पाकिस्तानमा विनाशकारी बाढी र पहिरो : अझै २ सयभन्दा बढी बेपत्ता
नेपालअखबार,इस्लामाबाद । पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोका कारण ३०० भन्दा बढीले ज्यान गुमाएका छन् भने २०० भन्दा बढी मानिस अझै बेपत्ता भएको अधिकारीहरूले जनाएका छन्।सबैभन्दा प्रभावित खैबर पख्तुनख्वा प्रान्तको बुनर जिल्लामा मात्र कम्तीमा २०९ जना हराइरहेका छन्। तर यो सङ्ख्या अझ बढ्ने आशङ्का गरिएको बीबीसीलाई स्थानीय अधिकारीहरूले बताएका छन्।
बुनरका उप–आयुक्त कार्यालयका प्रवक्ता जहाँगीर खानका अनुसार उद्धार टोलीले ८ जनाको शव पहिचान नहुँदा आफै गाड्नु छ। सडकहरू भत्किएर धेरै आफन्तहरूले आफ्ना प्रियजनहरूको शव दाबी गर्न सकेका छैनन्।
प्रान्तीय उद्धार प्रवक्ताले एएफपीलाई बताए अनुसार, १० देखि १२ वटा गाउँ आंशिक रूपमा पुरिएका छन्। शंगलामा पनि ‘दर्जनौँ मानिस हराइरहेका’ प्रान्तीय विपद् व्यवस्थापन प्रमुख असफन्द्यार खतकले बताएका छन्।
दक्षिण एसियाको वार्षिक वर्षाको तीन–चौथा...









