अध्यक्ष नेपालकाे कार्यकर्तालाई निर्देशन समानुपातिकतर्फ मत बढाउने गरी केन्द्रित हुनु
नेपालअखबार, काठमाडाैं । पार्टी गठन भएको १६ महिनामा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले संसदीय चुनावको सामना गर्दैछ। मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावबाट राष्ट्रिय पार्टी बन्ने एकीकृत समाजवादीको लक्ष्य छ। यो लक्ष्य चुनौतीपूर्ण रहेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले समानुपातिकतर्फ मत बढाउने गरी केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिइरहेका छन्।
पार्टीको आन्तरिक भेला तथा प्रशिक्षणमा नेपालले भन्ने गरेका छन्, ‘गठबन्धन भनेर त्यसमा मात्रै निर्भर नहुनुस्। समानुपातिक तर्फको मत बढाउनु पर्ने चुनौती हामीलाई छ। जनतालाई कलम चिन्हमा मतदानको निम्ति आकर्षित गर्नुस्।’
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५२ मा राष्ट्रिय दलको मान्यताबारे प्रावधान छ। त्यस प्रावधानअनुसार राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ एक सिट जित्नुपर्छ भने समानुपातिकतर्फ सदर मतको कम्तीमा ३ प्रतिशत मत कटाउनु पर्छ।...






