Sunday, September 21

साहित्य \कला

कमरेड यी प्रवृत्तिले नेपालमा बृहत् बाम एकता सम्भव छ र  ?
राजनीति, विचार, साहित्य \कला

कमरेड यी प्रवृत्तिले नेपालमा बृहत् बाम एकता सम्भव छ र  ?

नेपालअखबार, काठमाडौं । कमरेड यी प्रवृत्तिले नेपालमा बृहत् बाम एकता सम्भव छ र  ? सर्वप्रथम बृहत बामपंथी एकता लागि पहिले आफू भित्रको एकता बलियो बनाउनुस । मन भित्रको पश्चाताप हटाउनुस अनिमात्र बृहत् बाम एकताका कुरा उठाउनुस् । बामपंथी एकताका कुरा सतहमा देखाउने तर व्यवहारमा पार्टीको इज्जत घटाउने प्रविधि स्वीकारे हुँदैन ? बाम एकताको मुद्दा उठाएर आफनो स्वार्थ वा राजनीति साध्ने तर संगठनलाई असहज बनाउने प्रवृत्तिको अन्त्य हुन आवश्यक छ । बाहिर बाम एकताको प्रचार गर्ने गराउने पार्टी कमिटी भित्र मनोबल कमजोर पार्ने र कुनै निर्णय कार्यन्वयन हुन नदिने सोच र प्रवृत्ति भएका कमरेडहरुको दोहोरोचरित्रका कारण नै आज पार्टीलाई कमजोर बनाउने गतिविधि स्पष्ट देखा परेको छ । भाषणमा मात्र बृहत् बाम एकताको कुरा गरेर पक्कै गन्तव्यमा पुगिदैन कमरेड । सबै भन्दा पहिला आफ्नो धराताल आफ्नो पार्टीलाई बलियो बनाएर अघि बढ्नु पर्ने ...
पाँच जना विशिष्ट सिर्जनकर्मीहरू साहित्यिक पत्रकार सङ्घद्धारा अभिनन्दन
समाचार, समाज, साहित्य \कला

पाँच जना विशिष्ट सिर्जनकर्मीहरू साहित्यिक पत्रकार सङ्घद्धारा अभिनन्दन

नेपालअखबार,काठमाडौं । साहित्यिक पत्रकार सङ्घ (सापस)ले ५४ औं स्थापना दिवसको उपलक्ष्यमा साउन २९ गते आयोजित एक विशेष कार्यक्रममा पाँच जना विशिष्ट सिर्जनकर्मीहरूलाई अभिनन्दन गरेको छ । अभिननन्दित हुनेहरूमा वरिष्ठ साहित्यकार पुष्कर लोहनी, कवि एवम् अभियन्ता भीम उदास, नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, वरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्ल र वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ हुन् । सोही कार्यक्रममा पत्रकार प्रविनप्रसाद थपलियालाई नगदसहित सम्मान गरिएको थियो । अभिनन्दित हुनुहुनेहरूलाई अभिनन्दनपत्र, दोसल्ला, टोपी र माला समर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवम् प्रसिद्ध गीतकार एस्पी कोइराला र आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार एवं समाजसेवी शोभित उप्रेती, वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के.सी., आख्यानकार हिरण्यकुमार...
ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण तालिम समापन
समाचार, समाज, साहित्य \कला

ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण तालिम समापन

नेपालअखबार ,पोखरा। नेपाल ह्योल्मो समाज सेवा समिति पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण तालिम समापन भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिममा ह्योल्मो भाषा तथा लिपिका बारेमा प्रशिक्षण प्रदान नगरिएको थियो । कास्की जिल्लाका विभिन्न भागमा बसोबास गर्ने ३० जना ह्योल्मो समुदायका प्रशिक्षार्थी सहभागी तालिमको उद्योग तथा पर्यटन मन्त्रालय गण्डकीका सचिव कुमानसिंह गुरुङले समापन गर्नुभएको हो । उक्त अवसरमा उहाँले नेपालमा प्रचलित विविध भाषा, कला, संस्कृति र परम्परा सम्पूर्ण नेपालीहरूको अमूल्य साझा सम्पत्ति भएको उल्लेख गर्नुभयो । यसको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको सचिव गुरुङले बताउनुभयो । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश गीतसङ्गीत, भाषा र संस्कृतिमा समृद्ध रहेको जनाउँदै यसको जगेर्नाका लागि प्रति...
सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट
समाचार, समाज, साहित्य \कला

सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट

नेपालअखबार,काठमाडौँ । सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट भएका छन् । उक्त प्रदर्शनीमा दर्ता भएका दुई दर्जन नाटकमध्येबाट महोत्सवमा अन्तिम मञ्चनका लागि १४ वटा छनोट भएका हुन् । प्रतियोगितामा सहभागी दुई दर्जन बढी नाटकमध्येबाट १४ वटा छनोट गरिएको बताउँदै महोत्सव संयोजक सविन न्यौपानेले दर्ता भएका सबै सहभागी नाटकलाई धन्यवाद दिनुभयो । उहाँले प्रतियोगी तथा अप्रतियोगी नाटकको वर्गीकरण गरिएको सूचनासहित महोत्सव तालिका आगामी माघ २२ गतेभित्र प्रकाशन गरिने जानकारी दिनुभयो । संयोजक न्यौपानेका अनुसार महोत्सवमा होलि एञ्जल्स पब्लिक स्कुलको ‘तारेभिर’, सनसाइन इङ्गलिस बोर्डिङ स्कुलको ‘स्याडो’, आकाशगङ्गा इन्टरनेसनल स्कुलको ‘रक्त पासो’, दर्शना स्कुलको ‘को चोर’, हिले माध्यमिक विद्यालयको ‘अभागी आरन’, भेलोसिटी स्कुलको ‘तुलसी’, समृद्धि स्कुलको ‘देउकी’ र ‘द अल...
“ यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङ को गीतीसंग्रह बिमोचन…
समाचार, समाज, साहित्य \कला

“ यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङ को गीतीसंग्रह बिमोचन…

नेपालअखबार,काठमाण्डौं । वरिष्ठ गीतकार शुभ मुकारुङ्को दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ भव्य सभ्यरुपमा सार्वजनिक भएको छ। काठमाडौ पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा भव्य कार्यक्रमविच उनको पुस्तक लोकार्पण भएको हो।यो भन्दा अगाडि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’सार्वजनिक भैसकेको छ। कार्यक्रममा विशेष अतिथिहरु वरिष्ठ गीतकार पुर्वमन्त्री एस.पि.कोइराला,वरिष्ठ गीतकार गीतकार संघ पुर्व अध्यक्ष चुडामणिा देवकोटा,वरिष्ठ गीतकार अमर बान्तु,वरिष्ठ सास्कृतिक विद भक्त राई,माननीय हेमराज राई,वरिष्ठ गीतकार श्रवण मुकारुङ,वरिष्ठ गायक दिलेन्द्र मुकारुङ,वरिष्ठ गीतकार शितल कादम्बिनी,चर्चित कवि गीतकार चन्द्र रानाहोङछा,चर्चित गीतकार बिपिन किरण लगायत रहेका थिए। करिब साढे तीन दशकको साहित्यिक यात्राको क्रममा गीतकार संघ पुर्व अध्यक्ष समेत रहेका वरिष्ठ गीतकार मुकारुङले ल्याएको यो गीति संग्रह...
पोखरामा मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चनको तयारी
समाचार, समाज, साहित्य \कला

पोखरामा मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चनको तयारी

नेपालअखबार,पोखरा  । पोखरामा नयाँ मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन हुने भएको छ । यही माघ ११ गतेदेखि सपना डिलक्स कोचको मञ्चन सुरु हुने जनाइएको छ । यतिबेला नाटकको रिहर्सल पोखरा नदीपुर स्थित निर्माणाधीन हंसध्वनि नाटकघरमा भइरहेको छ । उक्त नाटकघर चर्चित कलाकार अनुप बरालको सक्रियतामा निर्माण भईरहेको छ । नाटकको प्रदर्शकन इन्द्रेणी थिएटरले गर्ने थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए । उक्त नाटक ईन्द्रेणीको छैटौ प्रस्तुतीमा निर्माण हुन लागेको हो । नाटकको लेखन केदारनाथ पौडेलले नै गरेका हुन् । झण्डै एक वर्ष अगाडि लेखेको नाटकमा पोखराबाट काठमाडौं जाने यात्रुबाहक बसमा हुने विभिन्न क्रिया र प्रतिक्रियालाई समेटिएको छ । एउटा परिवारले सामान्य हिसाबले कसरी गाडी चलाएर जिविकोपार्जन गरिरहेको छ र त्यो भित्र कस्ता खालका समस्या छन् भन्ने बारेमा दर्शकलाई जानकारी दिईनेछ । आफुलाई पोखराबाट काठमाडौं जाने ...
नेकपा एस फोड्ने दिवा सपना हेर्न बन्द गर्नुस् कमरेड, बरु जनताको मन जित्ने काममा अघि बढ्नुस्
राजनीति, विचार, समाचार, साहित्य \कला, हाइलाइट-समाचार

नेकपा एस फोड्ने दिवा सपना हेर्न बन्द गर्नुस् कमरेड, बरु जनताको मन जित्ने काममा अघि बढ्नुस्

जैनव खातुन। नेकपा एकीकृत समाजवादी पार्टीको बारेमा गरिएको प्रचारबाजी केवल हल्ला मात्र हो। यस्ता हल्लालाई हामी सबै कार्यकर्ताले तोड्नु आवश्यक नै रहेको छ। कहिले कुनै एउटा व्यक्तिले पार्टी फुटालेर जाँदैछन् भन्ने हेडलाइन न्युज आउँछ भने कहिले अर्का व्यक्तिको नाममा यस्ता बेतुके खालका समाचारहरु आइरहेका छन् । यथार्थको धडातल भन्दा फरक रहेर हल्लाका लागि मात्र लेखिएको समाचारहरुलाई हल्ला खल्ला मात्रै रहेको बुझ्न सकिन्छ। नेकपा एकीकृत समाजवादी पार्टीमा रहेका कार्यकर्ताहरू स्वार्थ र प्रलोभनमा परेर पार्टीमा सक्रिय भएका होइनन् । यस पार्टीका कार्यकर्ताहरू सबै त्यो विद्रोहको योद्धाहरु हुन्। जसले देश संविधान, लोकतन्त्र, गणतन्त्र र स्थायी राजनीति हुनका लागि संविधान जोगाउनु पर्छ भन्ने उद्देश्यका साथ नेकपा एमालेबाट विद्रोह गरेका थिए । यो त विद्रोहीहरूको पार्टी हो । नेकपा एकीकृत समाजवादीमा एका, दुई हल्लाखल्ला...
निर्वाचनमा हारे पछि, सबै कमिटी खारेजी ग¥यौं भन्न कुन नैतिकताले मिल्छ कमरेड ?
राजनीति, विचार, साहित्य \कला, हाइलाइट-समाचार

निर्वाचनमा हारे पछि, सबै कमिटी खारेजी ग¥यौं भन्न कुन नैतिकताले मिल्छ कमरेड ?

जैनव खातुन । निर्वाचनमा हारे पछि, सबै कमिटी खारेजी ग¥यौं भन्न कुन नैतिकताले मिल्छ कमरेड ? काहीँ नभएको जात्रा हाँडेगाउँमा भने जस्तै आफैले आफ्नै नेतृत्व र क्षमतामा प्रश्न उठाउने खेल खेल्दैछन् । राजनैतिक रुपमा सक्रिय भएका केहि राजनीतिक खेलाडीहरूले स्वयम् आफ्नै जात्रा देखाउन छन् । देशभरिबाट चुनिएर प्रतिनिधिहरु राष्ट्रिय महाधिवेशनमा महाधिवेशनका प्रतिनिधिको रुपमा भेला भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०८१ साल असार १६ देखि २० गतेसम्म काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको थियो । दक्षिणपन्थी यथास्थितिवादीको विरोध गरौं। समाजवादको दिशामा अघि बढौँ महाधिवेशनको मूल नारा रहेको थियो। देशभरिबाट प्रतिनिधिहरु आएका थिए । उहाँहरुले प्रदेश, जनसंगठन संगठन र अयोगहरुको प्रतिवेदन पेश गर्ने क्रममा प्रतिनिधिहरुले अहिले सबै प्रतिनिधिहरुका सजाव एउटै रहेको थियो । अध्यक्ष , महासचिव र व...
महेश्वर चन्द्र प्रधान लाई सम्पदा सम्मान तथा संस्कृतिविद प्रेम खत्री को कृति विमोचन
समाचार, समाज, साहित्य \कला

महेश्वर चन्द्र प्रधान लाई सम्पदा सम्मान तथा संस्कृतिविद प्रेम खत्री को कृति विमोचन

नेपालअखबार,काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा असोज ७ गते सञ्चालित विशेष समारोहबीच नेपालका प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद् प्रा.डा. प्रेम खत्री को कृति "साना निबन्ध " को विमोचन गरियो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उक्त कृतिलाई पहिलोपटक सार्वजनिक गर्नुभएको हो। किताबको प्रकाशकमा प्रा. पुन्य खत्री तथा सिद्धार्थ पब्लिक एकेडेमी का प्रधानाध्यापक अन्जु थापा हुनुहुन्छ । सोही समारोहबीच लामो समय देखि लेखन तथा अनुसन्धान दाताको रूपमा राष्ट्रसेवामा अर्पित महेश चन्द्र प्रधानलाई सम्पदा सम्मान समेत प्रदान गरियो। सम्पदा अनुसन्धान सदनका अध्यक्ष समेत रहनुभएका प्रा.डा. प्रेम खत्रीले २५ हजार रूपैयाँ राशि समेत रहेको उक्त सम्मानवाट महेश चन्द्र प्रधानलाई सम्मानित गर्नुभएको हो।सदनको वार्षिक साधारण सभासमेत सोही समारोबीच सम्पन्न गरिएको थियो भने अन्जु केसीले कार्यक्रम होस्ट गर्नुभए...
तामाङ गीत ‘सेम ह्रो’ सार्वजनिक
समाचार, साहित्य \कला

तामाङ गीत ‘सेम ह्रो’ सार्वजनिक

नेपालअखबार,काठमाडौँ । युवा गायक प्रकाश लामाको प्रेम गीत “सेम ह्रो” सार्वजनिक भएको छ । बौद्धमा एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक भएको हो । गीतमा शब्द र सङ्गीत गायक तथा सङ्गीतकार प्रयास दोङको रहेको छ भने गीतमा प्रकाश लामाको आवाजलाई चर्चित गायक जितु लोप्चनले पनि साथ दिएका छन्, जसले गीतलाई सुनमा सुगन्ध बनाएको छ । “सेम ह्रो” गीतको भिडियोमा भने गायक प्रकाश लामा र नायिका सुस्म मोक्तानले मुख्य भूमिका देख्न सकिन्छ । त्रिलोक लामाको निर्देशन गरेको म्युजिक भिडियो सम्पादन पनि उनले नै गरेका हुन्। निर्देशन र सम्पादनको उच्चस्तरको कामले भिडियोलाई प्रभावशाली बनाएको छ ।यस्तै गीत सार्वजनिक गर्दै कार्यक्रमका प्रमुख अतिथि चन्द्रकुमार दोङले हामी सबै कलाकार भएको बताउँदै हामीले संगीतिक दुनियाँलाई के दिन सकिन्छ भन्ने सोच्नु पर्ने बताउनुभयो । उहाँले समग्रमा गीत राम्रो भएका कारण दर्शकले रुचाउनेमा विश्वस...