Monday, November 23

समाचार

बेरुत विष्फोटमा मृत्यु हुनेको संख्या १३५ पुग्यो
विश्व, समाचार

बेरुत विष्फोटमा मृत्यु हुनेको संख्या १३५ पुग्यो

नेपाल अखबार, एजेन्सि। लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । चार हजारभन्दा धेरै मानिस घाइते भएका छन् । मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो । राष्ट्रपति माइकल आउनले अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन् । लेबनान सरकारले यो विष्फोटको अनुसन्धान सुरु गरिसकेको जनाएको छ । अनुसन्धानका लागि बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको छ । विष्फोट यति भयानक थियो कि त्यसको आवाज करिब २४० किलोमिटर टाढा रहेको साइप्रससम्म सुनिएको थियो । विष्फोटका कारण भवनहरु भत्किएर खण्डहरमा परिणत भएका छन् । टाढा–टाढासम्मका भौतिक संरचनामा पनि क्षति पुगेको छ । यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेरुत विस्फोटलाई आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणव...
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गोरखामा ६, पूर्वी नवलपरासीमा ३ तथा कास्की र पर्वतमा १–१ जना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ५ सय ६६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान साढे ६ बजे दिएको जानकारीअनुसार गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर ६ र ९ मा एक–एक जना संक्रमित फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिकामा पनि दुई जना कोरोना संक्रमित पुरुष फेला परेका छन् । तर उनीहरुको वडा नम्बर खुलेको छैन । गोरखा नगरपालिकामा पनि २४ वर्षीया एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको तर उनको पनि वडा नम्बर नखुलेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसैगरी पूर्वी नवलपरासीको हुप्सेकोट...
कोरोना संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु

नेपाल अखबार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।  मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् । उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।...
वीरगञ्ज कारागारमा जेलरसहित २९ जनामा कोरोना संक्रमण
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगञ्ज कारागारमा जेलरसहित २९ जनामा कोरोना संक्रमण

इरफान अलि, वीरगञ्ज । वीरगञ्ज कारागारमा बुधबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १८ गते संक्रमित भेटिएकाहरुसँगको सम्पर्क भएका १ सय १८ जनाको स्वाब परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको हो । कारागार कार्यालयका प्रमुख श्रवण पोखरेलसहित २९ जनामा कोरोना देखिएको वीरगञ्ज कारागार कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमुखसहित २ जना कर्मचारी, ३ जना नेपाली सेना र २४ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालय प्रमुख पोखरेलले कर्तव्य पालनाको क्रममा कोरोना संक्रमण पुष्टि भएको बताए । ‘कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाबको नमुना दिएका थियौं’ उनले भने, ‘मसहित २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आफू आइसोलेसनमा बस्नुका साथै कारागारका कैदीबन्दीलाई पनि आइसोलेसनमा राख्न प्रबन्ध मिलाउँदैछु ।’ वीरगञ्ज कारागारमा १ हजार २ सय ५० जना भन्दा बढी कैदीबन्दी छन् । कारागारमा स्वाब संकलन भइरहँदा...
ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित
राजनीति, समाचार

ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित

नेपाल अखबार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज साँझ हुने भनिएको भेटवार्ता स्थगित भएको छ । दुई अध्यक्षबीच तय भएको भेटवार्ताको कार्यक्रम स्थगित भएको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । बैठक बिहीबार बिहान बस्ने तय भएको समेत उनले जानकारी दिएका छन् ।...
तनहुँमा करेन्ट लागेर एक युवकको मृत्यु
समाचार

तनहुँमा करेन्ट लागेर एक युवकको मृत्यु

नेपाल अखबार, तनहुँ । करेन्ट लागेर आज दिउँसो तनहुँमा एक युवकको मृत्यु भएको छ । व्यासनगरपालिका–४ निवासी ३० वर्षीय सुवास श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । व्यासनगरपालिका–१ विज्ञानचौरस्थित पिताम्बर थापाको घरमा वल्डलिङ्कको नेट जोड्ने क्रममा उक्त घट्ना भएको हो । करेन्ट लागेर सख्त श्रेष्ठको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा लैजाँदा चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । रासस...
बागलुङमा संक्रमित मध्ये १ स्टाफ नर्स, सम्पर्कमा आएका १३ लाई क्वारेन्टिनमा
समाचार, स्वास्थ्य

बागलुङमा संक्रमित मध्ये १ स्टाफ नर्स, सम्पर्कमा आएका १३ लाई क्वारेन्टिनमा

नेपाल अखबार, पोखरा । बागलुङमा कोरोना संक्रमण पुष्टि भएका मध्ये १ जना धौलागिरी क्याम्पसको क्वारेन्टिनमा कार्यरत स्टाफ नर्स रहेको खुलेको छ । धौलागिरी अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलका अनुसार एक २५ वर्षीया नर्समा कोरोना संक्रमण देखिएको हो । कोरोनाको लक्षण देखिए पछि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा उनमा कोरोना पोजिटिभ देखिएको डा. पोखरेलले जानकारी दिए । संक्रमित सँगै ड्युटीमा रहेकी अन्य एक नर्सको पनि स्वाब संकलनका लागि पठाइएको तथा उनको सम्पर्कमा रहेका अन्य १३ जनालाई क्वारेन्टिनमा राखिएको पोखरेलले बताए । संक्रमितको ट्राभल हिस्ट्री नरहेको तथा उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि पोखरेलले जानकारी दिए । गण्डकीमा मात्रै आज थप १२ जनामा कोरोना पुष्टि भएको छ जसमध्ये पोखरा महानगरका मात्रै १० जना रहेका छन् ।...
ललितपुरको बंगलामुखी केन्द्रबिन्दु भएर भूकम्पको धक्का
समाचार

ललितपुरको बंगलामुखी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

नेपालअखबार, काठमाडौं । ललितपुरको बंगलामुखी आसपास केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्पको धक्का गएको छ । बुधबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा ३.५ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि मंगलबार राति पनि थापाथली केन्द्रबिन्दु भएर ३ रिक्टरस्केल भन्दा कम मापन गरिएको भूकम्पको धक्का गएको थियो ।...
पर्सामा थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अली, वीरगञ्ज। पर्सामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण बुधबार २६ जना महिलासहित कुल १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्ज कारागारका प्रमुखसहित १३३ जनामा कोरोना सक्रमणको पुष्टि भएको हो, जसमध्ये बाराका एक क्वारेन्टाइनका १७ जना रहेका छन् । कोरोना पुष्टि भएकाहरु ५ वर्षदेखि ६० वर्ष उमेर समूहका रहेका नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी गराए । वीरगञ्ज महानगरपालिका विर्तास्थित त्रीजुद्व स्कुलको क्वारेन्टाइनका ७६ जना, वीरगञ्ज कारागारका ३२ जना, बाराको सिमरास्थित क्वारेन्टाइनका १७ जना, वीरगञ्ज मेयरका कन्ट्र्याक्ट ट्रेसिङ्गका अधारमा थप ५ जना, कोभिड अस्पताल गण्डकका २ जना र नेशनल मेडिकल कलेजका १ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । कोरोना पुष्टि भएकाहरुमध्ये अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन ...
बुधबार थपिए ३ सय ८१ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

बुधबार थपिए ३ सय ८१ कोरोना संक्रमित

नेपाल अखबार, पोखरा । नेपालमा बुधबार थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ। यसै गरी पछिल्लो २४ घण्टामा १ सय ३० जना निको भइ घर फर्किएका छन् । यससँगै १५ हजार १ सय ५६ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० रहेको छ।‍...