Monday, September 7

समाचार

भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
राजनीति, समाचार

भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

नेपालअखबार,काठमाडौं । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।अघिल्लो वर्ष भर्दा २३ र २४ गते भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
ट्रम्पको धम्कीको बाबजुद इरानले गर्‍याे अमेरिकी सैन्य आधारमा आक्रमण
राजनीति, विश्व, समाचार

ट्रम्पको धम्कीको बाबजुद इरानले गर्‍याे अमेरिकी सैन्य आधारमा आक्रमण

नेपालअखबार, काठमाडाैँ। राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धको ६ महिनामा नयाँ युद्ध भड्काउने धम्कीको बावजुद इरानले बिहीबार कुवेतमा अमेरिकी सैन्य आधारमा आक्रमण गरेको छ। देशभरका स्थलमा व्यापक अमेरिकी बमबारीमा कम्तिमा १९ जना इरानी मारिएपछि अमेरिकी सेना इरानमा कुनै पनि समयमा आक्रमण गर्न तयार रहेको ट्रम्पले बताए। तेहरानले भने कुवेत, जोर्डन, संयुक्त अरब इमिरेट्स, बहराइन र इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रसहित मध्यपूर्वमा विभिन्न अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेर आक्रमणको बदला लिएको छ। निरन्रको द्वन्द्वले युद्धलाई बढवा दिएको छ भने इरानले स्ट्रेट अफ हर्मुजमा तेल निर्यात मार्गमा आफ्नो पकड कायम राख्ने प्रयासलाई अमेरिकाले इरानी बन्दरगाहको प्रति–अवरोधलाई दबाब दिइरहेको छ। सुरक्षा प्रमुख मोहसेन रेजाईले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै इरानले युद्धमा “नयाँ रणनीति” अपनाएको बताए। कुवेतको सेनाले ...
प्रतिनिधि सभा बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभा बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ। सिंहदरबारमा बिहीबार दिउँसो १ बजे बैठक बस्ने तय छ। बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। माननीय उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले 'नेपाल भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता' पेस गर्ने कार्यसूची छ। माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले 'संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता' पेस गर्ने कार्यसूची रहेको छ।...
नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा ढुंगा खस्यो, नयाँ पुलबाट सवारी सञ्चालन
समाचार, समाज

नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा ढुंगा खस्यो, नयाँ पुलबाट सवारी सञ्चालन

नेपालअखबार, काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत नाम्सी खोला पुल नजिकै माथिबाट ढुंगा खसेको छ । बिहीबार बिहान पुल नजिकैको ढिकबाट स–साना ढुंगाहरू सडकमा झरेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक डिभिजनले बिहान ९ः३५ बजे एक सूचना जारी गर्दै सडकमा खसेका ढुंगाहरू पन्छाउने तयारी भइरहेको जानकारी दिएको छ । स–साना ढुंगाहरू मात्र झरेको हुनाले त्यसलाई हटाएर सडक पूर्ण रूपमा सुचारु गर्न धेरै समय नलाग्ने कार्यालयले स्पष्ट पारेको छ । ढुंगा खसेर पुरानो सडक प्रभावित भए पनि हाल सोही स्थानमा निर्माण भएको नयाँ पुलबाट सवारी आवागमन नियमित रूपमा भइरहेको छ । त्यसैले यात्रुहरू बिचमै रोकिनुपर्ने अवस्था भने छैन । यद्यपि, सडक माथिबाट ढुंगा खस्ने जोखिम कायमै रहन सक्ने भएकाले उक्त सडकखण्ड प्रयोग गर्ने चालक तथा यात्रुहरूलाई विशेष सावधानी अपनाउन सडक डिभिजन भरतपुरले अपिल गरेको छ । कार्यालयले भनेको छ...
तीन दिनको मौसम चेतावनी, यी जिल्लामा भारी वर्षाको सम्भावना
समाचार, समाज

तीन दिनको मौसम चेतावनी, यी जिल्लामा भारी वर्षाको सम्भावना

नेपालअखबार, काठमाडौँ । आगामी तीन दिन अधिकांश जिल्लामा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले भारी वर्षा हुने जिल्लामा सतर्कता अपनाउन भनेको छ । त्यस्तै १८ गते राती कोशी,बागमती प्रदेशको हिमाली तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षा हुने जनाएको छ । त्यसैगरी भदौ १९ गते दिउँसो कोशी, वामगती र गण्डकी प्रदेशको हिमाली भूभाग र वामगती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागसहित सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । भदौ २० गते कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग, बागमती र गण्डकीसहित कर्णालीका पहाडी तथा लुम्बिनी र सुदूरको तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले भारी वर्षा हुने जिल्लालाई सुन्तला रङले चिनाएको छ । ...
भोटेकोशी बाढी : डीएनए परीक्षणबाट पहिचानको आशमा आफन्त
प्रशासन, समाचार, समाज

भोटेकोशी बाढी : डीएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

नेपालअखबार,चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना सन्तान र आफन्तको खोजतलासमा रहेका परिवार अहिले डीएनए परीक्षणमार्फत भए पनि पहिचान हुने आशमा छन् । चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि बाढीमा हराइरहेका व्यक्तिका आफन्तहरूको डीएनए नमुना (रगत) सङ्कलन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवन, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर (सेवा इकाइ चितवन) र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा हराएका आफन्तबाट रगतको नमुना सङ्कलन भइरहेको छ । बारा कलैयाका भगवान शर्मा भोटेकोशीको बाढीपछि छोरा हराएपछि सम्भावित स्थानमा खोजी गर्दै भौँतारिए । छोराको कुनै पत्तो नपाएपछि डीएनए परीक्षण गराएमा पहिचान हुनसक्छ भन्ने थाहा पाएर उनी नागरिकताको फोटोकपी र आफ्नो फोटोसहित चितवन आइपुगे । डीएनए नमुना दिए पनि उहाँको मन अझै ढुक्क ह...
एलडीसी मन्त्रीस्तरीय बैठकमा मन्त्री चौधरी : नेपाललाई सहानुभूति होइन, जलवायु न्याय र क्षतिपूर्ति चाहिन्छ
राजनीति, समाचार

एलडीसी मन्त्रीस्तरीय बैठकमा मन्त्री चौधरी : नेपाललाई सहानुभूति होइन, जलवायु न्याय र क्षतिपूर्ति चाहिन्छ

नेपालअखबार,काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाललाई विश्व समुदायको सहानुभूतिभन्दा जलवायु न्याय र क्षतिपूर्ति चाहिने बताएकी छन् । टिमोर–लेस्टेको राजधानी दिलीमा आयोजित अति कम विकसित राष्ट्रहरू (एलडीसी) को मन्त्रीस्तरीय बैठकमा भोटेकोशी विपद्लाई जलवायु संकटको ज्वलन्त उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले उक्त कुरा बताएकी हुन्। मन्त्री चौधरीले हरितगृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु परिवर्तनको मार खेपिरहेको नेपालजस्ता देशहरूलाई सहानुभूति मात्र नभई जलवायु न्याय र अनुदानमा आधारित वित्त आवश्यक रहेकोमा जोड दिइन् । बिहीबार मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले गत भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको हिम–चट्टान पहिरोले अकल्पनीय क्षति पुर्‍याएको अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइन्। ‘यस विपत्तिमा हामीले १ हजार २०६ जना गुमाइसकेका छौँ, अझै ४ हजार...
रास्वपा सचिवालय बैठक बस्दै
राजनीति, समाचार

रास्वपा सचिवालय बैठक बस्दै

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषय लगायतबारे छलफल हुने नेता जगदीश खरेलले जानकारी दिए ।बैठक बिहीबार बिहान १० बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बस्ने छ ।...
नेपालमा गएको विनाशकारी हिमपहिरो र लेदोसहितको बाढीको वैज्ञानिक विश्लेषण
समाचार, समाज

नेपालमा गएको विनाशकारी हिमपहिरो र लेदोसहितको बाढीको वैज्ञानिक विश्लेषण

नेपालअखबार,काठमाडौँ । नेपालमा विनाशकारी बाढी किन गयो र यसले कसरी यति तीव्र रूप लियो? चिनियाँ विज्ञान प्रतिष्ठान (क्यास) अन्तर्गतको इन्स्टिच्युट अफ तिब्बती प्लेटो रिसर्चको नेतृत्वमा रहेको संयुक्त अनुसन्धान टोलीले अगस्ट २०२६ मा गएको यस विपद्को अन्तर्निहित कारणहरूको अध्ययनमा नयाँ तथ्य पत्ता लगाएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ। २६ अगस्ट २०२६ को बिहान नेपालको लाङ्टाङ लिरुङको उत्तरी भिरालो भागको उच्च हिमाली क्षेत्रमा बरफ र चट्टानसहितको ठुलो हिमपहिरो गएको थियो। खसेका ती सामग्री गहिरो खोल्सा हुँदै उच्च गतिमा बगेर विनाशकारी लेदोसहितको बाढीमा परिणत भई चीनको सिजाङ (तिब्बत) क्षेत्रस्थित केरुङ बन्दरगाहमा बज्रिँदा ठुलो मानवीय क्षति हुनुका साथै भौतिक संरचनामा व्यापक नोक्सानी भएको थियो। विपद्लगत्तै उक्त इन्स्टिच्युटको नेसनल तिब्बती प्लेटो डाटा सेन्टरले तत्कालै आपत्कालीन प्रतिकार्य सुरु गर्‍यो।...
भोटेकोशी बाढी− समुदायले नै जुटाउँदैछ सहयोग
समाचार, समाज

भोटेकोशी बाढी− समुदायले नै जुटाउँदैछ सहयोग

नेपालअखबार, काठमाडौं ।  म्याग्दीको भौगोलिक रुपमा विकट मानिएको गुर्जाका बासिन्दाले भोटेकोशी बाढी पीडितका लागि दुई लाख ५० हजार सहयोग गरेका छन्। यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा राहत, उद्धार र पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि गुर्जामा रहेका विभिन्न सङ्घसंस्थाले उक्त सहयोग गरेका हुन्। गुर्जा विकास मञ्च र गुर्जा–काठमाडौँ समाजले एक/एक लाख तथा पोखरामा बस्ने गुर्जाको चौतारे छन्त्याल महिला समूहबाट रु २५ हजार र बङ्गाले छन्त्याल महिला समूहबाट रु २५ हजार सहयोग गरेको वडाअध्यक्ष झक छन्त्यालले जानकारी दिए। चार वटै संस्था र समूहले वडा अध्यक्ष छन्त्यालमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन्। यसैगरी, बेनी नगरपालिका–९ मा रहेका विभिन्न सङ्घसंस्थाले पनि मङ्गलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई लाख सा...