Thursday, May 7

समाज

देशभर ३४७ जना घाइते, ११ अस्पतालमा उनीहरूको उपचार हुँदै
समाचार, समाज, स्वास्थ्य

देशभर ३४७ जना घाइते, ११ अस्पतालमा उनीहरूको उपचार हुँदै

नेपालअखबार,काठमाडौँ । सोमबार भएको जेन-जी प्रदर्शनमा ३४७  जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी र निजी गरी ११ अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी निजामती कर्मचारी (सिभिल) अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ। अस्पतालले १५ जना घाइतेलाई वीर र ट्रमा अस्पतालमा रिफर गरेको थियो। सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ। ट्रमा सेन्टरमा ५९ जनाको उपचार भइरहेको छ। मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् योजना बनाएर आकस्मिक बिरामीलाई हेर्न निर्देशन दिएको छ। ट्रमामा ८ जनाले ज्यान गुमाएका छन् । वीर अस्पतालमा ६ जना घाइतेहरूको उपचार भइरहेको छ। एभरेस्ट अस्पतालमा १०२ जनाको उपचार भइरहेको छ । अस्पतालमा ७ जना गम्भीर घाइते छन्। मन्त्रालयका अनुसार एभरेस्ट अस्पतालमा ३ जना घाइतेको मृत्यु भएको छ । पाटन अस्पता...
पोखरामा अनिश्चितकालीन कर्फ्यु
प्रशासन, समाचार, समाज

पोखरामा अनिश्चितकालीन कर्फ्यु

नेपालअखबार,काठमाडौं  । जेनजी आन्दोलन उग्र बनेपछि पोखरामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ। कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अर्को आदेश जारी नभएसम्म आज दिउँसो २ बजेबाट कर्फ्यु जारी गरेका हुन्। 'पोखरा महानगरपालिकामा हुनसक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८२/०५/२३ गते दिनको २:०० बजे देखि अर्को आदेश नभएसम्मको लागि पोखरा महानगरपालिकाको तपसिल बमोजिमको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संसोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ,' जारी गरिएको विज्ञप्तिमा भनिएको छ। निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम...
जेन–जी प्रदर्शन : १८ जनाको मृत्यु, २५६ जना घाइतेको यी अस्पतालमा हुँदैछ उपचार
समाचार, समाज

जेन–जी प्रदर्शन : १८ जनाको मृत्यु, २५६ जना घाइतेको यी अस्पतालमा हुँदैछ उपचार

नेपालअखबार,काठमाडौं । जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ घाइते भएका छन् । काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको मृत्यु भएको हो भने उपत्काबाहिरका प्रदर्शनमा युवाहरू घाइते भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंमा कर्फ्यू जारी हुँदा पनि प्रदर्शनकारीले सडक छाडेका छैनन् । संघीय संसद भवनमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा मृतक र घाइतेको संख्या लगातार बढिरहेको छ । पोखरा, झापा, मोरङ लगायतका जिल्लामा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ । भने १०० जना घाइतेको उपचार भइरहेको...
आगजनी र तोडफोडपछि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको देखियो: मानव अधिकार आयोग
समाचार, समाज

आगजनी र तोडफोडपछि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको देखियो: मानव अधिकार आयोग

नेपालअखबार,काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोग युवाहरूको प्रदर्शनहरू तोडफोड र आगजनीमा बदलिएपछि सुरक्षा निकायले अत्यधिक बल प्रयोग गरेको जनाएको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गरी लोकतान्त्रिक सरकारले नागरिकको उचित आवाजलाई समयमै पहिचान गर्नुपर्ने औंल्याएको हो। उसले सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नुलाई ‘दु:खद’ भन्ने बाहेक अरु टिप्पणी गरेको छैन। प्रदर्शनपूर्व उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन र प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न सुझाव दिएको मानव अधिकार आयोग आन्दोलनको दमनका विषयमा थप टिप्पणी गर्नुभन्दा ‘मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन’ केन्द्रित बनेको छ। आन्दोलनको पूर्वसंकेत पाइसकेको आयोग जनज्यानको क्षति हुने घटना भइसकेपछि समेत मौन थियो। प्रदर्शन र मानव अधिकार उल्लंघनका घटनाको सघन अनुगमनको नेतृत्व गर्नुपर्ने आयोगका अध्यक्ष तपबहादुर मगर आफैं दि...
जेन-जी छिरे  संसद् भवनभित्र
समाचार, समाज, हाइलाइट-समाचार

जेन-जी छिरे संसद् भवनभित्र

नेपालअखबार, काठमाडौँ । भष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । प्रदर्शनमा उत्रिएका जेनजीहरुले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका थिए ।  उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।...
बाढीका कारण पञ्जाबमा ४८ जनाको मृत्यु
विदेश, समाचार, समाज

बाढीका कारण पञ्जाबमा ४८ जनाको मृत्यु

नेपालअखबार,नयाँ दिल्ली ।  भारतको पञ्जाब राज्यमा आएको बाढीको प्रकोप कम हुने कुनै संकेत देखिएको छैन । शनिबारको बाढीका कारण क्षतिग्रस्त भएका  राज्यका चार जिल्लामा बाँधको मर्मत सम्भारको कार्य आइतबार जारी रह्यो । बाँध बनाउने काममा सेना र एनडीआरएफ टोलीहरू निरन्तर संलग्न छन् । राज्यका २३ बाढी प्रभावित जिल्लाका २०५० गाउँहरूमा कुल ३ लाख ८७ हजार ८९८ जना घरबारविहीन भएका छन् भने २० लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन् । बाढीका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएको बताइएको छ । पठानकोट जिल्लाबाट तीन जना बेपत्ता छन् । राज्यका धेरै जिल्लाहरूमा अहिलेसम्म १ लाख ७६ हजार ९८० दशमलव शून्य ५ हेक्टर बाली प्रभावित भएको बताइएको छ । पञ्जाब सरकारले सेप्टेम्बर ८ देखि राज्यका सबै विद्यालय, कलेज, विश्वविद्यालय, पोलिटेक्निक संस्थान र आईटीआई खोल्ने निर्णय गरेको छ । यद्यपि, बाढी प्रभावित क्षेत्रहरूमा संस्थाहरू ...
आन्दोलनलाई थप सशक्त बनाउने निजी विद्यालय सञ्चालकहरूको घोषणा
शिक्षा, समाचार, समाज

आन्दोलनलाई थप सशक्त बनाउने निजी विद्यालय सञ्चालकहरूको घोषणा

नेपालअखबार,काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानहरू आफ्नो हितविपरीत रहेको भन्दै विरोधमा उत्रिएका छन्। प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन, र एनएमएलगायतका संस्थाहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेका छन्। उनीहरूले विधेयकमा रहेका केही प्रावधानले निजी विद्यालयको अस्तित्व र योगदानमाथि गम्भीर असर पार्ने दाबी गरेका छन्। यो आन्दोलनका प्रमुख मागहरूमा कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयलाई 'गैर-नाफामूलक' बनाउने प्रावधान हटाउनुपर्ने, "पूर्ण छात्रवृत्ति" भन्ने शब्दलाई खारेज गर्नुपर्ने र विद्यालयले प्रदान गर्ने पोसाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना, तथा खाजाजस्ता सेवाहरूमा लगाइएको प्रतिबन्ध फिर्ता लिनुपर्ने रहेका छन्। साथै, उनीहरूले छात्रवृत्ति वितरणको अधिकार विद्यालयलाई नै दिनुपर्ने र विश्वविद्याल...
सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा जेन-जी
समाचार, समाज, हाइलाइट-समाचार

सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा जेन-जी

नेपालअखबार,काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरूले माइतीघरमण्डलामा प्रदर्शन गरिरहेका छन् । स्वत:स्फुर्त रूपमा माइतीघरमण्डलामा भेला भएका उनीहरूले विभिन्न नाराका साथ प्रदर्शन गरिरहेका छन्। ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरिरहेका छन् ।विभिन्न नारा लेखेका प्लेकार्डसँगै बोकेर प्रदर्शन गर्नुका साथै उनीहरूले यस क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् । आजको ...
तामाखानी पुनःसञ्चालन गर्न अन्वेषण थालियो
समाचार, समाज

तामाखानी पुनःसञ्चालन गर्न अन्वेषण थालियो

नेपालअखबार,म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु भएको छ । तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् । मालिका गाउँपालिका– वडा नं ३ र ४ को सिमानामा ओखरबोट तामाखानी रहेको बताइएको छ । तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन थालिएको भूगर्वविद् रोनित पौडेलले जानकारी दिए । “प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि खानीमा तामाको खोज र अनुसन्धान हुनेछ,” उनले भने, “खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढ्छ ।” ओखरबोटको खानीबाट विसं २०२८ सम्म स्थानीय ...