Wednesday, May 6

समाज

‘मेरो भ्वाइस युनिभर्स’को फाइनल राउन्डमा जुनु प्रसाईं
समाचार, समाज

‘मेरो भ्वाइस युनिभर्स’को फाइनल राउन्डमा जुनु प्रसाईं

नेपालअखबार,काठमाडौं । ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी गायिका जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डसम्म पुगेकी छिन् । बाल्यकालदेखि नै गायनप्रति गहिरो रुचि राख्ने जुनुको स्वरमा नेपालीपन मात्र होइन, मेहनत र प्रतिभाको मिठास पनि झल्किन्छ । हाल झापालाई स्थायी ठेगाना बनाएकी उनी रोजगारीको सिलसिलामा कतारमा रहेर पनि आफ्नो सांगीतिक सपना अघि बढाउँदै अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शोमा सहभागिता जनाएकी हुन् । विद्यालय जीवनमै विभिन्न कार्यक्रम र स्थानीय गायन प्रतियोगितामा सक्रिय रहँदै अनुभव बटुलेकी जुनु आज अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीतको पहिचान बनाउन सफल भएकी छन् । नेपाल टेलिभिजनमार्फत प्रसारित ‘मेरो भ्वाइस युनिभर्स’ इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले आयोजना गरेको यो प्रतियोगित...
श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा आयोजित एक महिने श्रीमदवीतक सम्पन्न
धर्म/संस्कृति, समाचार, समाज

श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा आयोजित एक महिने श्रीमदवीतक सम्पन्न

नेपालअखबार,पोखरा । पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा सम्पन्न भएको छ । गत असार ३१ गते देखि सुरु भएको श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन कार्यक्रम शुक्रबार एक समारोहका बीच सम्पन्न भएको हो । सो अवसरमा वोल्दै श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रिय सदस्य तथा श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकका निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मीले एक महिने श्रीमदवीतक चर्चा सभ्य र भब्य रुपमा सम्पन्न भएको बताए । श्रीमदवीतक चर्चामा प्रमुख बाचिकाको रुपमा साध्वी उर्वशी माताले सरल रुपमा बुझ्ने तरिकाले प्रवचन प्रदान गरेर भक्तजनहरुलाई मोहित पारेको बताए । श्रीमदवीतक समापन संगै श्रीकृष्ण पारायणका लागि समेत सम्पूर्णको साथ र सहयोग आवश्यक पर्ने उनको भनाइ रहेको थियो । त्यस्तै श्रीकृष्ण प्रणामी सेवा समिति कास्कीका अध्यक्ष कृष्ण ढुंगानाले श्रीमदवीतक चर्चामा सुनेका क...
औसत १३ दिन बस्छन् नेपाल आउने पर्यटक, घट्यो दैनिक खर्च
पर्यटन, समाचार, समाज

औसत १३ दिन बस्छन् नेपाल आउने पर्यटक, घट्यो दैनिक खर्च

काठमाडौं । नेपाल आउने पर्यटक औसत १३.३ दिन बस्ने गरेको पाइएको छ । पर्यटन विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा पर्यटकको औसत बसाइ अवधि सामान्य बढेको हो । अघिल्लो आव २०८०/८१ मा १३.२ दिन औसत बसाइ थियो । गत आव अन्तिमसम्म ११ लाख २८ हजार पर्यटक नेपाल आएको विभागको तथ्यांक छ । जुन २०८०/८१ को तुलनामा सामान्य बढी हो । त्यसबेला ११ लाख १७ हजार पर्यटक आएका थिए । सरकारले १६ लाख पर्यटक आउने लक्ष्य लिए पनि पूरा भने भएन । पर्यटक आगमन र औसत बसाइ सामान्य बढे पनि पर्यटकले नेपालमा गर्ने दैनिक खर्च भने घटेको विभागको तथ्यांक छ । विभागका अनुसार गत आव अन्तिमसम्म प्रतिपर्यटक प्रतिदिन खर्च ४०.८ अमेरिकी डलर छ । २०८०/८१ मा यस्तो खर्च ४१ डलर बराबर थियो । यस आवमा २८ अन्तर्राष्ट्रिय गन्तव्यसँग नेपाल जोडिएको छ । २०८०/८१ मा ३० गन्तव्यमा उडान जोडिएको थियो । यस वर्ष ग्रेट हिमालयन ट्रेलमा मात्र कुल ७५ किलोमिटर पदमार्ग ...
कमजोर हुँदै मनसुन
समाचार, समाज

कमजोर हुँदै मनसुन

नेपालअखबार,काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षे...
बोनम्यारो प्रत्यारोपण केन्द्र सञ्चालनबारे बुझ्न चिनियाँ टोली चितवनमा
समाचार, समाज

बोनम्यारो प्रत्यारोपण केन्द्र सञ्चालनबारे बुझ्न चिनियाँ टोली चितवनमा

नेपालअखबार,चितवन । नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको सम्भावनाबारे चिनियाँ टोली चितवन आएको छ । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्ने तयारी छ । सोही तयारीका लागि आवश्यक जानकारी लिन तथा सहजीकरण गर्न चीनबाट ७ सदस्यीय टोली  आएको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बताए । सघन उपचार कक्ष, रेडिएसन अंकोलोजी, प्रयोगशाला, मेडिकल अंकोलोजी लगायतका विभागको अहिलेको अवस्था र यसबाट बोनम्यारो प्रत्यारोपणमा हुनसक्ने सहयोगबारे टोलीले अध्ययन गर्ने कार्यकारी निर्देशक डा. पौडेलले बताए ।  क्यान्सर अस्पतालमा आएर बिरामीलाई सेवा दिने १५ औं टोलीका प्रमुख रहेका डा. चाहु क्वीमिङ्गको नेतृत्वमा सात जना विज्ञ टोली अस्पतालमा आएको हो । बीपी कोइराला क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजय न्यौपानेले क्यान्सर अस्पतालमा बोन...
जम्मू-कश्मिरमा भीषण वर्षापछि आएको बाढीमा परी ४६ जनाको मृत्यु
विदेश, समाचार, समाज

जम्मू-कश्मिरमा भीषण वर्षापछि आएको बाढीमा परी ४६ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं ।  भारतको जम्मू-कश्मिरको किस्तवाडमा भीषण वर्षापछि आएको बाढीमा परी ४६ जनाको मृत्यु भएको छ। बिहिबार दिउँसो बादल फाटेर भीषण वर्षा (क्लाउडब्रस्ट) भएपछि किस्तवाडको दुर्गम गाउँ चसोतीमा आएको बाढीमा कम्तिमा ४६ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। मृत्यु हुनेमा दुई जना केन्द्रीय औद्योगिक सुरक्षा बल (सिआइएसएफ)का जवानसमेत छन्। दिउँसो करिब १ बजे चसोतीमा अकास्मात आएको बाढीले त्यहाँ रहेका घर, पसल, एक सुरक्षा चौकी र तीर्थयात्रीहरूका लागि बनाइएको 'लंगर' (सामुदायिक भान्सा) बगाएको हिन्दुस्तान टाइम्सले जनाएको छ। चसोती हुँदै प्रसिद्ध धार्मिक तीर्थस्थल मचैल माता मन्दिर जाने धेरै तीर्थयात्रीहरू बाढीमा परेका छन्। यसपालि जुलाई २५ देखि मचैल माता यात्रा वार्षिक तीर्थयात्रा चलिरहेकाले त्यस क्षेत्रमा ठूलो संख्यामा तीर्थयात्रीहरूको भीड थियो। बाढी पहिरोमा परेका १६७ जनाको उ...
तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत
समाचार, समाज

तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

नेपालअखबार,म्याग्दी । सडक डिभिजन कार्यालयले  १४ किलोमिटर लामो बागलुङ–बेनी सडक रु तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ । मालढुङ्गा–बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । उक्त सडकको हुुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खाल पनि निर्माण गरिएको उक्त कार्यालयका इञ्जिनियर विष्णुप्रसाद लामिछानेले बताए ।...
पशुपतिको घाटबाट हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ
समाचार, समाज

पशुपतिको घाटबाट हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

नेपालअखबार, काठमाडौं । पशुपतिको घाटमा जलाइरहेको शवको हड्डी निकालेर बेचबिखन गरेको घटनामा खरिद गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।। ठाकुर नै हड्डी र खरानी खरिद गर्ने व्यक्ति रहेको एसपी बोहराले बताए। यादव भने सहयोगीको भूमिकामा देखिएका हुन्। उनीहरूलाई बिहीबार पक्राउ गरेको हो। साउन २३ गते पौने ३ बजेतिर पशुपति घाट २ नम्बर चितामा बनेपा नगरपालिका-९ घर भई कोटेश्वर नरेफाँट बस्ने ६५ वर्षीय राम शाहीको शव जलाइरहेको अवस्थामा हड्डी निकालेको भन्ने घटना बाहिरिएको थियो। पशुपति क्षेत्र विकास कोष आर्यघाट सेवा केन्द्रबाट खटिएका गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीले जल्दै गरेको शवबाट हड्डीसहित ...
जम्मू-कश्मीरमा ‘क्लाउड ब्रस्ट’, १२ जनाको मृत्यु
विदेश, समाचार, समाज

जम्मू-कश्मीरमा ‘क्लाउड ब्रस्ट’, १२ जनाको मृत्यु

नेपालअखबार , जम्मू-कश्मीर । जम्मू-कश्मीरको किश्तवाड जिल्लाको पड्डर सब-डिभिजन अन्तर्गत पर्ने चशोटी गाउँमा बिहीबार दिउँसो १२:३० बजे ‘क्लाउड ब्रस्ट’ (बादल फाट्ने) भएको छ। पहाडबाट आएको पानी र माटोको ढिस्कोमा परी धेरै मानिसहरू फसेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार, यो दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । उनीहरूको शव पनि फेला परेको छ। २५ जनाभन्दा बढी मानिस घाइते भएका छन् र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। हजारौं तीर्थयात्री मचैल माता यात्राका लागि चशोटी गाउँमा जम्मा भएको बेला यो घटना भएको थियो। यो यात्राको पहिलो बिसौनी हो। क्लाउड ब्रस्ट भएको ठाउँबाट नै यात्रा सुरु हुनेवाला थियो। यहाँ तीर्थयात्रीहरूका बस, टेन्ट, लंगर (सामुदायिक भोजनालय) र धेरै पसलहरू थिए। बाढीको पानीले ती सबै बगाएको छ। मचैल माता तीर्थयात्रा हरेक वर्ष अगस्टमा हुन्छ र यसमा हजारौं श्रद्धालु सहभागी हुन्छन्। यो यात...
देशको पश्चिमी भेगमा मनसुन सक्रिय
समाचार, समाज

देशको पश्चिमी भेगमा मनसुन सक्रिय

नेपालअखबार,काठमाडौँ । मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी भूभागभन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय रहने बताएको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली हुने तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईलगायत पहाडी भागका केही स्थानमा र मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा केही स्थानमा मध्यम वर्...