Saturday, June 27

समाज

गोरखाको मझुवा देउरालीमा बेबारिसे शव भेटियो
प्रदेश ४, समाचार, समाज

गोरखाको मझुवा देउरालीमा बेबारिसे शव भेटियो

गोरखा नगरपालिका–१३ मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मझुवा देउरालीको कुडुले भिरमा अन्दाजी ४० वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए । दारी पालेको, कालो कालो वर्णका तराई मुलका जस्तो देखिने व्यक्तिको शव देखिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । उनको शव जिल्ला अस्पताल गोरखामा ल्याएर राखेको थियो । मृत्युको परिचय र कारण दुबै खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।...
सवारी चालक र यात्रुलाई मास्क वितरण
प्रदेश ४, समाचार, समाज

सवारी चालक र यात्रुलाई मास्क वितरण

गोरखाका सवारी चालक र यात्रुलाई निशुल्क मास्क वितरण गरिएको छ । ‘कोभिड १९’ अर्थात कोराना भाइरस बारे सचेतना जगाउने उदेश्यले बुधबार बिहान गोरखा बसपार्कमा एक कार्यक्रम गरी मास्क वितरण गरिएको हो । ‘अहिले कोरानाको डरले सबैलाई सताएको छ,’ आयोजक गोरखा मनकामना यातायात प्रालीका अध्यक्ष ताराबहादुर खड्काले भने, ‘यसबाट बच्न हामी आफैले सावधानी अपनाउनु पर्छ भन्ने सन्देश प्रवाह गर्न यो कार्यक्रम गरेका हौं ।’ गोरखा मनकामना यातायात प्रालिको आयोजना तथा सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा सचेतनामुलक कार्यक्रम गरी निशुल्क रुपमा माक्स वितरण गरिएको हो । माक्ससँगै कोराना लाग्नबाट बच्ने उपाय सहितको प्रचार समाग्री समेत सर्वसाधरण उपलब्ध गराइएको छ । ‘कोरानाको जोखिम हुन नदिन राज्य नै लागि परेको छ । आम नागरिक पनि सचेत हुनुभएको छ’ सवारी चालकलाई माक्स हस्तान्तरण गर्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ...
समृद्धि र विकासमा एकताबद्ध हुनुपर्छ : मुख्यमन्त्री गुरुङ
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

समृद्धि र विकासमा एकताबद्ध हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन्।  नेकपा पोखरा-२४ ले आयोजना गरेको कार्यक्रममा उनले नेकपा नेतृत्वको तीन तहका सरकारले जनताका चाहनालाई सम्बोधन गर्ने गरी अघि बढेकाले समृद्धिको अभियानलाई सबै मिलेर साकार पार्नुपर्ने बताए।       नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले कम्युनिष्ट पार्टी देशकै सबैभन्दा बढी लोकतान्त्रिक पार्टी भएको बताउँदै कांग्रेसलगायतका अन्य राजनीतिक पार्टीले समेत कम्युनिष्ट पार्टीको सिको गर्नुपर्नेमा जोड दिए।  छिमेकी राष्ट्रसँगको सम्बन्ध सन्तुलित परराष्ट्र नीतिका आधारमा अघि बढाएको उल्लेख गर्दै उनले मानवअधिकार, आवधिक निर्वाचन र देशभक्तिको विकासमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताए।      मुख्यमन्त्री गुरुङले आगामी २५ व...
निजी जिपको कमाउ धन्दा : एउटै बोलेरोले बोक्छ २५ यात्रु (भिडियो सहित)
अर्थ, प्रदेश ४, भिडिओ, समाचार, समाज, हाइलाइट-समाचार

निजी जिपको कमाउ धन्दा : एउटै बोलेरोले बोक्छ २५ यात्रु (भिडियो सहित)

गोरखा । गण्डकी गाउँपालिकाभित्र निजी जिपले जोखिम मोलेर यात्रु बोक्ने गरेको पाइएको छ । फिस्लिङको झोलुङ्गे पुल पारीबाट गण्डकी गाउँपालिका ६ को भुम्लिचोकका बिभिन्न स्थानमा एउटै बोलेरो जिपले २५ जना भन्दा बढी यात्रु राखेर जोखिमपूर्ण यात्रा गराउदै आएको सिभिलखबरले फेला पारेको छ । निजी प्रयोगका लागि ल्याइएका त्यस्ता जिपले अनाधिकृत रुपमा गाउँपालिकाका बिभिन्न स्थानमा यात्रु ओसार प्रसार गर्दै आएका हुन । बोलेरोले सिट क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गराउदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको स्थानीय नै बताउछन् । यस क्षेत्रमा अन्य सवारी साधानको विकल्प नभएकाले पनि निजी बोलेरो जिपहरुको मनोमानी बढेको आरोप यात्रुहरुकै छ । ‘फिस्लिङको झोलुङ्गे पुल वारीसम्म बोलेरो चल्छ, अरु बिकल्पै छैन’ स्थानीय सृजना गुरुङले भनिन् ‘ठिक्कसंग चलाए त ठिकै हुने हो, गाडी चढेपछि नओर्लिएसम्म सासै रोक्किएला जस्तो गरेर मान्...
सौरपानी स्थित छाहरेखाेलामा जीप खस्याे, १३ घाइते (हेर्नुस ८ तस्विरमा)
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

सौरपानी स्थित छाहरेखाेलामा जीप खस्याे, १३ घाइते (हेर्नुस ८ तस्विरमा)

गाेरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ सौरपानीमा जीप दुर्घटना भएको छ । सिम्बु छाहरेखोलामा मंगलबार बिहान करिब ८ बजे जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले बताए । रञ्चोकबाट सौरपानी हुँदै गोरखा तर्फ आउँदै गरेको बा १५ च १०१६ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाईते भएको उनले बताए । घाइतेमध्ये ४/५ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । हाल घाइते मध्ये गम्भिर भएकाहरुलाई हेलिकोप्टरबाट उपचारका लागि सौरपानीबाट सिधै काठमाण्डौ लैजाने तयारी भएको एसपी अधिकारीले बताए । दुर्घटनामा बिमला गुरुङ, रमा गुरुङ, श्रीमान गुरुङ, पुतबहादु गुरुङ, बिनोद गुरुङ, क्षेत्रकुमारी गुरुङ, टेकमान गुरुङ घाईते भएका छन् । बिमला, रकम र श्रीमान गुरुङको अवस्था गम्भिर छ । जिप सडकबाट करिब एक सय ५० मिटर तल खसेको बताइएको छ । तस्विर साैजन्य : हुसेन मु...
सौरपानीमा जीप दुर्घटना, घाइतेलाई हेलिकोप्टरबाट उद्दार गर्ने तयारी
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

सौरपानीमा जीप दुर्घटना, घाइतेलाई हेलिकोप्टरबाट उद्दार गर्ने तयारी

गाेरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ सौरपानीमा जीप दुर्घटना भएको छ । सिम्बु छाहरेखोलामा मंगलबार बिहान करिब ८ बजे जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले बताए । रञ्चोकबाट सौरपानी हुँदै गोरखा तर्फ आउँदै गरेको बा १५ च १०१६ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाईते भएको उनले बताए । घाइतेमध्ये ४/५ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । हाल घाइते मध्ये गम्भिर भएकाहरुलाई हेलिकोप्टरबाट उपचारका लागि सौरपानीबाट सिधै काठमाण्डौ लैजाने तयारी भएको एसपी अधिकारीले बताए । उद्दारका लागि माउण्टेन एयरको हेलि आउन लागेको उनको भनाई छ । दुर्घटनामा बिमला गुरुङ, रमा गुरुङ, श्रीमान गुरुङ, पुतबहादु गुरुङ, बिनोद गुरुङ, क्षेत्रकुमारी गुरुङ, टेकमान गुरुङ घाईते भएका छन् । बिमला, रकम र श्रीमान गुरुङको अवस्था गम्भिर छ । जिप सडकबाट करिब एक सय ५० मिटर तल खसेको बत...
बिन्दबासिनी मन्दिर संरक्षणको प्रयास सुरु
धर्म/संस्कृति, प्रदेश ४, समाचार, समाज

बिन्दबासिनी मन्दिर संरक्षणको प्रयास सुरु

गाेरखा । ऐतिहसिक विन्दबासिनी मन्दिर संरक्षणका लागि सो क्षेत्रका स्थानीय लागिपरेका छन् । सोमबार स्थानीयहरुको भेलाले मन्दिर संरक्षणका लागि उपभोक्ता समिति समेत गठन गरेको छ । बाबुराम श्रेष्ठको अध्यक्षमा गठित नौ सदस्सिय समितिको सचिवमा कुवेर थापा र कोषाध्यक्ष सरला श्रेष्ठ रहेका छन् । उक्त समितिले गोरखा नगरपालिकाले छुट्याएको १० लाख रकमले मन्दिरको संरक्षणका लागि विभिन्न कार्यक्रम गर्ने योजना बनाएको छ । सो अबसरमा स्थानीय र सरोकारवालाहरुले सोमबार मन्दिर वरपर सरसफाई गरेको स्थानीय विमल श्रेष्ठले जानकारी दिए । वडा सदस्य राजेन्द्र तिवारी, सम्भु थापा, उद्योग बाणिज्य संघ अध्यक्ष जीवनज्योती श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, नेपाल ट्रेड यूनिएन काङ्ेसका जिल्ला अध्यक्ष सरदबाबु श्रेष्ठ लगाएत स्थानीय टोल बिकास संस्थाका पदाधिकारीहरुको उपस्थिीतिमा सरसफाई कार्यक्रम गरिएको हो ।...
आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द
पर्यटन, समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द

काठमाडौं – कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले आजदेखि विश्वका आठ वटा देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिदिएको छ । अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, र जर्मनीका नागरिकलाई अन अराइभल भिसा बन्द गरिएको जानकारी दिएको हो । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिइकन आउने नागरिकलाई अन अराइभल भिसा नदिइने प्रावधान लागू गरिएको छ । अनअराइभल भिसा प्रतिबन्द लगाइएका ८ देशका नागरिकले नेपाल आउनुपरेमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्नेछ ।...
बजार अनुगमन गर्न नेपाल प्रहरीसहितको संयन्त्र बनाइने
अर्थ, समाचार, समाज, हाइलाइट-समाचार

बजार अनुगमन गर्न नेपाल प्रहरीसहितको संयन्त्र बनाइने

काठमाडौं । कोरोना त्रासलाई देखाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने तथा चर्को मूल्य असुल्नेविरुद्ध कारबाही गर्न नेपाल प्रहरीसहितको संयुक्त अनुगमन संयन्त्र बन्ने भएको छ । वर्तमान आपूर्ति अवस्थाबारे सोमबार सञ्चारकर्मीहरुसँग छलफल गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । ‘काठमाडौं उपत्याकासहितका ठूला सहरमा वाणिज्यको अनुगमन टोलीलाई सहयोग गर्ने गरी टोल बनाउन गृह मन्त्रालयसँग छलफल सुरु भएको छ,’ मन्त्री भट्टले भने । मन्त्रालय माताहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, आयल निगम र मन्त्रालयको एकीकृत टोलीले अहिले पनि बजार अनुगमन गरिरहेको भन्दै मन्त्री भट्टले नेपाल प्रहरीलाई त्यहाँ जोडिने बताए । काठमाडौंमा तत्कालै सुरु हुने यस्तो युनीफाइड अनुगमन प्रदेशमा भने प्रदेश सरकारको अनुकुलतामा गठन गरिने उनले बताए । अत्यवश्यक वस्तुको उपलब्धताबारे जनतालाई जानक...
अस्पतालमै कपडाका मास्क
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

अस्पतालमै कपडाका मास्क

काठमाडौँ — बजारमा सर्जिकल मास्कको अभाव भएपछि राजधानीका सरकारी अस्पतालका स्वास्थ्यकर्मीले कपडाको मास्क प्रयोग गर्न थालेका छन् । शल्यक्रिया कक्ष र आईसीयूमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीले अनिवार्य सर्जिकल मास्क प्रयोग गर्नुपर्ने भए पनि नभएपछि कपडाको मास्क प्रयोग गर्न थालिएको हो । वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी गरी १ हजार ५ सय छन् । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले सर्जिकल मास्क पाइन छाडेपछि कपडाका सिलाउन दिइएको बताए । ‘इमर्जेन्सीमै एक सय जना स्वास्थ्यकर्मी खटिएका हुन्छन् । ती सबैलाई दिनको एउटा मास्क दिन पनि सकिएको छैन,’ उनले भने, ‘कपडाको ५ हजार पिस मास्क सिलाउन दिइसकेका छौं, अब सर्जिकल मास्क प्रयोग गर्दैनौं ।’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको फार्मेसीमा पनि मास्क पाइँदैन । आईसीयू र आइसोलेसन वार्डमा काम गर्ने चिकित्सकका लागि आवश्यक पर्ने ‘एन–९...