Friday, August 14

समाज

ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध
समाचार, समाज

ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध

नेपालअखबार,बागलुङ । अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ  जाने सवारी साधन आवतजावत  ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधान समेत रोकिएका बताए । वर्षा रोकिएपछि कोरिडोर आयोजनाले खुलाउने प्रयास गरिने उनले जानकारी दिए । केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्गमा क्षति पुर्याएको छ । खास गरी गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा...
रक्सीकै कारण बर्सेनि २० लाखभन्दा धेरै पुरुषले गुमाइरहेछन् ज्यान
विश्व, समाचार, समाज

रक्सीकै कारण बर्सेनि २० लाखभन्दा धेरै पुरुषले गुमाइरहेछन् ज्यान

नेपालअखबार,काठमाडौँ । विश्वभर रक्सी सेवनका कारण मर्नेको सङ्ख्या निकै धेरै छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरेक वर्ष संसारभर कूल २६ लाख जनाको मृत्यु मदिरा सेवनका कारण हुने गरेको छ । मदिरा र लागु पदार्थको प्रयोगका कारण हुने विकारको उपचार सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । यो भनेको बर्सेनि विश्वभर हुने कूल मृत्युको ४ दशमलव ७ प्रतिशत हो । लागु औषधका कारण बर्सेनि ६ लाख जनाले ज्यान गुमाइरहेका छन् । यसमा ४ लाख पुरुष रहेका छन् । प्रतिवेदन रक्सी र लागु औषध सेवनले जनस्वास्थयमा पारेको प्रभाव र विश्वभर रक्सीको सेवन र मादक पदार्थको सेवनले निम्तने विकारको उपचारबारे २०१९ डेटामा आधारित बृहत् अपडेट हो । रिपोर्टका अनुसार विश्वभर ४० करोड मानिस रक्सी र लागूपदार्थको प्रयोगका कारण उत्पन्न हुने विकारबाट पीडित छन् । तीमध्ये २० करोड ९० लाख मानिस रक्सीको लतम...
‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्रे
समाचार, समाज

‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्रे

नेपालअखबार, म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्रे र ढलान भएको छ ।  बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्रे र ढलान भएको हो । गण्डकी प्रदेश सरकारको रु ५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाले रु ३० लाख बजेट विनियोजन भएको यस सडक आयोजना निर्माणका लागि श्रमजिवी निर्माण सेवाले रु ५६ लाख ५२ हजार ४५ मा ठेक्का सम्झौता गरेको थियो । बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्रे भएको बेनी नगरपालिकाका इञ्जिनियर दीपेश केसीले बताए । कालोपत्रे र ढलानअघि सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कुनातर्फ टेवा पर्खाल निर्माण गरिएको थियो । विभिन्न ठाउँमा सय मिटर ढलान गर्ने काम सकिएको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले बताए । बाँसबोटका कृषक दुर्गादत्त पौडेलले सडक स्...
आजको माैसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
समाचार, समाज

आजको माैसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना

नेपालअखबार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको छ । धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । मंगलबार देशका धेरै स्थानहरूका मेघ गर्जन र चट्याङसह...
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु
समाचार, समाज

गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु

नेपालअखबार,गुल्मी । गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएका हुन् । पहिरोमा पुरिएकामध्ये भेषबहादुर, सीता र सपनाको  शव फेला परेको छ । सुन्तली र विपनाको अवस्था भने अज्ञात छ । इस्मा प्रहरीचौकीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ । स्थानीयको सहयोगमा अहिले प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेको मालिका–६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए । सदरमुकाम तम्घासबाट पनि नेपाल प्रहरी, शसस्त्र प...
वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको अनुरोध
समाचार, समाज

वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको अनुरोध

नेपालअखबार,काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मनसुनी वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ । महाशाखाले आज बुलेटिन निकालेर बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आज राति, भोलि शनिबार र पर्सि आइतबार आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । विभिन्न जिल्लामा मनसुनी वर्षाको उच्च खोखिम, मध्यम जोखिम र जोखिम एवं साना नदीहरुमा बाढीको उच्च र मध्यम जोखिम रहेकाले सोही अनुसार सावधानी अपनाउन एवं पूर्वतयारीमा जुट्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ । विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार तीन दिन बाग्मती प्रदेशका तीन जिल्ला चितवन, मकवानपुर र सिन्धुपाल्चोक र गण्डकी प्रदेशका नवलपरासी पूर्व, पर्वत, तनहुँ र स्याङ्जा चार जिल्लाका साना नदीहरुमा बाढी जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ । यस्तै, लुम्बिनीका नवलपरासी पश्...
स्याङ्जामा पहिरोले घर बगाउँदा आमा छोरीको मृत्यु
समाचार, समाज

स्याङ्जामा पहिरोले घर बगाउँदा आमा छोरीको मृत्यु

नेपालअखबार, स्याङ्जा । अविरल वर्षाका कारण पहिराले घर बगाउँदा स्याङ्जामा आमा छोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका वडा नम्बर ५  बाँगे स्थित दुर्गा जिटीको घर पहिरोले बगाउँदा आमा छोरी पुरिएका हुन् । घरमा सुतिरहेकी ३१ वर्षीय दुर्गा जिटी र उनकी ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।...
गुल्मीमा पहिरोले घर पुरिंदा एकै परिवारका ४ जनाको मृत्यु
समाचार, समाज

गुल्मीमा पहिरोले घर पुरिंदा एकै परिवारका ४ जनाको मृत्यु

नेपालअखबार, गुल्मी । गुल्मी पहिरोमा पुरिएर ४ जनाको जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सीता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको मालिका गाउँपालिका वडानम्बर-६ का वडाअध्यक्ष दिपक भण्डारीले बताए । पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । घटनास्थलमा उद्धारको लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली पुगेका छन् । गुल्मीमा शुक्रबार राति अबिरल वर्षा भएको थियो । पहिरोले घर पुरेको शनिबार बिहान मात्रै थाहा भएको थियो ।  ...
कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी
समाचार, समाज

कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी

नेपालअखबार, काठमाडौं । कायरोस्थित नेपाली राजदूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना गरिएको छ। नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुङ्गाबाट सृजना गर्ने इजिप्टका कलाकार गलाल गोमाको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा फोटो पत्रकार तथा वृत्तचित्र निर्माता अशरफ तलात र फोटोग्राफर यासेर अला मुबारकले नेपालमा खिचेका तस्बिर र मुहार चित्र एवं फौजी मोर्सीलगायत १८ जना कलाकारका मुहारचित्र राखिएको उक्त दूतावासका तृतीय सचिव माधवराज काफ्लेले जानकारी  दिए। प्रदर्शनीमा अशरफ तलातले गत मार्च र मेमा मुस्ताङ र लुम्बिनीमा खिचेका तथा यासेर आलाले गत शिवरात्रिमा पशुपतिनाथ मन्दिरको वरिपरि खिचेका तस्बिर समावेश गरिएका थिए। त्यस अवसरमा इजिप्टका सांसद डा माई अल–बत्रानले नवीन अवधारणाको प्रयोगसहितको कला प्रदर्शनीले...
सिन्धुपाल्चोकको हेलम्बुमा भूकम्प
समाचार, समाज

सिन्धुपाल्चोकको हेलम्बुमा भूकम्प

नेपालअखबार, काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए । भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन । २०७२ यताका वर्षायाममा सिन्धुपाल्चोकमा जनधनको ठूलो क्षति हुँदै आएको छ । त्यसको एक कारणमा भूकम्पका कारण जमिन खुकुलो भएको अनुमान भूगर्भविदहरु गर्दछन् । १ असार २०७८ को दिन सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची बजार गेग्रानसहितको बाढी र पहिरोबाट तहसनहस भएका थिए । हेलम्बुमा १२७ र मेलम्चीमा १५ घर परिवारलाई सुरक्षित स्थानामा पुनर्स्थापना गर्नुपर्ने छ । तर भौगर्भिक अध्ययन नहुँदा उनीहरुको...