Tuesday, May 5

समाज

दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
समाचार, समाज

दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

नेपालअखबार, बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक र जिल्ला अस्पतालबाट एक गरी दुई गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार उद्धार गरिएको छ । बूढीनन्दा–२ कोल्टीकी ३० वर्षीया मनु रेग्मी पाध्याय र जगन्नाथ गाउँपालिका–२ की २२ वर्षीया जेनी राईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । उनका अनुसार दुवै महिलालाई लामो समयदेखि सुत्केरी व्यथा लागेको भए पनि जिल्लामा सुत्केरी हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सेनाको हेलिकप्टरमा सुविधासम्पन्न अस्पतालमा उद्धार गरिएको प्रजिअ अधिकारीले जानकारी दिए । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट यहाँका दर्जनौँ गर्भवतीको उद्धार गरिएको छ । उक्त कार्यक्रम दुर्गम तथा विकट जिल्लाका लागि प्रभावकारी बन्दै गएको छ । रासस...
अब जुम्लामै डायलासिस सेवा
समाचार, समाज

अब जुम्लामै डायलासिस सेवा

नेपालअखबार, जुम्ला। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब डायलासिस सेवा सञ्चालन गर्ने भएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डायलासिस उपकरण (मेसिन) उपलब्ध गराएपछि उक्त सेवा सुरु हुन लागेको हो। प्रतिष्ठानका निर्देशक डा राजीव शाहका अनुसार २०६८ मा स्थापना भएको प्रतिष्ठानमा मिर्गाैलारोगीको उपचार डायलायसिस सेवा दिने गरेको थिएन। मन्त्रालयले प्रतिष्ठानलाई ५ सेट डायलायसिस उपकरण उपलब्ध गराएपछि सेवा सञ्चालन गर्न लागिएको हो। उनले भने, ‘अस्पतालमा मिर्गाैलारोगी आउने गरेका थिए तर उपकरण नहुँदा सेवा दिन सकेका थिएनौं। अब जुम्ला अस्पतालमै यो समस्या समाधान हुने भएको छ।’ अस्पतालले आकस्मिक सेवा, बहिरङ सेवा, अन्तरङ सेवा, शल्यक्रिया सेवा, प्रसूति सेवा, ब्लड बैंक, समुदायमा स्वास्थ्य सेवा, विस्तारित सेवा, एम्बुलेन्स सेवा र टेलिमेडिसिन सेवा दिँदै आएको प्रतिष्ठानले जनाएको छ। ...
कञ्चनपुरमा चौधर नदीको बाढी बस्ती पस्यो
समाचार, समाज

कञ्चनपुरमा चौधर नदीको बाढी बस्ती पस्यो

नेपालअखबार,कञ्चनपुर । चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ । बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ । बाढीका कारण बस्ती पूरै जोखिममा छ । स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन् । सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन् । गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन् । उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका गणपति अमरबहादुर ऐरले जानकारी दिए । ऐरका अनुसार बाढीबाट स्थानीय किर्सन भुल, हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्रको भवन जोखिममा छ । सशस्त्र प्रहरी र स्थानीयवासी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् । रासस...
आँखा नदेख्ने पुनमलाइ शिक्षाको उज्यालो देखाउदैछन  पोखराका होम नेपाली
समाचार, समाज

आँखा नदेख्ने पुनमलाइ शिक्षाको उज्यालो देखाउदैछन पोखराका होम नेपाली

नेपालअखबार, पाेखरा । सिद्धान्तको रङ्ग खहिरो हुन्छ व्यबहारको रङ्ग हरियो हुन्छ त्यसैले सिद्धान्त अनुसारको व्यबहार अबलम्बन भएन भने सिद्धान्त फगत सिद्धान्तमा मात्र सिमित रहन्छ । त्यसैले कम्युनिस्टहरु निस्वार्थ रुपले जनताको सेवामा समर्पित हुनसक्नु पर्छ । बिकट दुरदराजका ग्रामीण भेगमा पुगेर हेर्दा छुट्टाछुट्टै प्रकारका समस्याहरुबाट जेलिएका छन स्थानीय बासीहरु । उनीहरुले आफ्ना समस्या राख्ने असल प्रतिनिधि पाउनसकिरहेका छैनन यो बस्तुगत परिस्थितिलाई मध्यनजर राख्दै पार्टी सङ्गठन निर्माणका क्रममा माछापुच्छ्रे गाउपालिका वडा नम्बर ६ धितालमा नेकपा एसबाट दलित महिला सदस्य पदकी उमेदवार स्थानीय सीता सुनारले सोही वडा निवासी लक्षमण बिकको एक छोरी र एक छोराको अवस्थाको बारेमा बताइन । उनको कुराले अब के कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरा मेरो मानसपटलमा कौतुहलताले छायो नभन्दै प्रयास गरे सफल भइदो रहेछ भन्ने कुर...
नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो
समाचार, समाज

नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

नेपालअखबार, चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी नै सडक खुलेको छ । आज बिहान साढे २ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक करिब आठ घण्टापछि दुईतर्फी नै खुलेको हो ।सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर सागर कार्कीले पहिरो पन्छाएपछि दुईतर्फी नै सडक खुलेको जानकारी दिए । धेरै तछाडमछाड गरेर गाडी चलाउँदा फेरि जाम हुन सक्ने भएकाले लेन अनुशासन पालना गरिदिन ट्राफिक प्रहरीले आग्रह गरेको छ । वर्षाका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको २३ घण्टापछि गएराति ९ बजेतिर बाटो खुलाइएको थियो । तर आज बिहान साढे २ बजेतिर फेरि पहिरो गएपछि बाटो अवरुद्ध भएको थियो । लामो समय जाममा पर्दा यात्रुहरु मर्कामा परेका छन् । खासगरी बालबालिका, ज्येष्ठ नागरिक र विरामीहरु समस्यामा छन् ।...
सप्तकोसीको बाँध फुट्यो, सप्तकोसीको भँगालो बस्ती पस्यो
समाचार, समाज

सप्तकोसीको बाँध फुट्यो, सप्तकोसीको भँगालो बस्ती पस्यो

नेपालअखबार, । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ । बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन् । नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले जानकारी दिए । सोमवार बेलका नगरपालिकाले बस्ती छाड्न माईकिङ गरेकाले मानवीय क्षति नहुने आशा गरिएको र आफू घटनास्थल जाँदै गरेको उनले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरेको प्रजिअ यादवले जानकारी दिए ।  सप्तकोसी नदी फुटेको स्थानमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुख स्थलगत अवलोकन गर्न लागेको बेलका नगरपालिकाका नगर ...
म्याग्दीमा पहिरोले लियो एकै परिवारका ५ जनाको ज्यान
समाचार, समाज

म्याग्दीमा पहिरोले लियो एकै परिवारका ५ जनाको ज्यान

नेपालअखबार, म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका-२, रुमका घामबहादुर विक लामो समय वैदेशिक रोजगारमा बिताए । अब नेपालमै केही गर्ने भनेर गत वर्षमात्रै फर्किएका उनले पाँच वटा खच्चड किनेर ढुजानी व्यवसाय सुरु गरेका थिए । विकट ठाउँमा बसाईं भएकाले खच्चड व्यवसायले राम्रो आम्दानी पनि दिइरहेको थियो । परिवार खुसी नै थियो । तर, मंगलबार बिहान गएको पहिरोले घामबहादुरको जीवनको सदाका लागि अस्तायो । बिहान करिब ४ बजे आसपास गएको पहिरोले घामबहादुरको घर पुर्दा परिवारका सबै ५ जनाको मृत्यु भयो । तर, निरन्तर झरी परिरहेको र विकट भएकाले नजिकै भएका गाउँलेले पनि ढिलो गरीमात्रै घटनाबारे थाहा पाए । पहिरोमा परी घामबहादुर, उनकी पत्नी ३४ वर्षीया राममाया विक, १५ वर्षीय छोरा नवीन विक, १३ वर्षीय छोरा राजन र ७ वर्षीय छोरी अस्मिको मृत्यु भएको वडाध्यक्ष उदयकुमार बुढाथोकीले जानकारी दिए । पहिरोले पुरेको अवस्थामा सुरुमा ३ ...
नवजात शिशुलाई आमाको दुध सवैभन्दा ठूलो पोषण–थापा
समाचार, समाज

नवजात शिशुलाई आमाको दुध सवैभन्दा ठूलो पोषण–थापा

नेपालअखबार, पोखरा  । विश्व स्तनपान दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको जोन्टा क्लव अफ पोखराको आयोजनामा मंगलबार लेकसाइडस्थित तालबाराही माविमा स्तनपान सम्वन्धी शिक्षा र समर्थन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले जोन्टा क्लवले समय सान्दर्भिक कार्य गरेको भन्दै अभियानको प्रसंसा गर्नुभयो । वडा भवन निर्माणको चरणमा रहेको जानकारी दिंदै अब बन्ने भवनमा सुरक्षित स्तनपानका लागि छुट्टै कक्षको निर्माण गरिने बताउनुभयो । कार्यक्रममा स्त्री तथा प्रसुती बरिष्ठ रोग विशेषज्ञ डा.चन्द्रिका पण्डितले महिलाले सुत्केरी हुनुपुर्व र भएपछि गर्नुपर्ने शारीरिक अभ्यासका बारेमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै, आहार तथा पोषण परामर्कदाता विद्या रघुनादन कायस्थले सुत्केरी महिला र नवजात शिशुलाई दिनुपर्ने सन्तुलित भोजनका विषयमा प्रकाश पार्नुभएको थियो । फिजि...
मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ-ठाउँमा पहिरो, यातायात अवरुद्ध
समाचार, समाज

मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ-ठाउँमा पहिरो, यातायात अवरुद्ध

नेपालअखबार, चितवन । पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्ड ठप्प भएको छ । गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका-२९ को केराबारीमा ठूलो पहिरो गएको छ । यस्तै, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको छ । यस्तै, इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा पनि पहिरो गएको छ । यस्तै, नौबिसे-मुग्लिन सडक खण्डका केही ठाउँमा पनि पहिरो गएको छ । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीले बताए। यो सडक खण्डमा गाडीको लामो लाइन लागेको छ । लामो दूरीमा चल्ने गाडी तथा मालवाहक ट्रकसहित साना गाडीहरुसमेत रोकिएका छन्...
कास्कीमा अविरल वर्षापछि ठाउँ-ठाउँमा सडक अवरुद्ध
समाचार, समाज

कास्कीमा अविरल वर्षापछि ठाउँ-ठाउँमा सडक अवरुद्ध

नेपालअखबार, पाेखरा । केही दिनयताको अविरल वर्षाका कारण कास्कीका ग्रामीण तथा छिमेकी जिल्ला जोड्ने सडक अवरुद्ध भएका छन् । कतै पहिरो तथा कुनै स्थानमा सडक भासिँदा बाटो अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार सोमबार साँझ ६:०० बजेदेखि पोखराको बेगनास हुँदै लमजुङको भोर्लेटार जोड्ने पक्की कालोपत्र सडक पूर्णरूपमा अवरुद्ध भएको छ  । कास्कीको रुपा गाउँपालिका–१ स्थित गैरीपोखरीमा २५ मिटर जति सडक डेढ फिट तल भासिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार सो सडकमा अहिले पूर्णरूपमा सवारीसाधन सञ्चालन रोकिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ बिरेठाटी स्थितमा नयाँपुल–घान्द्रुक–उल्लेरी जाने पक्की बाटो पहिरेका कारण अवरुद्ध भएको छ । बिरेठाटी सामुदायिक वनको पाखाको अन्दाजी २५ मिटर माथिबाट सोमब...