Saturday, August 29

स्वास्थ्य

पछिल्लो २४ घण्टामा काेराेनाकाे कारण विश्वमै सबैभन्दा धेरैको मृत्यु भारतमा
विश्व, स्वास्थ्य

पछिल्लो २४ घण्टामा काेराेनाकाे कारण विश्वमै सबैभन्दा धेरैको मृत्यु भारतमा

नेपाल अखबार, एजेन्सि। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ। कोरोनाले आक्रान्त अमेरिका, ब्राजिल, बेलायत लगायतका देशमा भन्दा गएको २४ घण्टामा भारतमा धेरैले ज्यान गुमाएका वर्ल्डओमिटरमा उल्लेख छ। पछिल्लो २४ घण्टामा विश्वर तीन हजार नौ सय ८२ जनाको कारोना संक्रमणको कारण ज्यान गएको छ। जसमा भारतमा सबैभन्दा धेरै ६ सय ३६ जना छन्। यसबीचमा ब्राजिलमा ६ सय २७, अमेरिकामा पाँच सय ७०, मेक्सिकोमा तीन सय ६, दक्षिण अफ्रिकामा दुई सय ९८, इरानमा दुई सय १२, कोलम्बियामा दुई सय ५२, अर्जेन्टिनामा एक सय २० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन्। गएको २४ घण्टामा विश्वभर दुई लाख ११ हजार पाँच सय ८८ जनामा संक्रमण देखिएको छ। यस बीचमा सबैभन्दा बढी अमेरिकामा ६० हजार भन्दा धेरै, भारतमा ४६ हजार भन्दा धेरै, ब्राजिलमा २३ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ। अहिलेसम्म विश्वभर ६ लाख ५५ हजार आ...
ट्रम्पले भने, ‘दुई हप्तामा कोभिड–१९ को उपचार सम्बन्धि राम्रो खबर पाइनेछ’
विश्व, स्वास्थ्य

ट्रम्पले भने, ‘दुई हप्तामा कोभिड–१९ को उपचार सम्बन्धि राम्रो खबर पाइनेछ’

नेपाल अखबार, एजेन्सि। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उनको प्रशासनले दुई हप्तामा कोभिड–१९ उपचारसँग जोडिएको राम्रो खबर सम्प्रेषण गर्ने जानकारी दिएका छन् । सोमबार अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) ले अमेरिकी वैज्ञानिकले कोभिड–१९ भ्याक्सिनको ट्रायलको तेस्रो चरण सुरु गरिसकेका छन् । यो भ्याक्सिनलाई बायोटेक्नोलोजी कम्पनी मोडेर्नाले बनाएको छ । यसको ट्रायल ३० हजार व्यक्तिमाथि गरिने भएको छ । यता ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ’ब्रायन सोमबार कोरोनाद्वारा संक्रमित भएका छन् । ह्वाइट हाउसका अनुसार रोबर्टमा हल्का लक्षण देखिएको छ । उनी घरबाटै काम गर्नेछन् । संसारभरी हालसम्म कोरोनाभाइरसका १ करोड ६६ लाख २९ हजार ७ सय २ संक्रमित भेटिइसकेका छन् । यीमध्ये १ करोड २ लाख २० हजार ८ सय ८९ निको पनि भइसकेका छन् । यस्तै ६ लाख ५५ हजार ८ सय ८० को मृत्यु भइसकेको वर्ल्डोमिटर्सको पछिल्लो आँक...
मोदीले आफ्नै पिठ्यूँ थप्थपाए तर डब्ल्यूएचओले गर्‍यो चीन र जर्मनीको तारिफ
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

मोदीले आफ्नै पिठ्यूँ थप्थपाए तर डब्ल्यूएचओले गर्‍यो चीन र जर्मनीको तारिफ

नेपाल अखबार, एजेन्सि। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ परीक्षण सेन्टरको भिडियो कन्फरेन्सिङमार्फत् उद्घाटन गरे । यसले पश्चिम बंगाल, महाराष्ट्र र उत्तर प्रदेशलाई फाइदा पुग्नेछ । मोदीले यतिबेला आफ्नै निर्णयको तारिफ गर्दै तत्काल लिइएको निर्णयका कारण भारतको स्थिती राम्रो भएको बताए । मोदीले भने, ‘कोरोनासँग लडाईंको मामिलामा भारतको स्थिती अन्य देशको तुलनामा राम्रो छ । भारतमा कोरोनाका कारण भएको मृत्यु अन्य देशको तुलनामा निकै कम छ । जनवरीमा हामीसँग कोभिड–१९ को परीक्षणका । लागि एउटा मात्रै प्रयोगशाला थियो र अब यो १३ सय पुगेको छ ।’ यद्यपि, कोरोनाविरुद्धको लडाईंमा डब्ल्यूएचओले जुन देशको तारिफ गरेको छ, त्यसमा भारतको नाम कहिँ कतै छैन । डब्ल्यूएचओले चीन, जर्मनी र दक्षिण कोरियाको प्रशंसा गरेको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडहानोम गेब्रेयाससले डब्ल्यूएचओले अहिलेसम्मको सबैभन्द...
म्याग्दीमा थप चार जनामा डेङ्गु : सङ्क्रमितको सङ्ख्या २५ पुग्यो
समाचार, स्वास्थ्य

म्याग्दीमा थप चार जनामा डेङ्गु : सङ्क्रमितको सङ्ख्या २५ पुग्यो

नेपाल अखबार, म्याग्दी। हिमाली जिल्ला म्याग्दीमा आज थप चार जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । रुघाखोकी र ज्वरो आएपछि उपचारका लागि बेनी अस्पताल आएका मङ्गला गाउँपालिका–१ का ४१ वर्षीय पुरुष, धवलागिरि गाउँपालिका–६ ठेगाना भई हाल सिङ्गा बस्दै आएकी १९ वर्षीया युवती र बेनी नगरपालिका–४ का २५ वर्षीय पुरुषमा डेङ्गु सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । सङ्क्रमितमध्ये दुई जना आइतबार र बेनपा–४ का २५ वर्षीय पुरुष आज उपचारका लागि अस्पताल आएका थिए । सूचना अधिकारी सुवेदीका अनुसार सङ्क्रमित बिरामीमा उच्च ज्वरो आउने, शरीर दुख्नेलगायत लक्षण देखापरेको थियो । उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकाको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेसी दुख्ने डेङ्गुका मुख्य लक्षण हुन् । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सङ्क्रमण हुन्छ । ...
पोखराको जिएमसीमा एक नर्समा  कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पोखराको जिएमसीमा एक नर्समा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । पोखराको गण्डकी मेडिकल कलेजकी एक स्टार्फ नर्समा पनि कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन उपचार भई डिस्चार्ज भएकी नर्समा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ नतिजा आएको कास्कीका बरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले बताए । ३० वर्षीया ती नर्स केही दिन देखि बिदामा रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । कोरोना पुष्टि भए सँगै उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्न सुरु भएको उनले जनाइएको छ । यस अघि आजै  पाे खरा मणिपाल अस्पतालका डाक्टरमा पनि संक्रमण पुष्टि  भएको थियो । पोखरा महानगरका दुई जना सहित आज मात्रै गण्डकी प्रदेशमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...
स्याङ्जा प्रहरी प्रमुखलाई कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य

स्याङ्जा प्रहरी प्रमुखलाई कोरोना संक्रमण

नेपाल अखबार, स्याङजा । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी प्रमुखलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी प्रमुखसहित सोमबार १८ जना प्रहरी कर्मचारीलाई कोरोना पुष्टि भएको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले एकैपटक उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । गत शुक्रबार जिल्ला प्रहरी कार्यालयका दुईजना हवल्दार र एकजना सिपाहीमा कोरोना संक्रमण पुष्टि भएसँगै ९८ जना प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । सोही क्रममा १८ जनामा संक्रमण पुष्टि भएको हो । बाँकीको रिपोर्ट आएको छैन । संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखिएको छ । स्याङजा प्रहरी कार्यालय सिल गरेर प्रहरीलाई क्वारेन्टनमा राखिएको छ ।  योसँगै जिल्ला प्रहरी कार्यालयका कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्या २१ पुगेको छ । यसअघि आइतबार मात्रै प्रदेश १ मा १९ जना प्रहरीमा को...
नाजुक बन्दै भारतको अवस्था, एकैदिनमा झन्डै ५० हजार संक्रमित बने
विश्व, स्वास्थ्य

नाजुक बन्दै भारतको अवस्था, एकैदिनमा झन्डै ५० हजार संक्रमित बने

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ। केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ। तीमध्ये चार लाख ८५ हजार ११४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने नौ लाख १७ हजार ५६८ जना सङ्क्रणमुक्त भइसकेका छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७०८ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ३२ हजार ७७१ पुगेको अधिकारीले जनाएका छन्। लकडाउन खुकुलो बनाएपछि कोरोनाका कारण भारतको अवस्था नाजुक बन्दै गएको छ। हाल भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा छ। रासस/एएनआई...
गण्डकी प्रदेशमा थप २२ मा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप २२ मा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । स्याङ्जाका १८ सहित गण्डकी प्रदेशमा थप २२ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार स्याङ्जाका १८, कास्कीका २ र लमजुङका २ गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । निर्देशनालयका अनुसार कोरोना पुष्टि हुनेमा कास्कीको ४२ र ३० वर्षका २ पुरुष, लमजुङका ३१ र २३ वर्षका २ पुरुष तथा स्याङ्जाका २७ देखि ४६ वर्ष समुहका १७ पुरुष र एक २६ वर्षीया महिला रहेका छन् । स्याङ्जाका सबै संक्रमित पुतलीबजारका रहेको जनाइएको छ । संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ९९ पुगेको छ । निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोभिड-१९ संक्रमण निको हुनेको संख्या १२ सय १ रहेको छ ।...
काठमाडौं महाबौद्धका व्यवसायीमा कोरोना देखिएपछि वडाले जारी गर्‍यो  सूचना
समाचार, स्वास्थ्य

काठमाडौं महाबौद्धका व्यवसायीमा कोरोना देखिएपछि वडाले जारी गर्‍यो सूचना

नेपाल अखबार, काठमाडाैं। काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ। भारत स्थायी घर भइ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गर्न सार्वजनिक सूचना जारी गरेको हो। वडा अध्यक्ष चिनियामान बज्राचार्यद्वारा जारी सूचनामा भनिएको छ, ‘भारत घर भइ सिफल डेरा गरी बस्ने महाबौद्ध गणेश मन्दिर नजिक पसल गरिरहेका धिरज शाह र रञ्जु शाहमा कोरोना पोजेटिभ देखिएकाले निजसँग सम्पर्क हुने महानुभावले यथाशीघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध।’ वडा कार्यालयले गणेशमन्दिरदेखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्य १८ हजा...
मणिपाल शिक्षण अस्पतालका डाक्टरमा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

मणिपाल शिक्षण अस्पतालका डाक्टरमा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका डा अर्जुन आचार्यले जानकारी दिए । ती डाक्टरलाई अहिले प्रतिष्ठानकै आइसोलेसनमा राख्न लागिएको आचार्यको भनाइ छ । यसैबीच ती डाक्टरमा संक्रमण पुष्टि भएपछि अस्पतालमा पछिल्लो १० दिनयता भर्ना भएका र उपचाररत बिरामीसहित अन्य स्वास्थ्यकर्मीलाई समेत ट्रेसिङ गरी स्वाव संकलनको तयारी थालिएको छ । अस्पताल स्रोतका अनुसार मेडिकल वार्डमा कार्यरत ती डाक्टर आइतबारसम्म बिरामीको जाँचमा खटिएका थिए ।...