Monday, August 24

शिक्षा

कक्षा १२ को पूरक परीक्षा २ र ३ साउनमा
शिक्षा, समाचार

कक्षा १२ को पूरक परीक्षा २ र ३ साउनमा

नेपालअखबार,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले गोरखापत्रमा सूचना प्रकाशित गरेर कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा दुई दिनमात्र सञ्चालन हुने जनाएको छ । जसअनुसार २ र ३ साउनमा पूरक परीक्षा हुने भएको छ । सार्वजनिक तालिकाअनुसार एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुन सुकै विषय भए पनि पहिलो दिन सहभागी हुनु पर्नेछ । अनिवार्य अंग्रेजी विषयको परीक्षामा सम्मिलत हुने परीक्षार्थीहरूका लागि पहिलो दिनमात्र परीक्षा हुने बोर्डले जनाएको छ । तर, अनिवार्य अंगे्रजी र अनिवार्य नेपाली विषयको परीक्षामा सम्मिलत हुने परीक्षार्थीहरूले नेपाली विषयको परीक्षा दोस्रो दिन दिनुपर्ने छ । बोर्डका अनुसार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि दोस्रो दिन (३ स...
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण

नेपालअखबार,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार (आज) बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले बिहान ८ बजे बैठक बसेर कक्षा १२ को नतिजा सार्वजनिक गरिएको जानकारी दिए । बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । वैशाख १४ बाट २७ गतेसम्म सञ्चालन भएको परीक्षामा चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए । जसमध्ये नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आशिंक तर्फ ८५ हजार ९२९ विद्यार्थी रहेका परीक्षा बोर्डले जनाएको छ । सरकारले ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए पनि बोर्डले समयावधि अगावै नतिजा सार्वजनिक गरेको छ । यसअघि एसईईको नतिजा पनि २९ दिनमै सार्वजनिक गरिएको थियो । सरकारले एसईई परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्न भनेको थियो । यसरी ...
अध्ययन बिदा बसेका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
प्रशासन, शिक्षा, समाचार

अध्ययन बिदा बसेका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

नेपालअखबार,  काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरे पश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक-कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो । सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ । त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकहरूबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भइसकेको छ । यो प्रक्रिया शिक्षा तथा खेलकु...
तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा
शिक्षा, समाचार, समाज

तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा

नेपालअखबार, टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा दिन थालेको छ । पालिकाको स्वास्थ्य शाखाले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएर विद्यालय तथा समुदायस्तरमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिरहेको जनाएको छ । हालसम्म २० वटा विद्यालय र १० वटा समुदायमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भइसकेको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थी र टोल विकास संस्थामा आबद्ध स्थानीयलाई मानसिक स्वास्थ्यबारे सचेतना दिइएको उनले बताए । “हामीले अभियानकै रूपमा सचेतना कार्यक्रम सञ्चालन गरेका छौँ । जेठ महिनामा अभियानका धेरै विद्यार्थी र नागरिकलाई मानसिक स्वास्थ्यबारे जानकारी दिएका छौँ”, रावलले भने, “विद्यालय तथा समुदायमा कार्यक्रम गर्दा मानसिक समस्या भएकाहरू खुलेर पर...
पाँचथरका ६ वटा विद्यालयको नतिजा शून्य
शिक्षा, समाचार, हाइलाइट-समाचार

पाँचथरका ६ वटा विद्यालयको नतिजा शून्य

नेपालअखबार,काठमाडौं ।  हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य आएको छ। एक संस्थागत र पाँच वटा सामुदायिक विद्यालयबाट परीक्षामा सामेल कुनै पनि विद्यार्थी ‘ग्रेडेड’ (उत्तीर्ण) हुन सकेनन्। फिदिमको कालिका मावि साम्दिनबाट आठ जना विद्यार्थी एसइई परीक्षामा सामेल भएकामा एक जना पनि ग्रेडेड नभएको फिदिम नगरपालिकाको शिक्षा शाखाले जनाएको छ। गत वर्ष पनि यस विद्यालयले कुनै विद्यार्थीलाई उत्तीर्ण गराउन सकेको थिएन। यस्तै, फाल्गुनन्द गाउँपालिका–३ स्थित सारताप मनरत्न माविबाट २६ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक जना पनि उत्तीर्ण भएनन्। मिक्लाजुङ गाउँपालिकाका दुई सामुदायिक र एउटा संस्थागत विद्यालयले कुनै पनि विद्यार्थीलाई उत्तीर्ण गराउन सकेनन्। यहाँको खान्द्रोङ मावि मिक्लाजुङ–१ बाट छ, चन्द्रोदय मावि मिक्लाजुङ–७ बाट १० र माउण्ट कञ्चन बोर्डिङ स्...
“स्कुलको ढोकाबाट फर्किएको  भविष्य” सरू लम्साल,
शिक्षा, समाज, साहित्य \कला

“स्कुलको ढोकाबाट फर्किएको भविष्य” सरू लम्साल,

सरू लम्साल,पोखरा । नयाँ शैक्षिक शत्र शुरू भएको थियो । पोखराको मौसम खुलेको हिमाल बिहानको चिसो हावा भर्खरै झुल्कदै गरेको घामको किरण सँगै सानो हातमा नयाँ झोला, अनि छेउमै उभिएकी आमा - आमाका आखाँमा एउटा सानो तर गहिरो सपना "मेरो बच्चा अधि बढोस ।" यहि सोच्दा सोच्दै स्कुलको गेट आएको पत्तै भएन बच्चालाई स्कुल छाडेर फर्किन् । यसपालि भने अब विस्तारै मेरो बच्चा पनि पक्के राम्रो सँग अगाडी बढ्नेछ भन्ने विश्वासका साथ दैनिकी चलिरहेको थियो। केहि हप्तापछि स्कुलबाट फोन आउछ "म्याम एकपटक विद्यालय आउनुहोस न" फेरि उनका मनमा धेरै प्रश्नहरुले तरङ मच्चाउन थाल्छन । मन मनै डर पलाउछ उनि विद्यालय पुग्छिन् । विद्यालयको अफिस कोठा टेबलको अकोपट्टी शिक्षकहरू गम्भीर अनुहारमा देखिन्छन् । यो देखेर उनको मन भारी हुन्छ । कक्षा शिक्षकले भन्नुहन्छ । " हामी तपाइको बच्चालाई यहॅा राख्न सक्दैनऊ.. " " उसलाई माथिल्लो कक्षामा उकाल्न गह्रो...
१ करोड ७० लाख पाठ्यपुस्तक छपाइ सकियो
शिक्षा, समाचार, समाज

१ करोड ७० लाख पाठ्यपुस्तक छपाइ सकियो

नेपालअखबार,काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिकसत्रको लागि १ करोड ७० लाख पाठ्यपुस्तक छपाइ सकेको छ । सरकारले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेकाले सो अवधिसम्म विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने केन्द्रका प्रबन्धक सञ्चालक यदुनाथ पौडेलले जानकारी दिए । ‘विद्यार्थी संख्याको आधारमा प्रादेशिक कार्यालयमा पर्याप्त पुस्तक पुगिसकेको छ । १४–१५ लाखको दरले पुस्तक प्रदेश–प्रदेशमा लगिएको छ,’ उनले भने । प्रदेश कार्यालयबाट १२६० आधिकारिक बिक्रेताले सम्बन्धित पालिकामा पुर्‍याउने छन् । २१ फागुनको चुनावले पाठ्यपुस्तक छपाइमा कुनै असर नपरेको केन्द्रले जनाएको छ ।केन्द्रले कक्षा १, २ र ४ बाहेकको पुस्तक छाप्ने गरेको छ । यी कक्षाको पाठ्यपुस्तक निजी क्षेत्रले छाप्ने गरेको छ । ‘कक्षा सञ्चालन हुँदा विद्यार्थीको हातहातमा पुस्तक पुग्छ । कुनै अभाव हुदैन,’ प्रबन्धक पौडेलले भ...
पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै
शिक्षा, समाचार

पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै

नेपालअखबार,पाेखरा । पोखरा विश्वविद्यालयमा अध्ययन गरेका छ हजार ६२२ जना आज दीक्षित हुँदैछन् । पोखरा महानगरपालिका–३० खुदी ढुङ्गेपाटनमा आज आयोजना हुने २१ औँ दीक्षान्त समारोहमा विभिन्न तह र सङ्कायमा उच्च शिक्षा हासिल गरेका उनीहरुलाई उपाधि प्रदान गरिने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए । व्यवस्थापन सङ्कायबाट तीन हजार ६२५, विज्ञान तथा प्रविधि सङ्कायबाट दुई हजार ५०६, स्वास्थ्य विज्ञानबाट ३६५ र मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट १२६ जनालाई उपाधि दिइने छ । उक्त अवसरमा स्नातकोत्तर तहमा सबैभन्दा उच्च अङ्क ल्याउने विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट हुनेलाई उपकुलपति पदक प्रदान गरिनेछ । स्नातक तहको बिसिए कार्यक्रममा उच्चतम अङ्क ल्याउनलाई ‘अक्सफोर्ड’ पदक प्रदान गरिनेछ । शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी यस वर्ष ‘डीन लिस्ट’ उपाधिबाट सम्मा...
कक्षा १२ को परीक्षा बैशाख १४ देखि, यस्तो छ तालिका
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ को परीक्षा बैशाख १४ देखि, यस्तो छ तालिका

नेपालअखबार, काठमाडौँ ।  कक्षा १२ को फाइनल परीक्षा बैशाख १४ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले एसईईको परीक्षा तालिका यसअघि नै सार्वजनिक गरिसकेको थियो । तालिका अनुसार एसईईको परीक्षा चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ । फागुन २१ गतेको निर्वाचनका कारण चैत पहिलो साता हुने एसईई दुई साता पछि सरेको हो ।...
विज्ञान तथा प्रविधिमा महिलाको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड
विश्व, शिक्षा, समाचार

विज्ञान तथा प्रविधिमा महिलाको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड

नेपालअखबार, काठमाडौँ । आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तरराष्ट्रिय दिवस हो । महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँद यो दिवस विश्वका विभिन्न देशमा मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले २२ डिसेम्बर २०१५ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ११ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेअनुरुप सन् २०१६ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । विश्वभर विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसम्बन्धी सबै तहका विषयहरूमा लामो समयदेखि लैङ्गिक असमानता रहँदै आएको छ । महिलाहरूले उच्च शिक्षामा सहभागिता विस्तार गर्ने दिशामा उल्लेखनीय प्रगति गरे तापनि यी क्षेत्रहरूमा उनीहरूको प्रतिनिधित्व अझै पनि न्यून छ । लैङ्गिक समानता संयुक्त राष्ट्रसङ्घको प्रमुख ‘एजेन्डा’मध्ये एक रहँदै आएको छ । महिला तथा बालिकाहरूक...