Monday, October 26

समाचार

सुरक्षा जोखिमका कारण नेपाल राष्ट्र बैंकका वेबसाइट र सेवा अस्थायी बन्द
प्रविधि, बैंक-बिमा, समाचार

सुरक्षा जोखिमका कारण नेपाल राष्ट्र बैंकका वेबसाइट र सेवा अस्थायी बन्द

नेपालअखबार,काठमाडौं । वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै सुरक्षा जोखिमका कारण वेबसाइट तथा सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको हो । सेवा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ । यस अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकको आधिकारिक सामाजिक सञ्जाल हेर्न पनि अनुरोध गरिएको छ । राष्ट्र बैंकले उक्त सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई अपिल गरेको छ । साथै, सर्भरमा प्र...
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
समाचार, समाज

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालअखबार,बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत सात वर्षदेखि ‘थ्रेसर मेसिन’ सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन् । गाउँका धेरै युवाहरू वैदेशिक रोजगार वा अन्य पेसामा अल्झिरहेका बेला शेखले आफ्नै गाउँठाउँमा कृषि सेवा व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो प्रमाण पेस गरेका छन् । रु तीन लाख ५० हजार लगानी गरेर थ्रेसर मेसिन खरिद गरेका उनले धानबालीको मुख्य याममा मात्रै सम्पूर्ण खर्च कटाएर करिब रु एक लाख ५० हजारसम्म खुद मुनाफा कमाउने बताए । उनले थ्रेसर मेसिन सञ्चालन गरेबापत प्रतिघण्टा रु दुई हजार ५०० वा एक क्विन्टल धान बराबर १२ किलो धान सेवा शुल्कबापत लिने गरेका छन् । “विशेष गरी धेरै जग्गा भएका र घरमा काम गर्ने जनशक्ति कम भएका कृषकहरूले थ्रेसरको बढी माग गर्नुहुन्छ”, आफ्नो व्यवसायको अनुभव सुनाउँदै शेखले भने, “थ्रेसरले एक घण्टामा १० कट्ठासम्मको धानब...
साउदी अरबको रक्षाका लागि बेलायतले खटायो टाइफून लडाकु विमान
विश्व, समाचार

साउदी अरबको रक्षाका लागि बेलायतले खटायो टाइफून लडाकु विमान

नेपालअखबार,काठमाडौं । साउदी अरबको रक्षाका लागि बेलायत सरकारले रोयल एयर फोर्सका टाइफून लडाकु विमानहरू तैनाथ गर्ने निर्णय गरेको छ । हुथी विद्रोहीहरूले मिसाइल र ड्रोन आक्रमणहरू बढाएपछि यो कदम चालिएको हो । यो रक्षात्मक अभियानको मुख्य उद्देश्य ईरान समर्थित हुथी समूहका हवाई आक्रमणहरूबाट साउदी अरबका शहरहरू र पूर्वाधारहरूको सुरक्षा गर्नु हो । प्रधानमन्त्री एन्डी बर्नहमले यो सैन्य तैनाथीलाई औपचारिक रूपमा स्वीकृति दिएका छन् । बेलायतका रक्षा मन्त्री वेस स्ट्रिटिङले मङ्गलबार एक लिखित बयान जारी गर्दै भनेका छन्, ‘यी विमानहरू रक्षात्मक भूमिकामा काम गर्नेछन् । हुथी विद्रोहीहरूविरुद्ध कुनै आक्रामक आक्रमण गर्ने छैनन् ।’ के–के छन् टाइफून लडाकु विमानका विशेषता ? बेलायतको रोयल एयर फोर्स (आरएएफ) ले प्रयोग गर्ने युरोफाइटर टाइफून आधुनिक बहुउद्देश्यीय लडाकु विमान हो । उच्च गति, शक्तिशाली इन्जिन, आधुनिक राडार प...
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प
विदेश, समाचार, समाज

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प

नेपालअखबार, काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो । भूकम्पमा परी घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जनालाई सामान्य चोट लागेको छ । शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको विवरणअनुसार भूकम्पले ३०० भन्दा बढी घर भत्किएका छन् । भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् । उद्धार तथा राहतका लागि ३०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । त्यसैगरी, क्षेत्रीय अग्नि तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा ३४७ जना जनशक्ति खटाएको छ । भूकम्पबाट भएको समग्र क्ष...
युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्ति वार्ता गर्न पुटिन सहमत
राजनीति, विश्व, समाचार

युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्ति वार्ता गर्न पुटिन सहमत

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकाको मध्यस्थतामा युक्रेनसँग अर्को महिनादेखि शान्ति वार्ता पुनः सुरू गर्न सहमत भएका छन्। बुधबार पुटिन र अमेरिकी विशेष दूत स्टिभ विटकफबीच भएको भेटपछि शान्ति वार्ता गर्न सहमत भएको रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले जानकारी दिएको रोयटर्सले जनाएको छ। दोस्रो विश्वयुद्धपछि युरोपमा भएको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रयासअन्तर्गत पुटिन र विटकफबीच रूसको सेन्ट पिटर्सबर्गस्थित एक दरबारमा वार्ता भएको थियो। पुटिन र विटकफबीच व्यक्तिगत रूपमा भएको यो नवौँ भेट हो। वार्ताको सुरूवात सद्भावपूर्ण कदमबाट भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमा हिरासतमा रहेका अवकाशप्राप्त अमेरिकी शिक्षक स्टेफन हबर्डलाई रिहा गर्न पुटिनसँग आग्रह गरेका थिए। त्यसपछि रूसले उनलाई रिहा गरेको थियो। यद्यपि, अमेरिकाले युक्रेनलाई दिँदै आएको समर्थन कमजोर प...
मोटरसाइकल दुर्घटनामा बुबा-छोराको मृत्यु
दुर्घटना, समाचार

मोटरसाइकल दुर्घटनामा बुबा-छोराको मृत्यु

नेपालअखबार,अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ। भूमिकास्थान नगरपालिका-२, भूमेकाथानमा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा भूमिकास्थान–८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिवस जिसीले जानकारी दिए। छोराको नाम खुलिसकेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
रातभर मनाएर सकियो तलेजुको जात्रा
धर्म/संस्कृति, समाचार, समाज

रातभर मनाएर सकियो तलेजुको जात्रा

नेपालअखबार,भक्तपुर । विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायस्द्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेतो घोडा जात्रा एकादशीको दिन आज बिहान सम्पन्न भएको छ । विजयादशमीको दिनभर ब्रह्मायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण ब्रह्मयणीबाट राति भक्तपुरको विभिन्न टोल घुमेर जात्रा गर्दै दरबारस्क्वायर आएपछि बहिनी ब्रम्हायणीले दिदी तलेजु भवानीलाई दर्शन एवं ढोग गरी मन्त्रसिद्धि गरिने परम्पराअनुसार जात्रा सम्पन्न भएको हो । राति नै नवदुर्गा देवगृहतर्फ जाने र तलेजु दरबारस्क्वायरस्थित जगन्नाथ (पशुपति) मन्दिरको परिक्रसहित ढोग गरी तलेजुको देवगृहमा प्रवेश गराएर जात्रा बिहानी पख सम्पन्न गरिएको हो । खड्ग जात्राका क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पाय द्यो:लाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा छ । तलेजुका पूर्व...
नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण
समाचार, समाज

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

नेपालअखबार,कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न तटीय क्षेत्रमा पाँच हजार बिरुवा वृक्षरोपण गरिएको छ। डिभिजन वन कार्यालय कञ्चनपुर, दातृ निकाय र स्थानीयको जनश्रमदानमा बाढीले क्षति गरेको जग्गा संरक्षण गरेर वृक्षरोपण गरिएको हो। मछेली सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर महताले नदीको बगरमा विभिन्न प्रजातिका छ हजार बोट बिरुवा वृक्षरोपण गरेको बताए। उनका अनुसार डिभिजन वन कार्यालय कञ्चनपुरको रु एक लाख, जनहित महाकाली वन उपभोक्ता समितिबाट रु दुई लाख, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घबाट रु दुई लाख पच्चिस हजार र समुदायको जनश्रमदान रु ४३ हजार सहयोगमा करिब १० बिघा क्षेत्रफलमा वृक्षरोपण गरिएको हो। “डिभिजन वन कार्यालय र सामुदायिक वनको सहयोगमा वृक्षरोपण गरेर संरक्षण गरेका छौँ”, अध्यक्ष महताले भने, “संरक्षण गरिएको नदी बगरको घाँस बिक्री गर...
आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने
समाचार, समाज

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

नेपालअखबार, तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चार वटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ । यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौँबीच ठेक्का सम्झौता भइसकेको छ । आयोजनाको जलाशय निर्माणका कारण प्रभावित हुने झोलुङ्गे पुलहरूको पुनः स्थापना तथा पुनर्निर्माणका लागि सम्झौता गरिएको हो । ठेक्का सम्झौताको रकम करबाहेक रु १६ करोड ९७ हजार ३८ रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार जलाशयबाट प्रभावित हुने पुलमध्ये स्थानीयवासीसँगको परामर्शमा उपयुक्त स्थान छनोट गरी चार वटा पुल पुनर्निर्माण गर्न लागिएको हो । पुल निर्माणका लागि आवश्यक उपकरण तथा सामग्रीसमेत आपूर्ति भइसकेको उनले जानकारी दिए । आयोजनाअन्तर्गत चुलेसी, टुनिबोटे, डब्ल्याङ र टुटुवामा झोलुङ्गे पुल निर्माण ग...
पर्सामा एक महिना १११ अपराधका घटना दर्ता
प्रशासन, समाचार

पर्सामा एक महिना १११ अपराधका घटना दर्ता

नेपालअखबार,वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११ अपराधका घटना दर्ता भएको छ । तीमध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीसम्बन्धी नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका चार घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको छ । त्यसैगरी कर्तव्य ज्यानका एक, हातहतियारसम्बन्धी दुई, बैंकिङ कसुरका १३, जुवातासका दुई र ठगीको एक घटना अभिलेख गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहारी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । उनका अनुसार लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्...