Tuesday, July 14

समाचार

रघुजी पन्तले उपाध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी
राजनीति, समाचार

रघुजी पन्तले उपाध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । महाधिवेशन प्रतिनिधिहरूको सुझावअनुसार उम्मेदवारी दिएको उनले बताए । ‘दुवैतिरका साथीहरूको आग्रहमा उम्मेदवारी दिएँ,’ उनले भने । नेता पन्त केपी शर्मा ओली समूहमा थिए । ओली समूहले उनलाई समेटेर प्यानल बनाएन । त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।एमालेको ११औं महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल अध्यक्षमा भिड्दैछन् ।...
रूद्रकली र खगेन्द्रप्रसाद कतारका लागि हिँडे
समाचार, समाज

रूद्रकली र खगेन्द्रप्रसाद कतारका लागि हिँडे

चितवन । कतार लैजान लागिएका चितवन राष्ट्रिय निकुञ्जका दुई हात्ती रुद्रकली र खगेन्द्रप्रसादलाई सोमबार विदाइ गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तसहित होटल व्यवसायीहरूले दुई हात्तीलाई सयपत्री फूलको माला लगाएर सौराहाबाट विदाइ गरेका हुन् । नेपाल सरकारका तर्फबाट कतारलाई उपहारस्वरूप ६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षकै पोथी हात्ती रुद्रकली पठाउन लागिएको हो । २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने बाचा गरेको थियो । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहा कार्यालयबाट रत्ननगरको बेल्सी पुलसम्म हिँडाएर ल्याएर हात्तीलाई खोरसहित ट्रकमा राखेर रुपन्देहीको भैरहवा विमानस्थल लगिनेछ । हात्तीलाई भैरहवामा भोलि एक दिन राखिनेछ । ...
बैंकहरूले पुसका लागि थप घटाए ब्याजदर
अर्थ, समाचार

बैंकहरूले पुसका लागि थप घटाए ब्याजदर

नेपालअखबार,काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरूले पुसका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहका बाबजुत नीतिगत दर घटेसँगै बैंकको ब्याजदर थप घटेको हो । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ मा झारेको थियो । यसले ब्याजदर थप घटाउन दबाब पुगेपछि बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर मंसिरको तुलनामा घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा मंसिरको तुलनामा पुसमा ०.२० प्रतिशत विन्दुले झरेको छ । मंसिरमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ५.०४०५ प्रतिशत थियो भने यो पुसमा ४.८३४ प्रतिशतमा झरेको हो । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । ...
नेपाल ट्रेड युनियन कांग्रेसमा ४० प्रतिशत युवा हुनुपर्ने माग
राजनीति, समाचार

नेपाल ट्रेड युनियन कांग्रेसमा ४० प्रतिशत युवा हुनुपर्ने माग

नेपालअखबार,काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको संरचनामा युवा श्रमिकको अनिवार्य सहभागिता सुनिश्चित गर्न माग गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिले केन्द्रीय नेतृत्वसमक्ष औपचारिक स्मरणपत्र पेस गरेको हो । काठमाडौँ–१० स्थित नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय समितिमा पेस गरिएको स्मरणपत्रमा बदलिँदो परिस्थितिलाई ध्यानमा राखेर युवा सहभागिता सुनिश्चित गर्नुपर्ने माग राखिएको छ । नेपाली श्रम बजारमा युवाको बढ्दो उपस्थिति, विश्वव्यापी श्रमिक आन्दोलनमा जेनजी पुस्ताको प्रभाव तथा संगठनभित्र युवाको न्यून सहभागितालाई ध्यान दिई नीतिमा सुधार गर्नुपर्ने माग राष्ट्रिय युवा समितिको छ । स्मरणपत्रमा उल्लेख गरिएअनुसार नेपालको श्रम शक्तिमा ३१ वर्ष मुनिका श्रमिकको हिस्सा ४० प्रतिशतभन्दा बढी छ । त्यसैगरी ४० वर्ष मुनिका श्रमिक ६० प्रतिशतभन्दा माथि छन् । यस्तो अवस्थामा श्रमिक आन्दो...
सुनको भाउले नाघ्यो २ लाख ६० हजार
कर्पोरेट, समाचार

सुनको भाउले नाघ्यो २ लाख ६० हजार

नेपालअखबार,काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ मूल्य तय गरेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि असोज ३१ गतेको मूल्य रेकर्ड अघिल्लो दिन आइतबार मात्रै तोडिएको थियो । अघिल्लो दिन २ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसअघि असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८७० रुपैयाँ पुगेको छ । चाँदीले यसअघि गत शुक्रबार हालसम्मकै उच्च ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनाएको छ ।...
३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण
राजनीति, समाचार

३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। सहमतिको प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको छ । सोमबार बिहान मनोनयन दर्ताका लागि फाराम वितरण हुँदा आकाङ्क्षीहरूको संख्या अत्यधिक देखिएको छ। एमाले महाधिवेशन प्रचार कमिटीका सदस्य चेतन अधिकारीका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटी (पदाधिकारी सहित) का लागि १४ सय भन्दा बढी मनोनयन फारम वितरण भइसकेको छ। फारम वितरण र दर्ताका लागि आज दिउँसो साढे १ बजेसम्मको समय तोकिएको छ। महाधिवेशन स्थलमा भृकुटीमण्डपमा कार्यकर्ता तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ भने निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारेको छ।...
ओली समूहले पनि टुंग्यायो पदाधिकारी उम्मेदवार
राजनीति, समाचार

ओली समूहले पनि टुंग्यायो पदाधिकारी उम्मेदवार

नेपालअखबार,काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पनि पदाधिकारीको नाम करिब टुंगो लगाएको छ । अध्यक्ष पदमा ओली आफैं उम्मेदवार छन् । शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ । उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ । ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखे पनि उनको नाम टुंगो लागिसकेको छैन । अहिले ओली र ज्ञवालीबीच छलफल जारी छ । यसैगरी उपमहासचिव पदमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको स्रोतले बतायो । ९ सचिवमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको स्रोतले बतायो । ईश्वर पोखरेल समूहले पनि पदाधिकारीहरुको प्यानल टुंगो लगाइसकेको छ । ...
सर्लाहीमा प्रहरीले गर्‍यो ४० बिघा गाँजा फँडानी
समाचार, समाज

सर्लाहीमा प्रहरीले गर्‍यो ४० बिघा गाँजा फँडानी

नेपालअखबार,जनकपुरधाम। सर्लाही प्रहरीले ठूलो मात्रामा गाजा फँडानी गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका १४ मायास्थान स्थित चुरे क्षेत्रमा लगाइएका ४० बिघा अवैध गाँजा खेती फडानी गरेको हो ।१३० जना नेपाल तथा सशस्त्र प्रहरी मिलेर ४० बिघा क्षेत्रमा लगाइएको २ लाख भन्दा बढी गाँजको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।...
कोरलास्थित सीमा क्षेत्रमा संयुक्त गस्ती
प्रशासन, समाचार

कोरलास्थित सीमा क्षेत्रमा संयुक्त गस्ती

नेपालअखबार,मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ । आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो । हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध, अवैध क्रियाकलाप र अवान्छित गतिविधि नियन्त्रणका लागि एक्याप लोमान्थाङ कार्यालयका कर्मचारी प्रतिनिधिसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त सुरक्षा गस्ती गरेको एक्याप लोेमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । प्रमुख पौडेलसहित लोमान्थाङ–२ नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी) र नेपाल प्रहरी गरी करिब एक दर्जन टोली सेताम्मे हिउँमा माइनस डिग्री तापक्रमको प्रवाह नगरी कोरल...
महबाटै करोडको कारोबार
समाचार, समाज

महबाटै करोडको कारोबार

नेपालअखबार,कैलाली । परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुन् दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आएका हमाल व्यवसायीमात्र होइन समाजका लागि एक प्रेरणा पनि हुन् । विसं २०५५ देखि माहुरीपालन व्यवसाय गर्दै आएका उनबाटै सिकेको सीपबाट कैयौँ युवाहरू माहुरीपालन व्यवसायमा संलग्न भएका छन् । त्यो समयमा १२–१५ जना माहुरीपालक किसान रहेका दाङमा अहिले चार–पाँच सय युवा त्यसैमा भविष्य खोजिरहेको हमाल बताउँछन् । दाङदेखि कैलालीसम्मका तराईका जिल्लामा घुमिरहने अनि माहुरीका घार घुमाइरहने हमाल यतिबेला कैलालीको भजनी नगरपालिकामा आइपुगेका छन्। उनले कैलाली र बर्दियाका विभिन्न ठाउँमा पाँच सय माहुरीका घार तोरी फुलेका खेतहरूमा राखेका छन् । “आजभोलि तोरीको फूल जता फुल्यो त्यतै माहुरीका घार बोकेर हिँड्ने गरेका छौँ”, उनले...