Monday, May 4

समाज

औषधि पसललाई दुई लाखका दरले जरिवाना
प्रशासन, समाचार, समाज

औषधि पसललाई दुई लाखका दरले जरिवाना

नेपाल अखबार, नुवाकोट। जिल्लामा विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँच वटा औषधि पसललाई रु दुई लाखका दरले जरिवाना गराइएको छ । औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्र्यालयको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनमा सदरमुकाम विदुर क्षेत्रका पाँच वटा औषधि पसललाई रु दुई लाखका दरले जरिवाना तिराइएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए। विदुर नगरपालिका २ बट्टारमा रहेको सापकोटा मेडिकल हल, विदुर नगरपालिका–४ वट्टारमा रहेको सम्मान मेडिकल हल, बट्टार पोलिक्लिनिक तथा अञ्जना मेडिकल हल, विदुर फार्मेसी र विदुर नगरपालिका– १ ढुङ्गेमा रहेको समीर फार्मेसी गरी पाँचवटा औषधि पसलले बिलबीजक जारी नगरी औषधि बिक्री गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना तोकी ७ दिन भित्र जरिवाना रकम बैंक दाखिला गरी एकप्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन...
मृत्युपछि युवतीको शव प्रेमीको घरमा
समाचार, समाज

मृत्युपछि युवतीको शव प्रेमीको घरमा

नेपाल अखबार, रौतहट । रौतहटमा बुधवार साँझ शंकास्पद मृत्यु भएको युवतीको प्रेम सम्बन्धका कारण ज्यान गएको खुलेको छ । युवतीको मृत्युपछि प्रहरीले उनका काका र काकीलाई नियन्त्रणमा लिएको छ । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं.४ छतौना टोल बस्ने लाल महम्मद धुनियाकीे १७ वर्षीया छोरी रोबिना मन्सुरीको शव बुधबार साँझ फेला परेको थियो ।युवतीको स्थानीय जुनैद कवारीसँग प्रेम सम्बन्ध रहेको र युवतीको परिवारलाई सो सम्बन्ध स्वीकार्य नभएको कारण दुवै परिवारमा पटक पटक विवादसमेत भएको प्रहरीले जनाएको छ । मृतक रोबिना र जुनैदले पारिवारिक अवरोधका बीच पनि प्रेम सम्बन्धलाई निरन्तरता दिइरहेको थिए । परिवारजनका सदस्यहरुले युवतीको शव बोकेर युवकको घरमा पुर्‍याउँदै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले बताए । युवतीको शव युवकको घरमा राखेर फसाउन खोजेको प्...
कुलोले बगाउँदा विद्यालय हिँडेकी ८ वर्षीया बालिकाको मृत्यु
समाचार, समाज

कुलोले बगाउँदा विद्यालय हिँडेकी ८ वर्षीया बालिकाको मृत्यु

नेपाल अखबार, पर्वत। पर्वतमा कुलोले बगाउँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा फलेवास नगरपालिका-६ चन्दनी बस्ने मनमाया रानाकी ८ वर्षीया छोरी श्रीयासी राना रहेकी छन् । विद्यालय जाने क्रममा चौबिस कुरियातर्फ जाने कुलोले बगाउँदा बालिकाको बिहीबार दिउँसो मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय पर्वत र अस्थाई प्रहरी पोष्ट खानी गाँउबाट खटिएको प्रहरी टोलीले बालिकाको उद्दार गरी धुलिखेल अस्पताल खानीगाउँ पठाएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
यस वर्षको दशैँको टीकाको साइत सार्वजनिक
धर्म/संस्कृति, समाचार, समाज

यस वर्षको दशैँको टीकाको साइत सार्वजनिक

नेपाल अखबार, काठमाडाैं। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोबास गर्ने नेपालीबाट टीकाको साइत माग भएअनुसार समितिले बिहीबार स्थानीय समयअनुसार नेपालको समय मिल्नेअनुसार साइत सार्वजनिक गरेको हो । समितिले नेपालमा कात्तिक १० गते अर्थात अक्टोर २६ का दिन बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ । यस्तै भारतमा अक्टोबर २६ कै दिन बिहान १० बजेर ३५ मिनेटमा टीका लगाउने साइत तय गरिएको छ भने अमेरिकाको न्यूयोर्कमा अक्टोबर २५ को ११ बजेर ५ मिनेटमा टीका लगाउने सायत जुराइएको छ । यस्तै टेक्सासमा २५ अक्टोबरको ११ बजेर ५७, मिनेट, मेलबर्न, अस्ट्रेलियामा २६ अक्टोबरको ९ बजेर ९३ मिनेटमा तथा सिड्नीमा ९ बजेर ४३ मिनेटमै टीका लगाउनु पर्ने साइत निकालिएको छ । समाजका सभापति प्राडा माधव भट्टराई र सदस्यसचिव सन्तोष वाशिष्ठले जारी गरेको विज...
लकडाउनले ओडारमा पुर्‍यायो
समाचार, समाज

लकडाउनले ओडारमा पुर्‍यायो

नेपाल अखबार, तनहुँ। गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् । लामो समय लकडाउन हुँदा ज्याला मजदूरी गर्न नपाएको र कोठा भाडा तिर्न नसकेपछि कोठा छाडेर ओढारमा बास बस्नुपरेको उनीहरु बताउँछन् । मनवीरको परिवार व्यास नगरपालिका–२ अमरापुरीस्थित बुल्दीखोला किनारमा रहेको ओडारमा गत बिहीबारदेखि बस्दै आएका छ । कोभिड–१९ को सङ्क्रमणले भएको पटक÷पटकको बन्दले काम गर्न नपाएपछि समस्या परेको मनवीरले बताए । “दैनिक ज्यालादारीमा भारी बोक्नेलगायत काम गरेर जीवनयापन गरेका थियौँ तर हाल भनेको बेला काम नपाइएकाले ओडारमा बस्नुपरेको छ”, मनवीरकी श्रीमती उदाशियाले भनिन् । उनीहरु स्थानीय मोतीकुमार जोशीको घरमा डेरा गरी बसेका थिए । आम्दानी नभएकाले लामो समयदेखि भाडा तिर्न नसक्दा कोठा छाड्न बाध्य भएको उन...

परिचयपत्र नपाएको मुक्त हलियाको गुनासो
समाचार, समाज, हाइलाइट-समाचार

परिचयपत्र नपाएको मुक्त हलियाको गुनासो

नेपालअखबार,डाेटी। जिल्लाका अधिकांश मुक्त हलियाले मुक्त भएको वर्षौ बितिसक्दासमेत आफूहरुले हलिया परिचयपत्र नपाएको गुनासो गरेका छन् । केही पहुँच भएकाले परिचयपत्र पाए पनि अधिकांशले परिचयपत्र नपाएको भन्दै उनीहरुले यथार्थ विवरण सङ्कलन गरिनुपर्ने माग गरेका छन् । हलिया पुनःस्थापनाका प्याकेज अगाडी सारिनुपर्ने, परिचयपत्र वितरण गरिनुपर्ने र त्यसका आधारमा सेवा सुविधा दिईनुपर्नेमा उनीहरुको जोड छ । हलिया परिचयपत्र नपाउँदा सरकारी सेवा सुबिधाबाट बञ्चित हुनु परेको उनीहरुको गुनासो छ । साविकको लडागडा गाविस, हाल दिपायल सिलगढी नगरपालिका वडा नं ८ की मुक्त हलिया लाली दमाईले गाविस छँदा नै केही मानिसले आफ्नो हलिया परिचयपत्र बनाउने भन्दै नागरिकतालगायत कागजात मागेर लगेको भए पनि हालसम्म परिचयपत्र नदिएको गुनासो गरे । उनले भने, “हलिया परिचयपत्र बनाईदिन्छौँ भनेर कागजपत्र मागेर लगे अहिलेसम्म कसैले पनि परिचय पत्र दिएनन्...
बिहान खाली पेटमा तामाको भाँडामा राखेको पानी पिउनुस्, मिल्नेछ यी रोगबाट छुटकारा
समाज, स्वास्थ्य

बिहान खाली पेटमा तामाको भाँडामा राखेको पानी पिउनुस्, मिल्नेछ यी रोगबाट छुटकारा

नेपाल अखबार, एजेन्सी । भारत र नेपालमा तामाको भाँडाको निकै महत्त्व हुन्छ । तामाको भाँडालाई पूजा समेत गर्ने प्रचलन रहेको छ । भगवानको पूजाआजा गर्न होस् वा विवाह, व्रतबन्ध जस्ता पवित्र धार्मिक कार्यहरुमा प्रयोग गरिने तामाको भाँडामा राखिएको खानेकुराले शरीरलाई फाइदा समेत गर्छ । तामाको भाँडामा पानी राख्ने, पानी खाने, तामाको भाँडामा खाना पकाउने जस्ता कामहरु पनि गरिन्छ । तर, तामाको जग वा गिलासमा राखिएको पानी खाँदा भने शरीरलाई निकै फाइदा पुग्छ । बिहान खानी पेटमा तामाको भाँडामा राखिएको पानी पिउँदा शरीरमा लाग्ने विभिन्न रोगहरुबाट बच्न सकिन्छ । तामाको भाँडामा राखिएको पानी पिउँदा शरीरमा कपरको कमी हुँदैन । विभिन्न भाइरसहरुबाट पनि सुरक्षा दिन्छ । तामाको भाँडामा राखिएको पानीले बाथ, पित्त र खोकीको समस्या लाग्दैन । आठ घण्टासम्म पानी राख्ने आयुर्वेदका अनुसार तामाको भाँडामा ८ घण्टाअघि राखेको पानी बिहान पिउने ग...
विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई पक्राउ
समाचार, समाज

विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई पक्राउ

नेपाल अखबार,बाग्लुङ । विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन् । प्रहरीले बुधबार साँझ १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर बिकलाई पक्राउ गरेको छ ।स्थानीय एक विद्यालयमा वैकल्पिक शिकाईका लागि हिँड्दै गरेकी बालिकालाई जङ्गल छेउमा सडकबाट उठाएर मोटरसाइकलमा राखेको देखेपछि स्थानीयले उद्धार गरेका थिए । दुवैलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले ७ दिनको म्याद थप गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।...