प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
नेपालअखबार,काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा प्युठानको ऐरावती गाउँपालिका–१, अमिलीस्थित श्री दाङवाङ माध्यमिक विद्यालयमा निर्माण भएका नयाँ विद्यालय भवन तथा छात्रावास संरचनाको एक समारोहबिच उद्घाटन गरिएको छ।
भारतीय राजदूतावास, काठमाडौँका काउन्सलर गीताञ्जली ब्रैंडन तथा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन् । समारोहमा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, स्थानीय समुदाय, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत भारत सरकारको अनुदान सहयोगबाट विद्यालय भवन, छात्रावास तथा अन्य सहायक संरचना निर्माण गरिएको हो। परियोजना ऐरावती गाउँपालिकामार्फत कार्यान्वयन गरिएको थियो।
दाङवाङ माध्यमिक विद्यालय प्युठानको ग्रामीण भेगमा अवस्थित अग्रणी सामुदायिक विद्यालयमध्ये एक ...









