Monday, November 23

समाचार

चिनियाँ र भारतीय सैनिकबीच झडपको भिडियो भाइरल
विश्व, समाचार

चिनियाँ र भारतीय सैनिकबीच झडपको भिडियो भाइरल

नेपाल अखबार, एजेन्सि । विवादीत सीमा क्षेत्रमा चिनियाँ र भारतीय सैनिकहरु मुक्का र लठ्ठी बर्साउँदै भिडेको भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल बनेको छ । दुई देशबीच सीमामा भएको झडपको सम्भवतः पहिलोपटक सार्वजनिक भएको भिडियोमा सैनिकहरु एउटा नदीको किनारमा भिडिरहेको देख्न सकिन्छ । गत जुन १५ मा भारतको लद्दाख क्षेत्रमा रहेको गलवान क्षेत्रमा दुई देशका सैनिकबीच हिंस्रक झडप भएको थियो । उक्त घटनामा कम्तिमा २० जना भारतीय सैनिक मारिएका थिए । बेइजिङले भने उक्त घटनामा ब्यहोरेको क्षति सार्वजनिक गरेको छैन । चिनियाँ सैनिक स्रोतका अनुसार उक्त भिडियो सबैभन्दा पहिले मंगलबार राति सामाजिक  सञ्जालमा देखिएको थियो । उक्त भिडियो वास्तविक भएको र सम्भवतः केही महिनाअघि खिचिएको स्रोतको भनाइ छ । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा सैनिकहरुले बन्दुकको प्रयोग नगरेर संयमता देखाएको बताए । उक्त भिडियोमा चिनियाँ सैनिकहरुसँग लठ्ठी र ...
बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ
समाचार, समाज

बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

नेपाल अखबार, जनकपुरधाम । धनुषामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको लक्ष्मिनियाँ गाउँपालिका २ सिनरजोडा बस्ने बद्रीनाथ साहलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र मिश्रले बताए । साहले गत भदौ २० गते ती बालिकालाई ललाइफकाइ आफ्नो पसलमा बोलाइ छतमा लगेर मुख थुनेर बलात्कार गरेको प्रहरीको भनाइ छ । बलात्कार गरेर फरार भएका साहलाई महोत्तरीको मठियानीमा लुकिछिपी बसेको अवस्थामा बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय, धनुषाको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण
समाचार, स्वास्थ्य

सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

नेपाल अखबार, सुर्खेत  । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पीसीआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उनले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए । कोरोना महामारी नियन्त्रणमा खटिँदै आएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन् । उनले आफूलाई सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताए । “अहिले आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ”, उनले भने, “उच्च मनोबलका साथ तातोपानी, बेसार पानी पिएर कोरोना जितेर फर्कन्छु ।” अध्यक्षलाई सङ्क्रमण देखिनेबित्तिकै उनको नजिकको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा बसेका छन् । उनीहरुको स्वाब सङ्कलन गर्ने र...
आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो
प्रशासन, समाचार, समाज

आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो

नेपाल अखबार, काठमाडौँ ।  आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाइएको छ । स्थानीय प्रशासनले गत भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरिएको हो । बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय गरेको हो ।  निषेधाज्ञा थप खुकुलो भएपछि आज मध्यरातदेखि भदौ ३१ गते मध्यरातसम्मका लागि लागू हुने गरी विभिन्न निर्णय भएका छन् । जसअनुसार खुल्ला स्थानमा भिडभाड हुन, भेला हुन तथा जुलुस गर्न रोक लगाइएको छ भने नित्य पूजापाठबाहेक धार्मिकस्थलमा अन्य गतिविधि सञ्चालनमा रोक लगाइएको छ । यस्तै, भिडभाड हुने उद्योग कलकारखाना, व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्डविपरित हुने क्रियाकलाप गर्न पनि निषेध गरिएको छ । यसैगरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सुरक्षा मापदण्डविपरित श्रमिकको ओसारपसार गर्न, सभा, गोष्ठी, तालिम, सेमिनार...
चट्याङ लागेर एकको मृत्यु
समाचार, समाज

चट्याङ लागेर एकको मृत्यु

नेपाल अखबार, बागलुङ ।  बागलुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले ताराखोलामा गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लोका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामिले बताए । चट्याङके उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भैरहेको छ । युवाको शवलाई पोष्टमार्टमपछि आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।...
पोखरामा १९ सहित गण्डकीमा ४९ संक्रमित थपिए
समाचार, स्वास्थ्य

पोखरामा १९ सहित गण्डकीमा ४९ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। पोखरामा आज विहान १९ जना कोरोना संक्रमित थपिएका छन् । पोखराका छ वडामा गरी सो संख्यामा संक्रमित थपिएका हुन् । वडा नं ८ मा सात पुरुष र छ महिलामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी १५,३२,२५ र वडा नं १९ मा एक एक जनामा संक्रमण देखिएको छ । वडा नं ५ संक्रमित दुई जना छन् । वडा नं १५ का संक्रमित स्टाफ नर्स तथा ३२ का ५० वर्षीय पुरुष सोही अस्पतालमा उपचाररत पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बाग्लुङमा नौ, तनहुँमा तीन,स्याङ्जामा १२ पर्वतमा एक र नवलपरासीमा पाँच जना थपिएका छन् । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमित दुई हजार ७२८ जना पुगेका छन् ।...
ढोरपाटनको राहतकोषमा  दिपक मनाङ्गेको सहयोग
प्रदेश ४, समाचार

ढोरपाटनको राहतकोषमा दिपक मनाङ्गेको सहयोग

नेपाल अखबार, बागलुङ । गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे) ले ढोरपाटन नगरपालिकाकोे दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेका छन् । गुरुङले राहत कोषमा पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । भदौ १७ गते बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलाको बाढीले घरबारविहिन परिवारको पुनस्थापनामा सहयोग पु¥याउनको लागि सहयोग गरेको गुरुङले बताए । गुरुङले पठाएको सहयोग रकम प्रतिनिधि योगेश भण्डारीले नगरप्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुन तथा प्रमुख प्रसाशकिय अधिकृत धनप्रसाद पोखरेललाई हस्तान्तरण गरेका थिए । गुरुङ मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्यमा प्रतिनिधित्व गर्छन् । राहत रकम बुझ्दै नगरप्रमुख देवकुमार नेपालीले तत्कालको लागि खाद्य सामग्री, लत्ताकपडा धेरै संघसस्थाबाट प्राप्त भएकोले सकेसम्म राहत कोषमा आर्थिक सहयोग जुटाउने अभियानमा आफुहरु लागेको जानकारी गराएका थिए । साथै, मनाङ जिल्लाबाट...
नारायणगढ- मुग्लिन सडक एकतर्फी सञ्चालन
समाचार, समाज

नारायणगढ- मुग्लिन सडक एकतर्फी सञ्चालन

नेपाल अखबार, चितवन । नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । उक्त सडकखण्डमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । दुईवटा रुखसहित खसेको पहिराले दुई घण्टा सडक अवरुद्ध बनेको थियो । आज बिहान परेको मुसलधारे पानीले सो सडकखण्डअन्तर्गत अन्य क्षेत्रमा पनि लेदो झरेको र त्यो सफा गर्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए । रासस...
धादिङ केन्द्रबिन्दु भएर ४ रिक्टरस्केलको भूकम्प
समाचार, समाज

धादिङ केन्द्रबिन्दु भएर ४ रिक्टरस्केलको भूकम्प

नेपाल अखबार, काठमाडौं । बुधबार धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो ३ बजेर ४८ मिनेट जाँदा ४ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो । यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ  ।
सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ
प्रशासन, समाचार

सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ

नेपाल अखबार, काठमाडाैं। प्रहरीले सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौँका ४४ वर्षीय रामकाजी खड्गीलाई मंलबार ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो। उक्त सहकारीको सात वर्षसम्म प्रबन्धक पदमा कार्यरत रहँदा हिसाब तथा सहकारीको बैंक खाता सञ्चालनसमेतको सम्पूर्ण जिम्मा लिई हिसाब विवरण नदेखाइ पक्राउ परेका खड्गी ठगी गरेर फरार रहेका थिए। पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ।...