विदेशी महिलालाई विवाह गरेकाे ७ वर्षपछि नागरिकता दिने प्रावधान समितिबाट पारित
नेपाल अखबार, काठमाडाैं। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गरेको छ।
त्यसमा रहेको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदहरुले असहमतिसहित फरक दत दर्ता गराएका छन्।
‘नेकपा सांसदले नेपाली पुरुषसँग बिहे गर्ने महिलालाई बिहे गरेको सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधानमा नेकपाका सांसदहरुको पक्षमा भोट परेको छ र बहुमतले पारित भएको छ,’ सांसद तथा सोहि समितिका सदस्य झपट रावलले नेपालखबरसँग भने, ‘सो प्रावधानमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदहरुबाट फरक फरक असहमति दर्ता गराइएको छ।’
नेपाली पुरुषसँग बिहे गर्ने बिदेशी महिलाले सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता पाउने प्रावधानसहित नागरिकता ऐन संशोधन हुन लागेको हो।
यसअघि नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाल...
