मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै
नेपालअखबार,चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक आंशिक बन्दको समयमा मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काट्ने तयारी गरिएको छ । सडक स्तरोन्नतिका लागि यही मङ्सिर २४ देखि आगामी पुस १ गतेसम्म दिउँसोमा दैनिक पाँच घण्टा सवारीसाधन रोकेर काम गरिँदै छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका आयोजना प्रमुख सजना अधिकारीका अनुसार राजमार्ग रोकिएको समयमा सवारी चाप कम हुने भएकाले चितवनको घोप्टेभिर र धादिङको खतौडी तथा डाहाकीमा भित्तो काट्ने काम गर्न लागिएको हो ।
उनका अनुसार काठमाडौँतर्फबाट आउने सवारीसाधन रोकिएपछि सडकमा चाप घट्ने छ । मुग्लिनतर्फबाट जाने सवारीसाधनलाई रोक्ने योजना नभएको भए पनि नागढुङ्गा–मलेखु सडक बन्द हुने भएकाले सवारीसाधनको चाप कम हुने छ । यही अवसरलाई उपयोग गर्दै आंशिक सवारी साधन रोकेर भित्तो काट्ने तयारी गरिएको अधिकारीले बताइन् ।
तीनवटै ठा...










