काठमाडौंमा ह्वात्तै बढेको जाडो र हिमाली भेगमा सुरू भएको बाक्लो हिमपात
नेपालअखबार,काठमाडौं । अरब सागरमा उत्पन्न भई नेपाल प्रवेश गरेको नयाँ मौसमी प्रणालीले सोमबार रातिदेखि नै देशभरि प्रतिकूल असर पारिरहेको छ।
काठमाडौंमा ह्वात्तै बढेको जाडो र हिमाली भेगमा सुरू भएको बाक्लो हिमपात यही प्रणालीको असर हो।
यसैबीच बंगालको खाडीमा विकास भइरहेको नयाँ प्रणाली नेपाली आकाशमा प्रवेश गर्ने क्रममा छ। यसलाई 'मोन्था चक्रवात' नाम दिइएको छ।
त्यसपछि यी दुई प्रणाली आपसमा मिसिएर जाडो झन् बढ्नुका साथै ठूलो हिमपात र वर्षाको पनि सम्भावना रहेको मौसमविदहरूले आकलन गरेका छन्।
अब प्रश्न उठ्छ, बंगालको खाडीबाट आइरहेको यो नयाँ प्रणाली कहिलेसम्म नेपाल भित्रिन्छ त?
मौसमविद विनोद पोखरेलले बंगालको खाडीमा विकास भइरहेको मोन्था चक्रवात बिहीबारसम्म नेपाल आइपुग्ने जानकारी दिए।
उनका अनुसार यसले बिहीबारदेखि बागमती, मधेस र कोशी प्रदेशमा भारीदेखि अतिभारी वर्षा गराउन सक्छ। गण्डकी र लुम्बिनीम...









