Wednesday, November 25

समाचार

एउटा काम गर्दा अर्को संरचना नष्ट गर्ने विकास प्रणालीले धेरै विग्रिएको छ, सपार्ने प्रयासमा छौँ — वडाध्यक्ष संगत
समाचार, समाज

एउटा काम गर्दा अर्को संरचना नष्ट गर्ने विकास प्रणालीले धेरै विग्रिएको छ, सपार्ने प्रयासमा छौँ — वडाध्यक्ष संगत

नेपालअखबार,काठमाडौँ । पाशुपत क्षेत्र जयवागेश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको छ । पुस ६ गते र ९ गते रातभरको प्रयास गरेपछि १० गते बिहान पाइप राखेर निकास खोलिएको हो । ‘यो ढुङ्गेधारा लिच्छवीकालीन हो ।’ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगत भन्नुहुन्छ, ‘प्राचीन यो संरचनाबाट पानीको निकासका लागि बनाइएको ढलमा मानिस पसेर सफाइ गर्न सक्ने थियो । सहरीकरणसँगै खानेपानी वितरण लाइन जडान गर्दा मौलिक र परम्परागत वृहत ढल संरचना नासेर पाइप राखेपछि करिब २५ वर्षअघि धाराबाट पानीको निकास बन्द भएको थियो ।’ निकास खोल्ने प्रयासका बारेमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘विगत १० वर्षअघि पनि प्रयास गरिएको थियो । तर, त्यसबेला सम्भव भएन । यसपटक करिब ६० मिटर लम्बाइ र ९ देखि १२ फिटसम्मको गहिराइ पहिल्याएर नियमित काम गरेपछि निकास खोल्न सकियो ।’ पानी...
जनकपुरधाममा ई–रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन
प्रशासन, समाचार

जनकपुरधाममा ई–रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

नेपालअखबार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापान, सञ्चालन तथा दर्ताको विषयमा भइरहेको समस्या समाधानका लागि पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको छ । आज जनकपुरधाममा बसेको जिल्लास्थित यातायात व्यवस्था समितिको बैठकले मधेस प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐनअनुसार १५ दिनभित्र उक्त विषयका सन्दर्भमा अध्ययन गरी सम्बन्धित निकायमा प्रतिवेदन पेस गर्नेगरी अध्ययन समिति गठन गरेको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलकोको अध्यक्षतामा आज जनकपुरधाममा बसेको बैठकले यातायात कार्यालय धनुषाका प्रमुख धनञ्जयकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ । समितिले बागमती प्रदेशको राजधानी हेटाैँडा, कोशी प्रदेशको राजधानी विराटनगर तथा मधेस प्रदेशको राजधानी वीरगन्ज नगरक्षेत्रमा सञ्चालित ई–रिक्साको व्यवस्थापन, सञ्चालन रुट, अनुमति तथा दर्ताबा विष...
निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड
राजनीति, समाचार

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

नेपालअखबार,ललितपुर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । सानेपास्थित पार्टी कार्यालयमा आज अपराह्न सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मुलुकमा निर्वाचनको वातावरण बनिनसकेको बताए । ढुक्क भएर चुनावमा जान सक्ने अवस्था सृजना भइनसकेकाले सरकार निर्वाचनको विश्वसनीय वातावरण बनाउनेतर्फ लाग्नुपर्नेमा उनले जोड थियो । “ निर्वाचनको विश्वसनीय वातावरण नबनेकाले संसद् पुनःस्थापनाको आवाज उठेको हो, ” उनले भने । उपसभापति गुरुङले सबै मिलेर निर्वाचनमा जानुपर्ने, त्यो निर्विवाद रुपमा हुनुपर्ने र निर्वाचनमा नै सरकारको अर्जुनदृष्टि हुनुपर्ने सुझाव दिए ।...
रास्वपामा समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु
राजनीति, समाचार

रास्वपामा समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु गरेको छ । पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिनपछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान (प्राइमरी भोटिङ) हुने जनाइएको छ । प्रवक्ता झाकाअनुसार यस प्रक्रियामा देशभरबाट निवेदन दिएका करिब चार सय आकांक्षी सहभागी छन् । तीमध्येबाट ११० जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश गरी निर्वाचन आयोगमा बुझाइने छ । उम्मेदवार छनोट तथा प्रतिस्पर्धाका सबै कार्यक्रम काठमाडौँको गोंगबुस्थित बिजी ब्याङ्क्वेटमा सञ्चालन भइरहेको छ । प्रवक्ता झाले यही पुस ५ गते आयोजित छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका वा सहभागी हुन नपाएका समानुपातिक उम्मेदवारका आकांक्षीहरूलाई पुनः छलफलमा ...
रविलक्षित प्रसाईंको टिप्पणी- बाघ आयो, सहकारी जोगाएर राख्नू
राजनीति, समाचार

रविलक्षित प्रसाईंको टिप्पणी- बाघ आयो, सहकारी जोगाएर राख्नू

नेपालअखबार,काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध खनिएका छन् । स्याङ्जाको वालिङमा उक्त अभियानले आज गरेको कार्यक्रममा प्रसाईंले रास्वपा सभापति रविलाई लक्षित गर्दै भने, ‘यहाँ बाहिर के भनेर ह्विम चलाइन्छ भने बाघ आयो बाघ । बाघ आएको छ बाहिर सहकारी जोगाउनु राख्नू ।’ प्रसाईंले भदौ २४ गते सिंहदबार, अदालतमा आगो लगाउने र रविलाई नख्खुबाट छुटाउने समूह एउटै रहेको दाबी गरे । ‘सिंहदरबारमा आगोे लाग्यो । त्यही टिम गएर अदालतमा आगो लगायो । त्यही टिम गएर रविलाई छुटायो । रविलाई अहिले जेलबाट निकालियो,’ प्रसाईंले भने । रवि जेलबाट छुटेपछि उनलाई भेट्ने प्रति पनि प्रसाई आक्रोशित देखिए । उनले भने, ‘सुदन गुरुङ रविसँग जाने । अर्को, पनि रविसँग जाने भनेपछि मैले भनेको कुरा पुग्यो कि पुगेन ? कत्रो साँठग...
नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित
समाचार, समाज

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित

नेपालअखबार,जनकपुरधाम । नेपाल जेसीजको वर्ष २०२६ का लागि नयाँ राष्ट्रिय नेतृत्व चयन भएको छ । जनकपुरधाममा सम्पन्न नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनबाट रामेछाप जीसीजका युवा नेता जेसी जीवन बहादुर कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । चार जना उम्मेदवारबीच भएको प्रतिस्पर्धात्मक निर्वाचनमा कार्की बहुमतसहित विजयी भएका हुन् । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई नेतृत्व, उद्यमशीलता र सामाजिक रूपान्तरणतर्फ अग्रसर गराउँदै आएको नेपाल जेसीज आन्दोलनको नेतृत्व अब कार्कीको काँधमा आएको हो । कार्कीले नेपाल तथा अन्तर्राष्ट्रिय तहका विभिन्न तालिम र एकेडेमीहरूमा सहभागिता जनाउँदै नेतृत्व विकासमा आफूलाई सशक्त बनाउँदै आएका छन् । लक्ष्यबिनाको सक्रियताबाट उपलब्धि सम्भव नहुने उल्लेख गर्दै उनले योजनाबद्ध कार्यान्वयन र ठोस परिणाममा केन्द्रित नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको नेतृत्वको प्...
महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राजनीति, समाचार

महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्रीमै चुनाव लड्ने घोषणा गरेका छन् । बिहीबार धुम्बाराहीमा आयोजित पत्रकारहरुसँग भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । ‘१४औं महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडेको हुँ । त्यसमा विजयी हासिल गर्न सकिँन’ पौडेलले भने, ‘महामन्त्री नै लडिसकेको कारणले अब महामन्त्रीभन्दा तल जाने कुरा भएन । महामन्त्रीभन्दा माथि मेरो परिस्थिति बनेको पनि छैन । त्यसो भएको हुनाले मेरो सोच महामन्त्रीमै आफूलाई प्रस्तुत गर्ने रहेको छ ।’कांग्रेस भित्रबाट समेत आफूलाई यही सुझाव प्राप्त भएको उनले बताए । अगाडि भनेका छन्, ‘साथीहरू धेरैले पनि महमामन्त्रीमै गर्नुस् भन्नुभएको छ ।’...
शिक्षामा लगानी बढाउन आवश्यक छ : प्रधानमन्त्री कार्की
शिक्षा, समाचार, समाज

शिक्षामा लगानी बढाउन आवश्यक छ : प्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडाैँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउन जरुरी रहेको बताएकी छन् । बिहीवार त्रिभूवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले नेपालमा शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्न जरुरी रहेको बताइन् । विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक रहेको पनि बताइन् । शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा निरन्तर असफल भइरहेको उनले बताइन् । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता वोध भएअनुसार यसबारे परामर्श र गृहकार्य भइरहेको उनकाे भनाइ छ । उनले भनिन, ‘नेपालमा शिक्षामा लगानी गर्नुपर्ने आवश्यकता छ । सँगै यस क्षेत्रमा सुन्ने गरिएको दलीय राजनीतिकरणको अवस्थालाई अन्त्य गरी विश्वविद्...
आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा
प्रशासन, समाचार

आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सल्लाह, सुझावका लागि जारी गरेको हो । आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ। जारी आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने, विद्युतीय माध्यम वा सूचना प्रविधिको उपयोग गर्न सकिने व्यवस्था गरिएको छ। आचारसंहितामा निर्वाचन घोषणापत्...
मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु
दुर्घटना, समाचार, समाज

मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु

नेपालअखबार,काठमाडौँ । कोशी प्रदेशका क्रिकेट खेलाडी मिनश थापाको सवारी दुर्घटनामा निधन भएको छ । कोशी प्रदेश क्रिकेट संघका अनुसार थापाको दुर्घटनामा  निधन भएको हो । कोशी प्रादेशिक क्रिकेट संघले थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । ‘मिनाश कोशी प्रदेशको क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान दिने एक प्रतिभाशाली खेलाडी हुनुहुन्थ्यो । उहाँको असामयिक निधनले नेपाली क्रिकेट, विशेषगरी कोशी प्रदेशले एक उज्ज्वल भविष्य बोकेको खेलाडी गुमाएको छ,’ सङ्घले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ ।...