एमालेले भन्यो– मतदान आज रातभरि चल्नेछ
नेपालअखबार,काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बुधबार रातभरि मतदान चल्ने भएको छ।
एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले बुधबार साँझ ५ बजेर २ मिनेट जाँदासम्म ८०२ जनाले भोट हालेको र मतदान रातभरि चल्ने जानकारी दिए।
उनले प्रतिव्यक्ति २० देखि २५ मिनेटमा भोट हाल्न सकिने अनुमान गरिएकोमा सोचेभन्दा बढी समय लागेको बताए।
'हामीले एक जना प्रतिनिधिलाई भोट हाल्न २० देखि २५ मिनेट लाग्ला र ८-साढे ८ घन्टामा सकिएला भन्ने अनुमान गरेका थियौं। तर व्यवहारले त्यो पुष्टि भएन। यो प्राविधिक ज्ञानले उत्पन्न गराएको समस्या हो,' उनले पत्रकार सम्मेलनमा भने, 'नाम सूची हेरेर भोट खसाल्नुपर्ने भएकाले पनि बढी समय लाग्यो।'
उनका अनुसार एक जना व्यक्तिलाई भोट हाल्न न्यूनतम ९ मिनेटदेखि अधिकतम २ घन्टासम्म लागेको छ। केही मतदाता लामो समय लाम बस्नुपरेकाले बेहोस भएको पनि उनले बताए।
जारी महाधिवेशनम...








