Monday, May 4

समाज

मिटर रिडरबाट लाखौँ ठगिए मुसीकोटवासी
अर्थ, समाचार, समाज

मिटर रिडरबाट लाखौँ ठगिए मुसीकोटवासी

नेपाल अखबार, गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका–१ का ६४ वर्षीय अमरबहादुर थापाले गत जेठ महिनामा दुई महिनाको बिजुलीको बिल एक हजार २०० बुझाए। उनी घरको मिटर रिडिङका लागि गत भदौको तेस्रो साता सोमबहादुर राना जाएका थिए। नाताले उनीहरु मामा भान्जा हुन। भान्जाले मामाको बिजुलीको बिलको रसिदको पछाडि यही असोज ६ गतेसम्म रु ६६४ बुझाउनुपर्ने जनाउँदै रसिद थमाए। रसिदको अगाडि भने प्रत्येक महिना रु ३०/३० तिर्नुपर्ने उल्लेख गरिएको थियो। विभिन्न समयको जरिवाना जनाउँदै रानाले उक्त रकम बुझाउनुपर्ने उल्लेख गरेको बताइएको छ। त्यसलगत्तै थापा नेपाल विद्युत् प्राधिकरण शाखामा पुगेर आफ्नो मिटरबाट बुझाएको रकम हेरे। रकम हेर्दा उनी छक्क परे। गत जेठमा रु एक हजार २०० बुझाएमध्ये जम्मा रु ७४ मात्रै रानाले प्राधिकरणमा बुझाएका रहेछन्। बाँकी रु एक हजार १२६ रानाले आफूसँगबाट बढी असुली गरेको उनले ठहर गरे। पछिल्लोपटक पनि रु ६० आएकामा रु...
अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन
समाचार, समाज

अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन

नेपाल अखबार, काठमाडाैं। अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै प्रदर्शन भएको हो । बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहेपनि सफल हुन सकेको छैन । वार्तालाई असफल बनाएर सरकारले केसीको जीवन नै समाप्त पार्ने नियत देखिएको केसी समर्थकहरुको भनाइ छ । प्रदर्शनमा सहभागि वार्ता टोलीका सदस्य अधिवक्ता ओम प्रकाश अर्यालले असोज २२ गते सरकारी पक्षसँग समझदारी भएपनि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको निर्देशनमा रोकिएको बताए । प्रधानमन्त्री र मन्त्रीको निर्देशनले वार्ता रोकिनुको कारण केसीको जीवनमा जुनसुकै घटना भएपनि आफुहरुलाई सरोकार नै छैन भन्ने नकारात्मक सोचाई भएको उनले बताए । माइतीघरमा भएको प्रदर्शनमा ...
मजदुर आन्दोलनमा उत्रिएपछि तनहुँमा निर्माणाधीन जलविद्युतको काम प्रभावित
समाचार, समाज

मजदुर आन्दोलनमा उत्रिएपछि तनहुँमा निर्माणाधीन जलविद्युतको काम प्रभावित

नेपाल अखबार, दमौली । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणको काम प्रभावित भएको छ । एक सय चालिस मेगावाट क्षमताको आयोजना अन्तर्गत दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोका मजदुर आन्दोलनमा उत्रिएपछि विद्युतगृह निर्माणको काम प्रभावित भएको हो । कोरोना परीक्षणका लागि पीसीआर गर्नुपर्ने माग सहित मजदुर शुक्रबारदेखि आन्दोलनमा उत्रिएपछि काम प्रभावित भएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । आयोजनाका एक मजदुरलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सबै मजदुर र परिवारको पीसीआर परीक्षण गर्न माग गर्दै मजदुर आन्दोलित भएका छन् । “विद्युतगृह निर्माणको काम चलिरहेको बेला एक्कासी मजदुर आन्दोलनमा उत्रिएपछि काम प्रभावित भएको छ”, घिमिरेले भन्नुभयो, “काम नियमित गराउनका लागि पहल गरिरहेका छौ ।” शुक्रबार दिउँसोदेखि आन्दोलित मजदुर साँझ क्याम...
सुरक्षा पालुवाको सप्ताहव्यापी १४ औं वार्षिक साधारणसभा
समाचार, समाज

सुरक्षा पालुवाको सप्ताहव्यापी १४ औं वार्षिक साधारणसभा

नेपाल अखबार, पाेखरा। पोखरा महानगरपालिका वडा नं ३३ स्थित सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा आजदेखि सुरु भएको छ । पोखरा – ३३ को कालिकास्थानमा प्रधान कार्यालय रही विभिन्न पाँचवटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको सहकारीले कोरोना महामारीको जोखिमलाई दृष्टिगत गर्दै सप्ताहव्यापी रुपमा साधारणसभा गर्न लागेको हो । साधारणसभाको एक समारोहकाबीच आज पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गरे । कार्यक्रममा वडा अध्यक्ष आचार्यले शेयर सदस्यको आर्थिक समृद्धिका लागि उत्पादनमा जोडिने किसिमका कार्यक्रम ल्याउन आग्रह गरे । सहकारी प्रतिको जनविश्वास कायम गर्न आर्थिक अनुशासनको पनि उत्तिकै आवश्यकता हुने औंल्याउँदै उनले आर्थिक अनुशासनका पद्धति विकास गर्नुपर्नेमा जोड दिए ।पोखरा महानगरपालिकामा रहेका सहकारीलाई उत्पादनसँगै पर्यावरणीय संरक्षणमा ...
सुरक्षा पालुवाको सप्ताहव्यापी १४ औं वार्षिक साधारणसभा
समाचार, समाज

सुरक्षा पालुवाको सप्ताहव्यापी १४ औं वार्षिक साधारणसभा

नेपाल अखबार, पाेखरा। पोखरा महानगरपालिका वडा नं ३३ स्थित सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा आजदेखि सुरु भएको छ । पोखरा – ३३ को कालिकास्थानमा प्रधान कार्यालय रही विभिन्न पाँचवटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको सहकारीले कोरोना महामारीको जोखिमलाई दृष्टिगत गर्दै सप्ताहव्यापी रुपमा साधारणसभा गर्न लागेको हो । साधारणसभाको एक समारोहकाबीच आज पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गरे । कार्यक्रममा वडा अध्यक्ष आचार्यले शेयर सदस्यको आर्थिक समृद्धिका लागि उत्पादनमा जोडिने किसिमका कार्यक्रम ल्याउन आग्रह गरे । सहकारी प्रतिको जनविश्वास कायम गर्न आर्थिक अनुशासनको पनि उत्तिकै आवश्यकता हुने औंल्याउँदै उनले आर्थिक अनुशासनका पद्धति विकास गर्नुपर्नेमा जोड दिए ।पोखरा महानगरपालिकामा रहेका सहकारीलाई उत्पादनसँगै पर्यावरणीय संरक्षणमा ...
पहिरो पीडितलाई बागलुङ समाज अमेरीकाको २५ लाख
समाचार, समाज

पहिरो पीडितलाई बागलुङ समाज अमेरीकाको २५ लाख

नेपाल अखबार, बलेवा । गत भदौ १७ गतेको बाढीपहिराले प्रभावित बागलुङको ढोरपाटन नगरपालिका-९ बोबाङका पीडितलाई बागलुङ सेवा समाज अमेरिकाले २५ लाख रुपैयाँ उपलव्ध गराएको छ । बाढीपहिरो पीडितलाई राहत स्वरुप नगरपालिका मार्फत समाजले नगद उपलव्ध गराएको हो । विभिन्न कामको सिलसिलामा अमेरीकामा रहेका बागलुङ घर भएका युवाले राहत रकम सङ्कलन गरेका थिए । बाढी प्रभावितको राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको आर्थिक सङ्कलन अभियानबाट सङ्कलित उक्त रकम हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष सन्तोष खत्रीले जानकारी दिनुभयो । समाजका सल्लाहकार सिंहबहादुर राणाले राहत नगरप्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गर्नुभएको थियो । प्राप्त राहत नगरपालिकाले एकद्धार प्रणालीमार्फत पुनःस्थापनामा सदुपयोग गर्ने छ । बोबाङ खोलामा आएको भीषण बाढीपहिराले मानवीय तथा भौतिक क्षति पु¥याएपछि आफुहरुले राहत सङ्कलन अभियान थालेको स...
दाङमा वडाध्यक्षको निधन
समाचार, समाज

दाङमा वडाध्यक्षको निधन

नेपाल अखबार, दाङ । तुलसीपुर उपमहानगरपालिका –१३ का वडाध्यक्ष डम्बर न्यौपानेको शुक्रबार निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याउने क्रममा शुक्रबार बिहान साढे १० बजे बाटोमै उनको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए । नेपाली कांग्रेसबाट निर्वाचित ६५ वर्षीय न्यौपानेलाई केही दिनदेखि ज्वरो, टाइफाइड तथा निमोनिया भएको थियो । यसैबीच वडाध्यक्ष न्यौपानेको निधनमा नगर प्रमुख घनश्याम पाण्डेले शोक विज्ञप्ति प्रकाशन गरी दुःख व्यक्त गरेका छन् । रासस...
युनाइटेड क्लब पोखराको अध्यक्षमा श्रेष्ठ
समाचार, समाज

युनाइटेड क्लब पोखराको अध्यक्षमा श्रेष्ठ

नेपाल अखबार, पाेखरा। युनाइटेड क्लब पोखराको अध्यक्षमा राजु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संस्थाको आज सम्पन्न ११ औँ साधारणसभा तथा पाँचौ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । ‘युवाको जागर, रास्ट्र निर्माणको आधार’ भन्ने मुल नाराका साथ स्थापित क्लबको प्रथम उपाध्यक्षमा लोकबहादुर थापा, द्धितीय उपाध्यक्ष गणेश तिमिल्सिना, महासचिव शान्तबहादुर थापा, कोषाध्यक्षमा सूर्यबहादुर बानियाँ तथा सहकोषाध्यक्षमा पूर्णकला पोखरेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सीमा गुरुङ, सन्तोष कार्की, जयराम आचार्य, दिवानी सुवेदी, विष्णु कुमार गुरुङ, पूर्ण श्रेष्ठ, चन्द्रकुमारी पराजुली र शिव थापा चयन भए । अधिवेशनपछि नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवले लिएको उद्देश्यमानै आफ्नो कार्यसमिति लागि पर्ने प्रतिवद्धता जनाए । युनाईटेड क्लवले स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, ख...
कहानी ७४ वर्षे वृद्धको जसले श्रीमतीका लागि घरलाई अस्पताल बनाए, कोठालाई आइसीयू र कारलाई एम्बुलेन्स
विदेश, समाचार, समाज

कहानी ७४ वर्षे वृद्धको जसले श्रीमतीका लागि घरलाई अस्पताल बनाए, कोठालाई आइसीयू र कारलाई एम्बुलेन्स

नेपाल अखबार, एजेन्सि। ट्वीटरमा एक ७४ वर्षका व्यक्तिले एउटा फोटो सेयर गरे, यो फोटोमा उनी आफ्नी ७२ वर्षकी श्रीमतीको सेवा गरिरहेको देखिएका थिए । उनले आफ्नी श्रीमतीका लागि घरललाई अस्पतालमा परिवर्तन गरे । जहाँ अक्सिजनको सिलिन्डिरदेखि भेन्टिलेटरसम्म छन् । रोचक कुरा के छ भने यो सबै उनी एक्लैले गरेका हुन् । यी व्यक्ति कुनै डाक्टर होइनन् तर एक अवकाशप्राप्त इन्जिनियर हुन् । नाम हो ज्ञान प्रकाश, भारतको मध्य प्रदेशको जबलपुरमा बस्दछन् । उनीसँग भारतीय मिडिया दैनिक भास्करले कुराकानी गरेको छ, जसलाई अनुवाद गरेर रातोपाटीमा पनि राखिएको छ । बारम्बार अस्पताल जानु परेका कारण घरलाई नै अस्पताल बनाइदिएँः ज्ञानकी श्रीमती कुमुदिनी श्रीवास्तव ७२ वर्षकी छिन् । उनकी दमकी रोगी हुन् । घरलाई नै अस्पताल बनाउनुको उद्देश्यबारे कुरा गर्दै उनी भन्छन्, ‘दमका कारण श्रीमतीलाई बारम्बार अस्पताल लगिरहनुपर्दथ्यो, केहि दिन पछि मात्रै ...
औषधि पसललाई दुई लाखका दरले जरिवाना
प्रशासन, समाचार, समाज

औषधि पसललाई दुई लाखका दरले जरिवाना

नेपाल अखबार, नुवाकोट। जिल्लामा विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँच वटा औषधि पसललाई रु दुई लाखका दरले जरिवाना गराइएको छ । औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्र्यालयको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनमा सदरमुकाम विदुर क्षेत्रका पाँच वटा औषधि पसललाई रु दुई लाखका दरले जरिवाना तिराइएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए। विदुर नगरपालिका २ बट्टारमा रहेको सापकोटा मेडिकल हल, विदुर नगरपालिका–४ वट्टारमा रहेको सम्मान मेडिकल हल, बट्टार पोलिक्लिनिक तथा अञ्जना मेडिकल हल, विदुर फार्मेसी र विदुर नगरपालिका– १ ढुङ्गेमा रहेको समीर फार्मेसी गरी पाँचवटा औषधि पसलले बिलबीजक जारी नगरी औषधि बिक्री गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना तोकी ७ दिन भित्र जरिवाना रकम बैंक दाखिला गरी एकप्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन...