काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगा चेकपोष्टस्थित सार्वजनिक शौचालयसम्बन्धी विवाद अख्तियारमा
नेपालअखबार, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगा चेकपोष्टस्थित त्रिभुवन राजपथ किनारको सार्वजनिक जग्गामा निर्माण गरिएको सार्वजनिक शौचालयसम्बन्धी विवाद अख्तियारसम्म पुगेको छ। भूकम्पपछिको पुनर्निर्माण अवधिमा निर्माण गरिएको उक्त संरचना पछिल्लो समय सञ्चालन, भाडा सम्झौता र स्वामित्वको विषयमा प्रश्न उठेपछि अनुसन्धानको दायरामा आएको हो।
२०७२ सालको विनाशकारी भूकम्पपछि निर्माण गरिएको उक्त शौचालय स्थानीय सरकारमार्फत वडा नं. २ कार्यालयको मातहतमा आएको बताइएको छ। साे बिषयमा उक्त कार्यालयमा हाम्राे टिम जानकारी लिन जाँदा निलम्बित वडाअध्यक्ष भाइकृष्ण तामाङ स्वंम कार्यालयमा रहेकाे र उनकाे अनुसार, उक्त शौचालय सञ्चालनका लागि विरेन्द्र पाेडे भनिने विरेन्द्र देउलासँग आर्थिक वर्ष २०८०/०८१ देखि लागू हुने गरी चार वर्षे सम्झौता गरिएको थियो। सम्झौताअनुसार मासिक १२ हजार रुपैयाँ भाडा निर्धारण गरि...










