तोकिएकै मितिमा भएरहित निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
नेपालअखबार,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको बताएका छन् ।
कास्कीको पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्बोधन गर्दै उनले सरकार २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न दृढ भएर लागेको बताएका हुन् ।
‘आगामी फागुन २१ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि कार्थतालिका सार्वजनिक भइ सोही बमोजिम तयारी भइरहेको अवस्था छ,’ गृहमन्त्री अर्यालले भने, ‘निर्धारित मितिमा निर्वाच्न सम्पन्न गर्न सरकार दृढ भएर लागेको छ ।’
शान्ति सुव्यवस्था कायम गर्न र निर्वाचनको वातावरण सिर्जनमा प्रदेश सरकारको पनि भूमिका उत्तिकै हुने उनको भनाइ थियो ।
गृहमन्त्री अर्यालले सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपछिका कार्यहरूमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू बनाएको गोष्ठीमा जानका...










