बस्ती जोगाउन मादी नदी किनारमा पर्खाल लगाउन सुरु
नेपालअखबार, तनहुँ । गत वर्ष भदौमा मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका-५ पाटनका करिब छ सय ६३ घरधुरी जोखिममा परेपछि त्यसको संरक्षणका लागि ग्याबिन पर्खाल लगाउन सुरु गरिएको छ ।
नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको रु दुई करोड ५० लाखको लागतमा ग्याबिन पर्खाल लगाउन थालिएको हो । व्यास–५ को पाटनमा एक सय दुई मिटर र व्यास-३ को भतेरीमा दुई सय ५८ मिटर लामो ग्याबिन पर्खाल लगाएर संरक्षण गर्न उक्त बजेट विनियोजन गरिएको मादी तटबन्धन निर्माण समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए ।
व्यास-५ पाटनका छ सय ६३ र व्यास व्यास–३ का चार सय घर गरी करिब एक हजार एक सय घर नदी कटानको जोखिममा रहँदै आएका थिए । पाटनतर्फ तीन सय मिटरमा ग्याबिन पर्खाल लगाउने योजना भए पनि पहिलो चरणमा एक सय दुई मिटरमा पर्खाल लगाउने प्रक्रिया अघि बढाइएको उनले बताए ।
नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका कर...









