हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्यासदन च्याम्पियन
नेपालअखबार,पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट गुरुकुल विद्यासदन च्याम्पियन भएको छ ।
गुरुकुल विद्यासदनले हिसान गण्डकीको दोस्रो सस्करणका च्याम्पियन त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल लेखनाथलाई १–० गोल अन्तरले हरायो । विद्यासदनलाई च्याम्पियन बनाउन सुमित मल्लले गोल गरे । त्रिवेणीले मदरल्याण्ड सेकेण्डरी स्कुललाई १–० र गुरुकुलले कास्की मोडनाइज स्कुललाई टाइब्रेकरमा ८–७ गोल अन्तरले हराउदै फाइनल प्रबेश गरेका थिए ।
तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताका लागि कास्कीबाट १० टिम छनौट भएका छन् । छनौट हुनेमा गुरुकुल विद्यासदन, त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल, टप्स इङलिस बोडिङ स्कुल, मदरल्याण्ड सेकेन्डरी स्कुल, डाइमन्ड सेकेन्डरी स्कुल, जुनियर सिटिजन एकेडेमी, पोखरा युनाइटेड एकेडेमी, कास्की ...










