्। ‘अहिले हरेक एकाइमा क्रियाशील सदस्यता वितरण भइरहेको छ। मापदण्ड पुगेका सबैले सदस्यता पाउन् भन्नेमा सबै कार्यकर्ता सचेत हुनुपर्छ। महाधिवेशनमा राम्रो गर्न सके चुनावमा पनि अपेक्षित नतिजा हासिल गर्न सकिन्छ,’ उनले भने। संघको अधिवेशनले भोलानाथ चालिसेको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्वाचन गरेको छ। यसअनुसार सङ्घको वरिष्ठ उपाध्यक्षमा सुदीप बर्ताैला र महासचिवमा धर्मराज जोशी निर्विरोध निर्वाचित भए। ...
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै
राजनीति, समाचार

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्दै छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार बुधबारदेखि सुरू भएको कार्यसम्पादन समितिको बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आ–आफ्नो धारणा राखेका थिए। कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री शर्माले अबको १६ दिनमा क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताउँदै क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरेर सिधै...
सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन प्रचण्डको आह्वान
राजनीति, विचार, समाचार

सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् । विश्व कम्युनिस्ट आन्दोलनका नेता माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका हुन् । मार्क्स, लेनिन, माओ हुँदै नेपाली क्रान्तिकारी अनुभवसम्मका योगदानलाई संश्लेषण गर्दै समाजवादी क्रान्तिको बाटोमा दृढताका साथ अघि बढ्नु कम्युनिष्ट क्रान्तिकारीहरूको मुख्य कार्यभार भएको उनको भनाइ छ । त्यसैले प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपील गरेका छन् । वर्तमान विश्व व्यवस्था साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण गम्भीर संकटमा परेको उल्लेख गर...
नाइजेरियामा अमेरिकाको घातक हमला
राजनीति, विश्व, समाचार

नाइजेरियामा अमेरिकाको घातक हमला

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) समूहविरूद्ध ‘शक्तिशाली र घातक हमला’ गरिएको बताएका छन् । सोसल मिडिया प्लेटफर्म ट्रुथमामार्फत् उनले उत्तर–पश्चिमी नाइजेरियामा चरमपन्थी संगठन आईएस समूहविरूद्ध ‘शक्तिशाली र घातक हमला’ गरिएको बताएका हुन् । राष्ट्रपति ट्रम्पले आईएसलाई ‘आतंकी फोहोर’को संज्ञा दिँदै संगठनले मुख्य रूपमा निर्दोष इसाई धर्मावलम्बीहरूलाई निशाना बनाउने र विभत्स हत्या गर्ने गरेको आरोप लगाएका छन् । अमेरिकी सेनाले कयौं सटिक आक्रमण गरेको भने पनि ट्रम्पले आक्रमणसँग सम्बन्धित अन्य जानकारीहरू भने सार्वजनिक गरेका छैनन् । बीबीसीले भनेको छ, ‘अमेरिकाले कुन स्थानलाई निशाना बनायो र यो आक्रमण कहिले गरियो भन्ने बारे स्पष्ट छैन ।’ नोभेम्बरमा ट्रम्पले अमेरिकी सेनालाई नाइजेरियामा इस्लामी उग्रवादी समूहविरूद्ध कारबाहीको तयारी गर्न आ...
पार्टीहरू आजै छाड् भन्छन्, जेनजीहरू पनि छाड् भन्छन्, हामी त अचानो भयौं- प्रधानमन्त्री  सुशीला कार्की
राजनीति, समाचार

पार्टीहरू आजै छाड् भन्छन्, जेनजीहरू पनि छाड् भन्छन्, हामी त अचानो भयौं- प्रधानमन्त्री सुशीला कार्की

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की आफूहरू दल र जेनजी दुवैबाट अचानोमा परेको बताएकी छन्। बिहीबार बाह्रखरी उत्कृष्ट कथा विजेता घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले दुवै पक्षले आफूलाई दबाब दिएको बताएकी हुन्। 'पोलिटिकल पार्टीले पनि आजै छोड् भन्छ। जेनजीले पनि आजै छोड् भन्छ। छोडेपछि थुक्क भन्लान्। हामी त अचानो भयौं,' उनले भनिन्। उनले सरकार अहिले जे गरे पनि सुख नपाउने अवस्थामा रहेको बताए। उनले आफ्नै बारेमा कथा लेखे पनि हुने अवस्था रहेको बताइन्। 'हाम्रै बारेमा पनि कथा लेख्नुस्। गृहमन्त्रीको लेख्नु के हाल छ। मेरो लेख्नु के हाल छ,' उनले भनिन्,' अर्थमन्त्रीको हेर्नुस सबैको कथा बन्छ।' मुलुक बंगलादेश नबनोस् भन्ने सरकारको चाहना रहेको पनि उनले बताइन्।...
निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड
राजनीति, समाचार

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

नेपालअखबार,ललितपुर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । सानेपास्थित पार्टी कार्यालयमा आज अपराह्न सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मुलुकमा निर्वाचनको वातावरण बनिनसकेको बताए । ढुक्क भएर चुनावमा जान सक्ने अवस्था सृजना भइनसकेकाले सरकार निर्वाचनको विश्वसनीय वातावरण बनाउनेतर्फ लाग्नुपर्नेमा उनले जोड थियो । “ निर्वाचनको विश्वसनीय वातावरण नबनेकाले संसद् पुनःस्थापनाको आवाज उठेको हो, ” उनले भने । उपसभापति गुरुङले सबै मिलेर निर्वाचनमा जानुपर्ने, त्यो निर्विवाद रुपमा हुनुपर्ने र निर्वाचनमा नै सरकारको अर्जुनदृष्टि हुनुपर्ने सुझाव दिए ।...
रास्वपामा समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु
राजनीति, समाचार

रास्वपामा समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु गरेको छ । पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिनपछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान (प्राइमरी भोटिङ) हुने जनाइएको छ । प्रवक्ता झाकाअनुसार यस प्रक्रियामा देशभरबाट निवेदन दिएका करिब चार सय आकांक्षी सहभागी छन् । तीमध्येबाट ११० जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश गरी निर्वाचन आयोगमा बुझाइने छ । उम्मेदवार छनोट तथा प्रतिस्पर्धाका सबै कार्यक्रम काठमाडौँको गोंगबुस्थित बिजी ब्याङ्क्वेटमा सञ्चालन भइरहेको छ । प्रवक्ता झाले यही पुस ५ गते आयोजित छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका वा सहभागी हुन नपाएका समानुपातिक उम्मेदवारका आकांक्षीहरूलाई पुनः छलफलमा ...
रविलक्षित प्रसाईंको टिप्पणी- बाघ आयो, सहकारी जोगाएर राख्नू
राजनीति, समाचार

रविलक्षित प्रसाईंको टिप्पणी- बाघ आयो, सहकारी जोगाएर राख्नू

नेपालअखबार,काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध खनिएका छन् । स्याङ्जाको वालिङमा उक्त अभियानले आज गरेको कार्यक्रममा प्रसाईंले रास्वपा सभापति रविलाई लक्षित गर्दै भने, ‘यहाँ बाहिर के भनेर ह्विम चलाइन्छ भने बाघ आयो बाघ । बाघ आएको छ बाहिर सहकारी जोगाउनु राख्नू ।’ प्रसाईंले भदौ २४ गते सिंहदबार, अदालतमा आगो लगाउने र रविलाई नख्खुबाट छुटाउने समूह एउटै रहेको दाबी गरे । ‘सिंहदरबारमा आगोे लाग्यो । त्यही टिम गएर अदालतमा आगो लगायो । त्यही टिम गएर रविलाई छुटायो । रविलाई अहिले जेलबाट निकालियो,’ प्रसाईंले भने । रवि जेलबाट छुटेपछि उनलाई भेट्ने प्रति पनि प्रसाई आक्रोशित देखिए । उनले भने, ‘सुदन गुरुङ रविसँग जाने । अर्को, पनि रविसँग जाने भनेपछि मैले भनेको कुरा पुग्यो कि पुगेन ? कत्रो साँठग...