Friday, April 24

समाज

बिन्दबासिनी मन्दिर संरक्षणको प्रयास सुरु
धर्म/संस्कृति, प्रदेश ४, समाचार, समाज

बिन्दबासिनी मन्दिर संरक्षणको प्रयास सुरु

गाेरखा । ऐतिहसिक विन्दबासिनी मन्दिर संरक्षणका लागि सो क्षेत्रका स्थानीय लागिपरेका छन् । सोमबार स्थानीयहरुको भेलाले मन्दिर संरक्षणका लागि उपभोक्ता समिति समेत गठन गरेको छ । बाबुराम श्रेष्ठको अध्यक्षमा गठित नौ सदस्सिय समितिको सचिवमा कुवेर थापा र कोषाध्यक्ष सरला श्रेष्ठ रहेका छन् । उक्त समितिले गोरखा नगरपालिकाले छुट्याएको १० लाख रकमले मन्दिरको संरक्षणका लागि विभिन्न कार्यक्रम गर्ने योजना बनाएको छ । सो अबसरमा स्थानीय र सरोकारवालाहरुले सोमबार मन्दिर वरपर सरसफाई गरेको स्थानीय विमल श्रेष्ठले जानकारी दिए । वडा सदस्य राजेन्द्र तिवारी, सम्भु थापा, उद्योग बाणिज्य संघ अध्यक्ष जीवनज्योती श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, नेपाल ट्रेड यूनिएन काङ्ेसका जिल्ला अध्यक्ष सरदबाबु श्रेष्ठ लगाएत स्थानीय टोल बिकास संस्थाका पदाधिकारीहरुको उपस्थिीतिमा सरसफाई कार्यक्रम गरिएको हो ।...
आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द
पर्यटन, समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द

काठमाडौं – कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले आजदेखि विश्वका आठ वटा देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिदिएको छ । अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, र जर्मनीका नागरिकलाई अन अराइभल भिसा बन्द गरिएको जानकारी दिएको हो । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिइकन आउने नागरिकलाई अन अराइभल भिसा नदिइने प्रावधान लागू गरिएको छ । अनअराइभल भिसा प्रतिबन्द लगाइएका ८ देशका नागरिकले नेपाल आउनुपरेमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्नेछ ।...
बजार अनुगमन गर्न नेपाल प्रहरीसहितको संयन्त्र बनाइने
अर्थ, समाचार, समाज, हाइलाइट-समाचार

बजार अनुगमन गर्न नेपाल प्रहरीसहितको संयन्त्र बनाइने

काठमाडौं । कोरोना त्रासलाई देखाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने तथा चर्को मूल्य असुल्नेविरुद्ध कारबाही गर्न नेपाल प्रहरीसहितको संयुक्त अनुगमन संयन्त्र बन्ने भएको छ । वर्तमान आपूर्ति अवस्थाबारे सोमबार सञ्चारकर्मीहरुसँग छलफल गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । ‘काठमाडौं उपत्याकासहितका ठूला सहरमा वाणिज्यको अनुगमन टोलीलाई सहयोग गर्ने गरी टोल बनाउन गृह मन्त्रालयसँग छलफल सुरु भएको छ,’ मन्त्री भट्टले भने । मन्त्रालय माताहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, आयल निगम र मन्त्रालयको एकीकृत टोलीले अहिले पनि बजार अनुगमन गरिरहेको भन्दै मन्त्री भट्टले नेपाल प्रहरीलाई त्यहाँ जोडिने बताए । काठमाडौंमा तत्कालै सुरु हुने यस्तो युनीफाइड अनुगमन प्रदेशमा भने प्रदेश सरकारको अनुकुलतामा गठन गरिने उनले बताए । अत्यवश्यक वस्तुको उपलब्धताबारे जनतालाई जानक...
अस्पतालमै कपडाका मास्क
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

अस्पतालमै कपडाका मास्क

काठमाडौँ — बजारमा सर्जिकल मास्कको अभाव भएपछि राजधानीका सरकारी अस्पतालका स्वास्थ्यकर्मीले कपडाको मास्क प्रयोग गर्न थालेका छन् । शल्यक्रिया कक्ष र आईसीयूमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीले अनिवार्य सर्जिकल मास्क प्रयोग गर्नुपर्ने भए पनि नभएपछि कपडाको मास्क प्रयोग गर्न थालिएको हो । वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी गरी १ हजार ५ सय छन् । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले सर्जिकल मास्क पाइन छाडेपछि कपडाका सिलाउन दिइएको बताए । ‘इमर्जेन्सीमै एक सय जना स्वास्थ्यकर्मी खटिएका हुन्छन् । ती सबैलाई दिनको एउटा मास्क दिन पनि सकिएको छैन,’ उनले भने, ‘कपडाको ५ हजार पिस मास्क सिलाउन दिइसकेका छौं, अब सर्जिकल मास्क प्रयोग गर्दैनौं ।’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको फार्मेसीमा पनि मास्क पाइँदैन । आईसीयू र आइसोलेसन वार्डमा काम गर्ने चिकित्सकका लागि आवश्यक पर्ने ‘एन–९...
आज देशभर मौसम सफा रहने
समाचार, समाज

आज देशभर मौसम सफा रहने

आज (सोमबार) देशभर मौसम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। यसैकारण आज कतै वर्षा तथा हिमपातको सम्भावना छैन। दिउँसोतिर भने देशको पूर्वी पहाडी भेगमा आंशिक (कहिले घाम, कहिले बादल) बदली हुने सम्भावना छ। यसबाहेक सबै ठाउँमा दिनभर मौसम सफा रहने महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ। राति पनि देशभरकै मौसम सफा रहने मौसमविद्ले अनुमान गरेका छन्।...
प्रधानमन्त्री ओलीले नियमित खाना खान थाले
राजनीति, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

प्रधानमन्त्री ओलीले नियमित खाना खान थाले

त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ। प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहारा दिन र नियमित हिँडडुल गराउन थालिएको अस्पतालले जनाएको छ। गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका ओलीको पाँचौं दिनमा गरिएको स्वास्थ्य परीक्षणमा भाइटल र ल्याब सूचक सामान्य रहेको अस्पतालले आइतबार विज्ञप्ति प्रकासित गरी जानकारी दिएको छ। यस्तै, उनलाई मिर्गौला दिने भान्जी समीक्षाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ।...
१४ वटै वडाका श्रमिक महिलालाई गोरखा नगरपालिकाले ग¥यो सम्मान
प्रदेश ४, समाचार, समाज

१४ वटै वडाका श्रमिक महिलालाई गोरखा नगरपालिकाले ग¥यो सम्मान

गोरखा । गोरखा नगरपालिकाले नगरक्षेत्रका श्रमिक महिलालाई सम्मान गरेको छ । १ सय १० औ महिला श्रमिक दिवशका अवसरमा नगरपालिकाले १४ वटै वडाका एक/एक जना श्रमिक महिलालाई सम्मान गरेको हो । श्रम गर्नेहरुलाई प्रोत्साहन तथा उनीलाई सम्मान गर्नुपर्ने संस्कारको विकासका लागि श्रमिक महिलाहरुलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ । सम्मानित हुनेमा गोरखा नगरपालिका १ बाट हलिमा खातुन, २ बाट जुना परियार, ३ बाट राधिका कोईराला, ४ बाट राधा रम्तेल, ५ बाट जुना मग्राती, ६ बाट पदमकुमारी श्रेष्ठ, ७ बाट चिनिमाया सर्किनी रहेका छन् । त्यस्तै वडा नम्बर ८ बाट मनमाया परियार, ९ बाट पूर्ण कुमारी राना, १० बाट पुतलसी सुर्खेती, १२ बाट ज्योती राई, १३ बाट देउती पन्थ र १४ बाट कान्छीमाया नेपाली सम्मानीत भएका हुन् । उनिहरुलाई नगरप्रमुख राजनराज पन्त र उपप्रमुख विनाकुमारी श्रेष्ठले दोसल्ला सहित नगद एक हजार ५० रुपैयाँ सम्मान स्वरुप...
आज होली पर्व मनाइँदै : भेला भएर खेल्न निषेध
धर्म/संस्कृति, समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

आज होली पर्व मनाइँदै : भेला भएर खेल्न निषेध

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदै छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई/तीन दिनसम्म होली मनाउने चलन छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । भेला भएर हाेली खेल्न निषेध ! यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले पनि फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठ...
होलीको विदामा पनि ग्यास आयात गरिने
अर्थ, समाचार, समाज, हाइलाइट-समाचार

होलीको विदामा पनि ग्यास आयात गरिने

काठमाडौं । कोरोना त्रासले रित्तो सिलिन्डर भर्न उपभोक्ताहरु लाईनमा बस्न थालेपछि नेपाल आयल निगमले फागुको बिदामा पनि ग्यास आयात गर्ने भएको छ । ठूला सहरको मागलाई पुरा गर्न र उपभोक्तामा रहेको त्रास चिर्न ग्यास आयत गर्न लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।
महिला श्रमिक दिवशमा अन्तरकृया
प्रदेश ४, समाचार, समाज

महिला श्रमिक दिवशमा अन्तरकृया

१ सय १० औ अन्तराष्ट्रिय महिला श्रमिक दिवशका अवसरमा सदरमुकाममा अन्तरकृया कार्यक्रम भएको छ । लोकतान्त्रिक महिला समाज गोरखाको आयोजनामा दिवशका अवसरमा महिला अधिकार, अवस्था र चुनौती बिषयक अन्तरकृया कार्यक्रम भएको हो । समाजकी अध्यक्ष सरुना पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष कृष्ण आलेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिशेष अतिथी गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडी, मानवअधिकार सञ्जालका संयोजक यदु अधिकारी, महिला संघका क्षेत्रिय सचिव रिता रेग्मी, समाजकी कोषाध्यक्ष गोमा दुवाडी लगायतले बोलेको सहसचिव कल्पना दुवाडीले जानकारी दिइन् ।...