परिवारका सबै सदस्य अपांगता परिचयपत्रको भरमा
नेपाल अखबार, गलकोट । धेरै पढ्ने र जागिर खाने सपना बोकेकी बागलुङ नगरपालिका–११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो। आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपांगता भएपछि छ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे।
पारिवारिक बोझ र आर्थिक संकटका कारण उनको बाँकी जीवन मेलापात र परिवारको लालनपालनमै बित्यो। उनको थाप्लोमा आमा, बुवा र दुई भाइको जिम्मेवारी छ। सापकोटाको पाँच जनाको परिवारमध्ये उनीमात्रै सपाङ्ग हुन्। उनीबाहेक बावु, आमा र दुई भाइ जन्मजात अपांग छन्। आमालाई क्यान्सर रोगसमेत छ। लालनपालन सबै २३ वर्षीया दुर्गाको काँधमा छ।
दुर्गाका बुवा जगन्नाथ बोल्न र सुन्नसमेत सक्दैनन्। आमा सीता, भाइ प्रेम र प्रदीपको खुट्टा चल्दैन।
‘सात वर्षको उमेरदेखि मेलापातमै बितेको छ, आफ्नो एक टुक्रा जमिन छैन, अर्काको जग्गा अधिया कमाएर परिवार पाल्दै आएकी छु, आमाको दुवै खुट्टा बांगो छ, पाठेघरको...








