Saturday, August 8

राजनीति

चुनाव चिन्ह ‘बस’ उत्पीडित समुदायको राजनीतिक मुक्तिको प्रतीक : अन्सारी
राजनीति, समाचार

चुनाव चिन्ह ‘बस’ उत्पीडित समुदायको राजनीतिक मुक्तिको प्रतीक : अन्सारी

नेपालअखबार,काठमाडौं । संघीय गणतान्त्रिक गठबन्धनको ऐतिहासिक राजनीतिक अभियान अन्तर्गत लुम्बिनी प्रदेशको शंकरपुर पालीनन्दन गाउँपालिका वडा नम्बर १, शंकरपुर मा भव्य जनभेटघाट तथा चुनावी प्रचार–प्रसार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले उत्पीडित, बहिष्कृत र सीमान्तकृत समुदायको राजनीतिक सत्ता यात्रालाई नयाँ दिशा दिएको सहभागीहरूको निष्कर्ष रहेको छ । कार्यक्रममा पूर्वगृह राज्यमन्त्री, नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य मो.रिजवान अन्सारी प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यस्तै बहुजन एकता पार्टीका केन्द्रीय अध्यक्ष हरिनन्दन अम्बेडकर र नेपाल जनजागृति पार्टीका अध्यक्ष डाक्टर ध्रुवलाल निषाद विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रम नन्दलाल सहनीको अध्यक्षतामा सम्पन्न भएको हो । प्रमुख अतिथि मो. रिजवान अन्सारीले सम्बोधन गर्दै संघीय गणतान्त्रिक गठबन्धनको साझा चुन...
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म
राजनीति, समाचार

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म

नेपालअखबार,काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७ देखि २९ गते बस्ने भएको छ । काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे प्रस्ताव पेश गरेका हुन् । उनले बैठक हलमा केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७, २८ र २९ मा काठमाडौं आयोजना गर्ने प्रस्ताव राखेका हुन् । आज बसेको केन्द्रीय कमिटीको पहिलो बैठक हो । उक्त प्रस्ताव अहिले निर्णयार्थ पेश भइरहेको छ ।...
नेकपाको एकता सन्देश सभामा ५० हजार सहभागी हुने  दाबी
राजनीति, समाचार

नेकपाको एकता सन्देश सभामा ५० हजार सहभागी हुने दाबी

नेपालअखबार,काठमाडौँ । शनिबार भृकुटीमण्डपमा आयोजना हुने एकता सन्देश सभामा ५० हजार मानिस सहभागी हुने नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले दाबी गरेको छ । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सभामा करिब ५० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको नेता रामकुमार भट्टराईले जानकारी दिए । भट्टराईको अनुसार बिहान ११ः३० बजे सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुस जम्मा हुनेछन् । सबै जना एकीकृत भएपछि दिउँसो सवा १२ बजेबाट जुलुस सुरु हुने उनले बताए । ‘सन्देश सभामा ५० हजार मानिस आउने हाम्रो अपेक्षा छ । जुलुसको नेतृत्व दोस्रो तहले गर्नुहुन्छ । सुनधारा, नयाँ सडक चेक र शान्ति बाटिकामा मानिस भेला हुनेछन् । त्यसपछि बागबजार, पुतली सडक, पद्मदय मोड हुँदैन भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ’, उनले भने । शीर्ष नेताहरू जुलुसमा सहभागी नभई सिधै मञ्चमा प्रवेश गर्ने भट...
एमाले केन्द्रीय सदस्यमा आए ४० वर्ष मुनिका यी १५ युवा
राजनीति, समाचार

एमाले केन्द्रीय सदस्यमा आए ४० वर्ष मुनिका यी १५ युवा

नेपालअखबार,काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा युवा क्लस्टरबाट प्रतिनिधित्व गर्ने १५ जना सदस्यको निर्क्याैल भएको छ । खुला, प्रदेश, समावेशी क्लस्टरबाट समेत गरी ती सदस्यको निर्क्याैल भएको हो । सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार खुल्लातर्फ २ जना, भूगोलबाट ८ जना, तथा समावेशी अन्तर्गत आदिवासी जनजातीतर्फ २ जना, मधेसीबाट ३ जना र दलितबाट २ जना गरी सो सङ्ख्यामा ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व भएको हो । पार्टीको विधानमै व्यवस्था गरेर एमालेले यसपटक युवा क्लस्टर (४० वर्ष मुनि) का लागि सिट सुरक्षित गरेको थियो । जसमा केही निर्विरोध निर्वाचित भएका छन् भने केही लोकप्रिय मतसहित विजयी भएका छन् । केन्द्रीय सदस्यको खुल्ला युवा तर्फको दुई सिटमा नरेश रोकाया र सुशील कुमार थापा निर्विरोध निर्वाचित भएका छन् । उनीहरूले मतदान प्रक्रियामा समावेश नै नभई केन्द्रीय सदस्य बनेका ...
प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव : घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु
राजनीति, समाचार

प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव : घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु

नेपालअखबार,काठमाडाैँ । जेनजी प्रतिनिधि किशोरी कार्कीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेकी छन् । बिहीबार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धी र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले जेनजी आन्दोलनकारीका माग सम्बोधन गर्दै शहीद परिवारलाई क्षतिपूर्ति दिन नसक्ने भए पद छोडेर तीर्थ यात्रामा निस्कन प्रधानमन्त्री कार्कीलाई आग्रह समेत गरिन् । उनले देशसँग जोस, जाँगर र नेतृत्व क्षमता भएका शिक्षित युवाहरू रहेको उल्लेख गर्दै परिवर्तित समयसापेक्ष चल्न नसक्ने जोसुकैले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखिन् । उनले सरकारले सम्झौताको नाममा काठमाडाैँ केन्द्रित आन्दोलनकारीलाई मात्रै हेरेर गाउँमा रहेका जेनजी युवाहरूलाई उपेक्षा गरेको आरोप समेत लगाइन् । उनले भनिन्, ‘म प्रधानमन्त्रीज्यूलाई के भन्न चाहन्छु भने तपाईसँग जेन–जीका माग र ...
सरकारका क्रियाकलाप जेनजी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन् : लेनिन विष्ट
राजनीति, समाचार

सरकारका क्रियाकलाप जेनजी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन् : लेनिन विष्ट

नेपालअखबार,काठमाडौँ । जेनजी आन्दोलनका प्रतिनिधि लेनिन विष्टले वर्तमान सरकारका गतिविधिहरू आन्दोलनको भावना र यसले उठाएका मुद्दाको पक्षमा नरहेको आरोप लगाएका छन्। बिहीबार काठमाडौँमा आयोजित ‘जेनजी आन्दोलनको एक सय दिन: उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारको कार्यशैली क्रान्तिकारी हुन नसकेको टिप्पणी गरे। विष्टले जेनजी आन्दोलनभित्र ३० देखि ४० वटा विभिन्न समूहहरू सक्रिय रहेको जानकारी दिँदै सबैलाई एउटै छातामुनि समेट्न नसकिएको यथार्थ समेत स्वीकार गरे। आन्दोलनकारीहरूलाई 'सडक पक्ष' र 'सरकार पक्ष' भनेर वर्गीकरण गर्ने गरिएको चर्चा गर्दै उनले सडकमा रहेका युवा पुस्ताले अझै न्याय पाउन नसकेको गुनासो गरे। मन्त्रिपरिषद् गठन, विभिन्न नियुक्ति प्रक्रिया र सरकारका हालैका क्रियाकलापहरूले आन्दोलनको मर्मलाई सम्बोधन गर्न नसकेको उनको दाबी छ। विष्टले अहिलेको जटिल राजनीतिक परिस्थि...
रवि र छविको मुद्दामा आज पेसी
राजनीति, समाचार

रवि र छविको मुद्दामा आज पेसी

नेपालअखबार, बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । आज पेसी चढाएको उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरले रातोपाटीलाई बताए । यस मुद्दा गत हप्ता हेर्न नमिल्नेमा परेको थियो भने यसअघि दुई पटक रवि पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएर बहस रोकिएको थिए । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका  न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो । जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।...
एमाले मतगणना अपडेट : सबै परिणाम एकैसाथ सुनाइने
राजनीति, समाचार

एमाले मतगणना अपडेट : सबै परिणाम एकैसाथ सुनाइने

नेपालअखबार,काठमाडौं । नेकपा एमालेको मतगणना कार्य सुरु हुने प्रक्रियामा छ । निर्वाचन आयोगका अनुसार, अहिले धमाधम विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । केहीबेरमा मतगणना सुरु हुनेछ । आयोगका अनुसार, ८० मध्ये ७० वटा मेसिनबाट चिप्स निकालिसकिएको छ । अब १० वटाको मात्रै बाँकी छ । त्यसलगत्तै मतगणना सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार, सबै परिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी छ । बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वका लागि मतदान गरेसँगै मतगणनाको प्रक्रिया अघि बढेको हो । मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा ...
कांग्रेस र कम्युनिस्टप्रति जनतामा तीव्र वितृष्णा बढिरहेको छ : कमल थापा
राजनीति, समाचार

कांग्रेस र कम्युनिस्टप्रति जनतामा तीव्र वितृष्णा बढिरहेको छ : कमल थापा

नेपालअखबार,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेनजी युवाहरूको आन्दोलनको अधुरो काम पूरा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिमा आएको बताएका छन् । अहिलेको अवस्थामा कांग्रेस र कम्युनिस्टप्रति जनतामा तीव्र वितृष्णा र घृणा रहेको भन्दै जनताले विकल्प खोजिरहेको र विकल्प हुन सक्ने क्षमता राष्ट्रवादी शक्तिहरूमा मात्र रहेको थापाले जिकिर गरेका छन् । राप्रपा नेपाल आबद्ध पुर्ब प्रहरी परिषद्को भेलालाई सम्बोधन गर्दै थापाले भने, ‘राष्ट्रवादी शक्तिहरूको एकता अहिलेको आवश्यकता हो ।’ त्यस्तो एकता कायम गर्न अब कति पनि ढिलो गर्नु नहुने भन्दै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल बीचको एकता सकारात्मक रूपमा अघि बढिरहेको पनि स्पष्ट पारे । उनले थपे, ‘हामीहरुका बीचमा कुनै विवाद बाँकी छैन । एकता हुन ढिलो भइरहेकोमा पार्टीका कार्यकर्ता सहयोगी र शुभचिन्तकहरुमा चिन...
स्वदेश फर्किनुअघि चिनियाँ राजदूतले भेटे प्रधानमन्त्री कार्की, के भयो कुराकानी?
राजनीति, समाचार

स्वदेश फर्किनुअघि चिनियाँ राजदूतले भेटे प्रधानमन्त्री कार्की, के भयो कुराकानी?

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेट गरेका छन्। बुधबार आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन्। भेटका क्रममा नेपाल र चीन बीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको प्रेस संयोजक राम रावलले जानकारी दिए। सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकोले नेपालको विकास निर्माणका हरेक पक्षहरूमा सहयोग गर्दै आएको र सो क्रम भविष्यमा पनि निरन्तर रहने उल्लेख गरे। प्रधानमन्त्रीले राजदूत सोङ आफ्नो सफल कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लागेकोमा बधाइ तथा सफल यात्राको कामना गरिन्। साथै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हित विपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाए।...