Sunday, August 9

समाज

सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पत्रकार महासंघको आपत्ति
समाचार, समाज

सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पत्रकार महासंघको आपत्ति

नेपालअखबार ,काठमाडौँ । नेपाल पत्रकार महासंघले सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकप्रति आपत्ति जनाएको छ । बुधबार महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै विधेयकका केही प्रावधानप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।  अगुवा नागरिक संस्था महासंघलगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा महासंघले गम्भीर असहमति जनाउँदै  आपत्ति प्रकट गरेको हो । विज्ञप्तिमा भनिएको छ,‘अतः महासंघलगायत सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पा...
भारतमा महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु
समाचार, समाज

भारतमा महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु

नेपालअखबार ,काठमाडौँ ।भारतमा महाकूम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ। उत्तरप्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा मंगलबार राति भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मंगलबारदेखि सुरू भएको शाही स्नानका लागि  हजारौं मानिसहरू त्रिवेणी संगममा उपस्थित भएका थिए। बुधबार बिहानै मौनी अमावस्याको अवसरमा गंगा स्नान गर्नका लागि मंगलबार राति नै मानिसहरूको भिड लागेको थियो। त्यसक्रममा भागदौड मच्चिँदा मानिसहरूको मृत्यु भएको भारतीय अखबर द हिन्दुस्तान टाइम्सले जनाएको छ। कति मानिसको मृत्यु र घाइते भएको भन्नेबारे यकिन विवरण सार्वजनिक नभएपनि कम्तिमा १५ जनाको मृत्यु भएको बताएको छ। बिबिसीले पनि एक डाक्टरलाई उद्धृत गर्दै १५ जनाको मृत्यु भएको समाचारमा लेखेको छ। घटनामा कम्तिमा ४० जना घाइते भएको बताइएको छ। त्यहाँ उपस्थित भक्तजनहरूले प्र...
नवलपरासीको त्रिवेणीधाममा बिहानैदेखि श्रद्धालुको घुइँचो
धर्म/संस्कृति, समाचार, समाज

नवलपरासीको त्रिवेणीधाममा बिहानैदेखि श्रद्धालुको घुइँचो

नेपालअखबार , नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ। बुधबार बिहान अरुणोदय अगावैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको हो। मेला भर्न नेपालका विभिन्न स्थान र भारतको विहार तथा उत्तर प्रदेशबाट भक्तजन आएका छन्। माघे औँसीका दिन नवलपरासी ( बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणीधाममा स्नान गरेर  सूर्यको आराधना गरेमा चिताएका पूरा हुने तथा पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास छ। मेलालाई व्यवस्थित गर्न  विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहको संयोजकत्वमा गठित उपसमितिले आवश्यक व्यवस्था गरेको तथा सशस्त्र प्रहरी बलसहितको सुरक्षाकर्मीको टोली परिचालन गरेको छ। 'स्वर्ण भद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थल त्रिवेणीका घाटहरू स्नानका लागि व्यवस्थित बनाइएको छ,' वडाध्यक्ष शाहले भने, 'नारायणी नद...
शीतलहरबाट पूर्वी तराईको जनजीवन प्रभावित
समाचार, समाज

शीतलहरबाट पूर्वी तराईको जनजीवन प्रभावित

नेपालअखबार ,सुन्दरहरैँचा । पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान  महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ ।महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै पूर्वी तराई र मधेसका जिल्लामा हुस्सु लागेर चिसो बढेको छ । पूर्वी तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहानदेखि लगभग बेलुकासम्मै शीतलहर परेर चिसो बढ्न थालेको छ । चिसोले बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएको सुन्दरहरैँचा ज्येष्ठ नागरिक समाजका अध्यक्ष रामकुमार कार्कीले बताए । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले साँझपख चाँडै चिसो बढ्न थालेप...
आज सुनको भाउ  तोलामा ९ सय घट्यो
समाचार, समाज

आज सुनको भाउ  तोलामा ९ सय घट्यो

नेपालअखबार ,काठमाडौं । आज सुनको भाउ  तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५० रुपैयाँ रहेको चाँदी आज मंगलबार १८३५ रुपैयाँमा झरेको छ ।...
पाल्पामा १० हजार बढी किशोरीलाई एचपीभी खोप दिइने
समाचार, समाज, स्वास्थ्य

पाल्पामा १० हजार बढी किशोरीलाई एचपीभी खोप दिइने

नेपालअखबार , पाल्पा । पाल्पाका दश हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप दिइने भएको छ । संघीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको कार्यक्रम अनुसार जिल्लाका दश स्थानीय तहका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने दश हजार ४५८ जना किशोरीहरुलाई एचपीभी खोप दिइने तयारी भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिए । विद्यालयमा अध्ययनरत दश हजार ३८८ जना र विद्यालय बाहिर रहेका ७० जना छात्राहरु यो कार्यक्रममा सहभागी हुनेछन् । दुई चरणमा सञ्चालन हुने अभियानमा २३५ वटा विद्यालय र ७७ वटा स्वास्थ्य संस्थामा खोप केन्द्रको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । खोप अभियानमा ३१५ भ्याक्सिनेटर स्वास्थ्यकर्मी र ६२७ स्वयमसेवक परिचान हुनेछन् । पहिलो चरण माघ २२ गते देखि २६ गतेसम्म पाँच स्थानीय तह र  दोस्रो चरण माघ २८ देखि फागुन ४ गतेसम्म ५ स्थानीय ...
रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण
समाचार, समाज

रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण

नेपालअखबार, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । धार्चे –२ स्थित रुन्चेत र धार्चे –३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिए।एक करोड ३३ लाख ९४ हजार सात सय ५२ रुपैयाँको लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो । विसं २०८० फागुनबाट निर्माण सुरु गरिएको झोलुङ्गे पुल समयमा नै निर्माण सम्पन्न भएको हो । पुल निर्माण भएसँगै त्यस क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा निक्कै सहज भएको छ ।...
पोखरा १२ मा स्वास्थ्य शिविर
समाचार, समाज, स्वास्थ्य

पोखरा १२ मा स्वास्थ्य शिविर

नेपालअखबार,पोखरा। पोखरा महानगरपालिका वडा नं १२ मा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम भएको छ । नेपाल परिवार नियोजन संघ कास्कीले पोखरा महानगरपालिका वडा नं १२ वडा कार्यालयको सहयोगममा कार्यक्रम गरेको हो । कार्यक्रमबाट शनिवार ५८ जना लाभान्वित हुनुभएको छ । एक सातासम्म वडा कार्यालयको सिफारिसमा संघको कार्यालयमा सम्पर्कमा आउनु हुनेलाई सेवा प्रदान गरिने छ । कार्यक्रमक उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले हरेक नागरिक आफ्नो स्वास्थ्य बारे सचेत हुनुपर्ने बताउनुभयो । उहाँले काम गर्नका लागि दृढ इच्छा शक्ति आवश्यक भएको उल्लेख गर्नुभयो । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सरकारी तथा गैर सरकारी संस्थासँग सहकार्य गर्दै संघ अघि बढ्न चाहेको उल्लेख गर्नुभयो । उहाँले वडा अध्यक्ष बास्तोलाले नागरिकप्रतिको स्वास्थ्यमा गम्भिरत...
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित
समाचार, समाज

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित

नेपालअखबार,विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार  सम्पन्न भएको तेह्रौ  अधिवेशनबाट शालिकग्राम कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडी कोइराला नेपाल निजामती संगठनका कार्यवाहक अध्यक्ष समेत रहेका थिए । समितीको उपाध्यक्षमा नरहरी निरौला , महिला उपाध्यक्षमा सुनिता निरौला , सचिव सुरेश कुमार ढुङगेल , सह–सचिव ममता कोइराला ,कोषाध्यक्ष पुरुषोतम पौडेल,सदस्यहरुमा अनिल दाहाल ,  विप्लव चौलागाईँ , रेवतीराम रोक्का , वविता राई , शिवशंकर मेहता , हरि सुवेदी , प्राणनाथ दाहाल , मनोज ढकाल , खुमा अधिकारी , चन्द्रकला सापकोटा , सुनिता पौडेल , अनिल गिरी , कृष्ण प्रसाद भट्टराई  निर्वाचित भएका छन् । साथै लेखा आयोग संयोजक मा चन्द्रमणी लुईटेल एवम लेखा सदस्यमा तिर्थ गुरागाईं , श्याम तिम्सिना रहेका छन । केन्द्रिय प्रतिनिधीमा  रमेश खतिवडा ,...
वनहराको पक्की पुल निर्माणको अन्तिम चरणमा
समाचार, समाज

वनहराको पक्की पुल निर्माणको अन्तिम चरणमा

नेपालअखबार ,कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनीले सम्झौताअनुसार २५ करोड ९६ लाख ३६ हजार ३४० लागतमा पुल निर्माण गरिरहेको छ। ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र निर्माण अगाडि बढाइएको छ। सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गरिसक्नुपर्ने भएकाले सोहीअनुरुप निर्माणकार्यलाई तीव्रताका साथ अगाडि बढाइएको निर्माण व्यवसायीको भनाइ छ। पुल निर्माणमा संलग्न इञ्जिनियर विकास श्रेष्ठका अनुसार पुलको पिलर ठड्याउने कामसँगै सबट्रक्चरको काम पूरा भएको छ। सुपर स्ट्रक्चर निर्माण अगाडि बढाइएको छ। नदी दुवैतर्फको तटन्ध निर्माण हुन बाँकी छ। ठेक्का सम्झौताअनुसार पुलको दायाँबायाँको क्षेत्रमा ८२५ मिटर लम्बाइको तटबन्ध निर्माण हुने इञ्जिनियर श्रेष्ठले बताए। पक्की पुल क्षेत्रमा ३०० मिटर कालोपत्र हुने छ। पुलको लम्बाइ २७५ मिटर रहेको छ भ...