जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
नेपालअखबार,जुम्ला । जुम्लामा यस वर्ष ४१ करोड बढीको च्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयका अनुसार मंसिर तेस्रो सातासम्म ४१ करोड २९ लाख ८९ हजार २७० रुपैयाँको स्याउ निर्यात भएको हो ।
कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार मंसिर २२ गते तयार पारिएको स्याउ निर्यातको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा पाँच हजार ५९१ मेट्रिकटन स्याउ निर्यात भएको छ ।
यसपटक जुम्लाको स्थानीय स्याउ बगैँचाबाटै प्रतिकेजी ५० देखि ६५ रुपैयाँमा बिक्री भएको छ । केही पालिकाका बगैँचामा ७० रुपैयाँमा पनि बिक्री भएको कार्यालयले जनाएको छ । इटालियन फुजी स्याउ १७५ रुपैयाँभन्दा माथिको मूल्यमा बिक्री भएको छ ।
कार्यालयका अनुसार यस वर्ष स्थानीय स्याउ जिल्लाभित्रको खपत परिणाम ४४१५ मेट्रिक टन अर्थात २५ प्रतिशत रहेको छ । नासो, कोशेलीमार्फत समेत १५ प्रतिशत जिल्ला बाहिर गएको छ ।
यसैगरी उत्पादन भएको स्याउमा १५ प्रतिशत अर्थात २६४८...










