आफूलाई प्रधानमन्त्रीबाट हटाउन ओली आफै कस्सिएर लाग्नुभएको छः लोहनी
नेपाल अखबार, काठमाडाैं। राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पदबाट आफूलाई हटाउन प्रम केपी शर्मा ओली आफै प्रधानमन्त्री ओलीले कस्सिएर लागेको बताएका छन् । आइतबार नेपालको नयाँ नक्सा जारी गरेबापत आफूलाई हटाउन स्वदेशी तथा विदेशी मिलेर लागेको बताएका थिए ।
यसबारे जवाफ दिँदै लोहनीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विदेशी र स्वदेशी मिलेर नेपालको नयाँ नक्सा जारी गरे बापत तपाईंलाई हटाउने प्रयास हुँदैछ भन्ने तपाईंको आरोप पढियो । तपाईंको विश्लेषण गलत छ किनभने तपाईंलाई हटाउन तपाईं आफै कसिएर लाग्नुभएको छ, एकपटक शान्त भएर आफूले आफूलाई हेर्नुस् थाहा पाउनुहुनेछ ।’
‘ठीक कुरामा जनता र दलहरुले तपाईंलाई सधैँ साथ दिएका छन् । तपाईंले भद्र–भलादमी प्रतिपक्ष पाउनुभएको छ । नयाँ नक्साको बारेमा तपाईंको पार्टी र अन्य सबै पार्टी तथा आम नेपाली जनताले तपाईंलाई साथ दिएका छन् । विचार गर्नुस्, कुनै विदेशी को मुख ...
